भारतको रिसियामा ट्रकसंग ठोक्किएर जिप दुर्घटना: नेपालगञ्ज निवासी,पूर्व प्रनानि र ड्राइभिंग सेन्टरका मुनब्बरको मूत्यु, ३ जना घाईते

दुर्घटनामा परेको गाढी र घटना स्थल । फोटो : आदित्य गुप्ता, Photo update

१८ माघ, नेपालगञ्ज/  नेपालगञ्जबाट भारतको लखनउ तर्फ गइरहेको भारतिय नम्बर प्लेटको जिप बिहिबार बिहान करीब ८ बजे बहराइच जिल्लाको नानपारा नजिकै रिसिया बजार क्षेत्रमा दुर्घटना हुदा २ जना नेपालीको मूत्यु भएको छ भने ३ जना गम्भिर घाईते भएका छन ।

नेपाल–भारत सिमावर्ती बजार रुपैडिहा बाट भारतिय नम्बर प्लेटको युपी ४० एक्स ६५१४ नम्बरको जीपमा सवार भएर भारतको लखनउ तर्फ गइरहेको जीप बिहिबार बिहानै करीब ८ बजे तिर बहराइच जिल्लाको रिसिया भन्ने ठाउंमा युपी २१ ए एन ७०६२ नम्बरको ट्रकसंग ठक्कर खाएर दुर्घटना भएको भारतीय प्रहरीलाई उधृत गदै नेपाल–भारत सिमावर्ती क्षेत्रमा रहेको नेपालको इलाका प्रहरी कार्यालय जमुनहाका प्रहरी नायब निरिक्षक सुधिर खडकाले जानकारी दिनुभएको छ ।

उक्त दुर्घटनामा नेपालगञ्ज उप–महामनगरपालीका वडा नम्बर १ घर भइ वडा नम्बर १८ कारकादो स्थित मुनब्र मोटर ड्राइभिंग इन्स्टिच्यूटका प्रोपराइटर मुनब्बर अली हल्वाई र नेपालगञ्ज उप–महानगरपालीका वडा नम्बर ५ स्थित बस पार्क निवासी पूर्व प्रहरी नायब निरीक्षक रोशन शाहको मुत्यू भएको छ ।
उक्त दुर्घटनामा मुनब्बर अली हल्वाइक छोरा इब्राइम हल्वाई, काठमाण्डौंका अंगुर खडका र सग्राम शाह घाईते भएको र घाईतेहरुको बहराइच स्थित जिल्ला अस्पतालमा उपचार भइरहेको मा बिहिबार नै थप उपचारका  लागी काठमाण्डौंबाट आफन्तहरु आएर लखनउ लगीएको प्रहरीले जनाएको छ ।

घटनामा घाईते हुने हन्यमा पूर्व डिआइजी शेर बहादुर शाहका छोरा सग्राम शाह र उनका साथी अमरिकाबाट नेपाल घुम्न आएको समयमा बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आएको र त्यसपछी साथीहरुलाई घुमाउन भनी लखनउ जानेक्रममा उक्त दुर्घटना भएको थियो ।