“ठाउंका ठाउं कार्बाही अभियान” : रोल्पाको घर्तिगाउंमा ५० केजी चरेश पक्राउ, भ्रष्टाचार बिरुद्धको प्रहरी अभियान बेअसर

रोल्पाको घर्तिगाउंमा पक्राउ परेको चरेश। फोटो : नेपाल प्रहरी

१४ माघ, नेपालगञ्ज/ इमान्दारीताका साथ कर्तब्य निष्ठ भएर राष्ट्र र जनता प्रती सेवाभावले काम गरेमा नेपाल प्रहरीले गर्न नसक्ने काम बिरलै होलान ।

५ नम्बर प्रदेशमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने बित्तिकै लागु औषध र भ्रष्टाचार बिरुद्धको अभियान  सञ्चालन गर्ने उदघोष गर्नुभएका अतिरिक्त प्रहरी महानिरीक्ष मधुसुधन पुडासैनिको नेतृत्वको प्रहरीले लागु औषध बिरुद्ध “ठाउंका ठाउं कार्वाही” अभियान जारी राखेको जनाएको छ ।
स्थानिय सर्वसाधरण जनता, टोलबासी हुदै शहरबासीको समेत सहभागीतामा सञ्चालन गरिएको “ठाउंका ठाउं कार्वाही” अभियानको क्रममा ५ नम्बर प्रदेश प्रहरीले बिभिन्न ठाउंबाट लागु औषध सहित त्यसका कारोबारी, ओसार–पसारमा संलग्न र उपभोग कर्ताहरुलाई रोकथामको अभियान जारी राखेको छ ।

आइतबार बिहानै रोल्पाको घर्तिगाउंबाट ५० केजी चरेश सहित २ जनालाई पक्राउ गरेको जनाएको छ । ५० केजी चरेश सहित २ जना घर्तिगाउंमा आइपुगेको लागुऔषध बिरोधीको सुचना ५ नम्बर प्रदेश प्रहरी प्रमुख एआइजी मधुसुधन पुडासैनीको कानमा पुगेपछी त्यस कार्यालयबाट प्रहरी निरीक्षक अरुण कुमार सिहको नेतृत्वमा बिशेष टोली खटाइएको थियो ।

उक्त प्रहरी टोलीले आइतबार बिहानै रोल्पाको चर्चित घर्ति गाउं हाल माडी गाउंपालीका वडा नम्बर ३ मा पर्ने संकट कालमा निकै चर्चाको शिखरमा रहेको घर्ति गाउंको एक स्थानियको घरबाट तयारी अवस्थामा रहेको ५० केजी चरेश सहित २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिइएका ब्यक्तीहरुमा रोल्पा जिल्लाको मीरुल गाउंपालीका वडा नम्बर ५ घर भइ हाल थवाग गाउंपालीका वडा नम्बर ३ बस्ने २२ बर्षिय शेर बहादुर बुढा र सोही ठाउं निवासी प्रश्न बुढा रहेको प्रहरीले जानकारी दिएको छ ।

संकट कालको समयमा निकै चर्चाको शिखरमा रहेको रोल्पाको घर्तिगाउंमा आईतबार बिहानै प्रहरीले लागु औषध बिरुद्धको अभियान अन्तरगतको अप्रेशन गर्ने क्रममा उक्त लागु पदार्थ चरेश पक्राउ गरेको हो ।

नेपालका मध्यपश्चिमका उच्च तथा पहाडी जिल्लाहरुका सर्वसाधरण जनताहरु माझ इतिहास काल देखी नै भेडाको भुत्लाको राडी–पाखी बुन्ने, भैसीको घिउ, अचारको निम्ती भांगो र चिसोमा नशाको निम्ती चरेश बनाएर सेवन तथा हिउदमा तराई झरेर बिक्री गर्ने परम्परा रहेकोमा नशाले मानिसमा नकरात्मक असर पर्ने भएकाले चरेश खरिद बिक्री तथा ओसार–पसारमा बन्देज लगाएर यसलाई लागु औषधको रुपमा ब्याख्या गरी कानुनी कार्बाहीको दायरामा नेपाल सरकारले राखेको छ ।

लागु औषधले ब्यक्तीको स्वस्थ शरीरलाई छिया–छिया पार्ने स्वास्थ्य बिज्ञहरुको भनाइ रहेको छ भने राष्ट्रलाई नै छिया–छिया पार्ने भ्रष्ट्राचार बिरुद्धको महा अभियान सञ्चालन गर्ने ५ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी मधुसुधन पुडासैनीको अभियानको असर भने कतै देखिएको छैन ।