प्रहरीको “ठाउंका ठाउं कार्बाही अभियान” : सुर्खेतको सिम्ताबाट ४० केजी चरेश सहित २ जना पक्राउ


२० माघ, नेपालगञ्ज/ सुर्खेत जिल्लाको सिम्ता गाउंपालीका वडा नम्बर ६ सल्ली बजार क्षेत्रबाट शुक्रबार ४० केजी चरेश सहित २ जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिहेको जनाएको छ ।

लागु औषध बिरुद्धको “ठाउंका ठाउं कार्बाही” अभियानमा सर्वसाधरण जनताहरुलाई प्रहरीले जोडेर साथ लिने रणनिति अपनाएपछी जनताले पनि लागु औषध बिरुद्धको अभियानमा प्रहरीलाई साथ दिदा पछील्लो पटक पहाडी तथा भित्री मधेशमा चरेश र तराईका सिमावर्ती क्षेत्रबाट अफिम लगायत फयाक्ट्रीमा बनेका बिभिन्न लागु औषध प्रहरीले पक्राउ गरीरहेको छ ।

गत हप्ता पनि स्थानिय जनताकै बिशेष सुचनाकै आधारमा रोल्पाको घर्ति गाउंबाट प्रहरीले ५० केजी चरेश पक्राउ परेपछी यसको शिल-शिला थप प्रभावकारी बन्दै गएको प्रहरीले बताएको छ ।

सुर्खेतको पूर्वी सल्यानसंग जोडिएको सिम्ता गाउंपालीका जाजरकोट र सल्यानसंग जोडिएको र यस क्षेत्र हुदै भारत तर्फ लागु औषध तस्करी हुने गरेको सुचनाका आधारमा प्रहरीले रेकी गर्दा जाजरकोट जिल्ला बारेकोट गाउंपालीकाका अम्मर बहादुर शाही र सल्यान कुपिन्डे दह गाउंपालीकाका जीवन बस्नेत लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।

समाजमा हुने गरेको बिभिन्न समाजिक अपराध तथा सम्भाबित गैर कानुनी गतिबिधि रोक्न प्रहरीले छुटटै बिभिन्न इकाईका अनुसन्धान तथा कार्यन्वयन टोली खटाउने क्रममा संघिय प्रहरी इकाई कार्यालय नेपालगञ्जको मातहतमा रहेको टोलीका सदस्य प्रहरी सहायक निरिक्षक राज कुमार सिहको नेतृत्वमा गएको टोलीले उक्त ४० केजी सहित २ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुर्खेतमा थप अनुसन्धान सहित कार्बाही प्रक्रियाका लागी बुझाइएको नेपालगञ्ज स्थित संघिय प्रहरी इकाई कार्यालयका प्रमुख महेश बिक्रम शाहले सञ्चार माध्यमलाई जानकारी दिनुभएको छ ।