नेपालगञ्ज उप–महानगरपालीकाको पहिलो पत्रकार भेटघाट: नगरबासीहरु नआत्तीनुस, काम गरेर देखाउछौ:- नगर प्रमुख

१७ पुस, नेपालगञ्ज/ नेपालगञ्ज उप–महानगरपालीकाले नगरभित्र भए–गरेका विभिन्न भौतिक एवं मानव विकास क्षेत्रका विषयहरूलाई लिएर जनप्रतिनिधि आएपछी पहिलो पटक बुधवार समीक्षात्मक पत्रकार भेट्घाट कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय निकायको निर्वाचनमा निर्वाचित भएपछि करिव नौ महिनाको अन्तरालमा नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेरण राणा, उप–मेयर उमा थापा मगर र कार्यकारी अधिकृत हरि प्याकुरेल समेतको टोलीले बुधबार उप–महानगरपालीकाको आफ्नै बैठक कक्षमा पहिलो पटक समीक्षात्मक पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको हो ।

ग्रेटर नेपालगञ्को निर्माण अभियान को थालनी गरि नयाँ संरचना अनुसार उप–महानगपालीकामा विभिन्न आन्तरिक व्यवस्थापन लगायत जनचाहना बमोजिम मानव एवम भौतिक विकास निर्माणलाई तीव्रता दिने काम भइरहेको नगर प्रमुख डा. धवल शम्शेर राणाले पत्रकारहरुलाई जानकारी गराउनु भएको छ ।

लामो समयको अन्तराल सम्म जनप्रतिनिधि विहिन बनेको नेपालगञ्ज उप–महानगरपालिकामा नव–निर्वाचित जनप्रतिनिधिहरुले जन आकांक्षा अनुसार  विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुकको सहयोग र उप महानगरको आफ्नै आर्थिक स्रोतमा ६ सय ६३ वटा आयोजनाहरुको तयार बनाएर विकास निर्माणका कार्यान्वयन चरणमा लागेको जानकारी गराएको छ ।

त्यसैगरी नगरभित्रका शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक निर्माण, शौचालय, फोहोर व्यवस्थापन जस्ता विषयलाई पनि नगरपालिकाले प्राथमिकताकासाथ राखेर आयोजनाहरु बनाइएको जानकारी गराइएको छ ।

उप–महानगरपालीकाको २३ वटै वडामा१७ करोड ७१ लाख रुपैयाँ बराबरको बजेट बनाएर उपभोक्ता समिति, टेण्डर र अमानत प्रक्रियाद्वारा ग्रेटर नेपालगञ्ज निर्माण अभियानलाई तीव्रता दिएको उक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेपालगञ्ज उप–महानगरपालीकामा जल्दोबल्दो समस्याका रुपमा रहेको अन्तरिक कर्मचारीहरूको व्यवस्थापन, सडक निर्माण, बधशाला निर्माण, एकलैनी तथा सदरलाई सडक, सार्वजनिक शौचालय निर्माण, नगरभित्र रहेको नेपालकै प्रमुख धार्मिक स्थल मध्यको एक रहेको बागेश्वरी मन्दिरको चल–अचल सम्पत्तिहरूको चुस्त दुरुस्त राख्ने, नगरभित्र रहेका विभिन्न ऐलानी जग्गाहरु को खोजबिन गरी त्यसलाई तारबार गर्ने,महेन्द्र बहुमुखी क्याम्पस छात्रछात्रा, बसपार्क निर्माण क्षेत्रमा गम्भीर चासोसाथ हेरिरहेको प्रमुख राणाले जानकारी गराउनु भएको छ ।
त्यसैगरी नेपालगञ्ज उप–महानगरपालिकाका कार्यकारी अधिकृत हरि प्याकुरेलले राष्ट्र को नया संरचना अनुसार उप–महानगरपालिकाको कर्मचारी व्यवस्थापन,सुधारात्मक हुदै उपचारात्मक गर्ने काम भइरहेको बताउनु भयो ।
परिवर्तनका अंगालेर काम नगर्नेहरुलाई दण्डत्मक पनि गरिने बताउदै कर्मचारी व्यवस्थापन, नगरको सरसफाई,धार्मिक आस्थाका केन्द्रहरुलाई व्यवस्थापन, सडक विस्तार, विभिन्न ठाउँमा सिसी टिभी जडान, न्यूरोडमा कम्पलेक्स निर्माण, बालमैत्री उप–महानगरपालीका बनाउने काम जारी रहेको र ५ महिना पछी उप–महानगरपालीकामा काम भएको संकेतहरु देखीने बताउदै विकास भएन भनेर नआत्तीन नगरबासीहरुलाई नगर प्रमुख धवलले आग्रह गर्नुभएको थियो ।

उक्त कार्यक्रममा समिक्षात्मक टिप्पणी गर्दै पत्रकारहरुले पनि ग्रेटर नेपालगञ्ज निर्माण अभियानका बिषयमा विभिन्न सुझावहरु दिएका थिए ।