२० माघ,नेपालगञ्ज/ नेपालगञ्ज उप महानगरपालीका वडा नम्बर २० मनिकापुर स्थित आदर्श माध्यमिक बिद्यालयको नाममा रहेको नम्बरी जग्गा स्थानिय केही ब्यक्तीहरुले मिचि घर टहरा बनाएर अतिक्रमित गरेकोले त्यसलाई हटाउन स्थानिय प्रशासनले सहयोग नगरेको स्थानिय जनप्रतिनिधि एवम अभिभावकहरुले बताएका छन ।
कोहलपुर–नेपालगञ्जको सडक छेउमा रहेको आदर्श माबि रांझा बजार क्षेत्रमा परेको र बिद्यालयलाई आफनो जग्गामा २ तले भवन निर्माण बनाएर बिद्यालयका लागी चौर निर्माण गर्ने क्रममा स्थानिय ब्यक्तीहरुले घर टहरा हटाउन नमानेपछी बिद्यालय ब्यवस्थापन, शिक्षक, जनप्रतिनिधि सबैले घर–टहरा छोडेर अन्त्र जान आग्रह गर्दा अटेरी गरेकाले स्थानिय प्रशासनको सहयोग मागेको नेपालगञ्ज उप–महानगरपालीका वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्कीले बताउनु भयो ।
शनिबार नेपालगञ्जमा बिद्यालय ब्यवस्थापन र जनप्रतिनिधिहरुले पत्रकार सम्मेलन गरेर बिद्यालयको नम्बरी जग्गामा जवरजस्ती मिचेर केही ब्यक्ती बसेको र हाल बिद्यालयलाई आवश्यक परेको समयमा नछोडेकाले त्यसलाई खाली गराउनका लागी प्रहरी र स्थानिय प्रशासनलाई बारम्बार आग्रह गरिएको तर जग्गा खाली गराउन हाल सम्म पहल नभएकोमा स्थानिय प्रशासनको आलोचना गरेका छन ।
शनिबारको पत्रकार सम्मेलनमा आदर्श माबि रांझाका तर्फबाट बिद्यालयका प्रधानाध्यापक प्रकाश आर्चाय, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जय प्रकाश बर्मा भन्ने चिन्टु, जिल्ला शिक्षा कार्यालय बांकेका प्रतिनिधि गोरख बहादुर थापा, वडा अध्यक्ष कृष्ण क्राकी समेतको सिगो स्थानिय बासिन्दाले संकट कालमा बिभिन्न ठाउंबाट आएर बसेका ब्यक्ती र केही सम्पन्नसाली ब्यक्तीहरुले पनि बिद्यालयको जग्गा ओगटेर बसेको हाल तिनै ब्यक्तीहरुको लहै–लहैमा लागेर कब्जा गरेर बसेको जग्गा छोडन नमानेको जानकारी गराएका छन ।
बिद्यालयलाई अति आवश्यक रहेको उक्त बिद्यालयकै जग्गा खाली गराउन स्थानि वडामा सर्वदलिय बैठक देखी जग्गा खाली गर्न वडा कार्यालयबाट सार्वजनिक सुचना टांस गरिसकिएको र फिल्डमै गएर स्थानियलाई जग्गा खाली गर्न अनुरोध गरिसकिएकोमा अटेरी गरी बसेकाले स्थानिय प्रशासनले त्यसलाई खाली गराउन पहल नगरेको बताएका छन ।
बिक्रम सम्वत २०५० भन्दा पहिले बिद्यालय निर्माण गरेको ठाउंमा मधेशी बाहुल्यता रहेको उक्त क्षेत्रमा बिद्यालयमा बिद्यार्थी नगएपछी बिद्यालयलाई नै उक्त समुदायकै घरसगै टासेर बिद्यालय निर्माण गरी सञ्चालन गरिएकोमा हाल अत्याधिक बिद्यार्थी चाप र उच्च शिक्षाका लागी प्लस टु को लागी भवन बिस्तार गर्न भवनहरु निर्माण गरि सञ्चालन गर्नेक्रममा सुकुम्बासी बनेको ब्यक्तीहरुले जग्गा खाली गर्न नमानेको बताइएको छ ।
बिद्यालयको करीब ३ बिघा जग्गामा ८२ घरधुरी बसेको र जसमा ३२ जनाको अन्त पनि घर भएर त्यहा जग्गा अतिक्रमण गरि बसेको र केही संकट कालमा ठाउं नभएको भन्दै केही समयको लागी भनेर माओबादी पार्टीको नाममा बसेको तर हाल हटन नमानेकोमा ति ब्यक्तहिरुको नाम सार्वजनिक गर्ने, अटेरी गर्नेलाई कार्बाही गर्न सम्वन्धीत निकायलाई आग्रह गरिएको बताएका छन ।
उक्त सार्वजनिक बिद्यालयको नम्बर जग्गा अतिक्रमणकारीलाई हटाउने बिषयमा बांकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी.ले नेपालगञ्जको रांझा स्थित आदर्श माबि रांझा, स्कुलको जग्गा अतिक्रमणकारीलाई हटाउने र बिद्यालयका तर्फबाट भोग चलनका लागी सहयोग गर्न आग्रह गरिएको त्यसमा स्थानिय प्रशासनले सम्वन्धीत निकायहरुसंग समन्वय गरेर कार्य गरिरहेको बताउनु भयो ।
सुकुम्बासीहरुको तर्फबाट पनि केही बिकल्प दिएर हटाउन आग्रह गरिएको र प्रशासनले पनि ततकाल खाली जग्गामा भोग चलनका लागी बिद्यालयाई आवश्यक सहयोग गर्न तयार रहेको र बास्तबिक सुकुम्बासीहरुको समस्या समाधान गर्ने पनि सरकारकै दायित्व भएकाले सबै पक्षहरुसंग बसेर छलफल गरि क्रमश बिद्यालयको जग्गा खाली गरिने बताउनु भयो ।
हाम्रो संरचना । २० माघ २०७४, शनिबार १८:३०