धादिङ्गको गजुरीमा १ सय ६८ केजी ९ सय ग्राम लागूऔषध चरेश सहित ५ जना पक्राउ

गजुरीमा पक्राउ परेको चरेश

२१ माघ, नेपालगञ्ज/ धादिंगको गजुरीबाट काठमाण्डौ तर्फ गइरहेको ना ३ ख ४३२४ नम्बरको माल बाहक ट्रक चेक जांचको क्रममा १ सय ६८ केजी ९ सय ग्राम लागु औषध चरेश सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीको केन्द्रिय समाचार कक्षले जनाएको छ ।

गत शुक्रबार अपरान्ह करीब २ बजेधादिङ्ग जिल्लको गजुरी गा.पा.वडा नं. ५ स्थित पृथ्वी-लोकमार्गको पोखरे खोला नजिकै प्रहरी टोली देख्नासाथ भाग्न खोज्ने शंकास्पद समूहको २ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा लागूऔषध चरेशको कारोबारीहरूसँग पैसा उठाउन र नदिए लागूऔषध नै लुट्ने योजनाले आएको भनी बताएको हुँदा निजहरूकै जानकारीअनुसार प्रहरी ठुलो परिणाममा चरेश पक्राउ गर्न सफल भएको जनाएको छ ।
लागूऔषधको ओसार पसार हुने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले धादिङ्ग जिल्लाको गजुरी गा.पा.वडा नं. १ गजुरी बजारमा चेकप्वाईन्ट राखी सवारी साधनको चेकजाच गर्दा अपरान्ह ३ बजेको समयमा गल्छीबाट आएको ना. ३ ख ४३२४ नं.को ट्रकको गियर बक्स र चालक बस्ने सिट माथी फल्स बटम बनाई राखिएको अवस्थामा १६८ किलो ९०० ग्राम अवैध लागूऔषध चरेश फेला परेकोले बरामद गरी चालकलाई समेत पक्राउ गरिएको छ ।

उक्त ट्रकको पछाडि शंकास्पद तरिकाले आएका २ वटा मोटरसाईकलको २ जना चालकहरू प्रहरी देखी भाग्न खोज्ने थप २ जना मानिसहरू दुवै जनालाई पनि नियन्त्रणमा लिइएको छ । उक्च ब्यक्तीहरु ट्रकमा भएको लागूऔषध लुट्ने उद्देश्यले पछ्याउँदै आएकोले पकौउ परेका ब्यक्तीहरुले पैहरीलेलाई बताएका छन ।
ट्रक चालक सहित नियन्त्रणमा लिइएका ५ जनालाई पक्राउ गरी घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।छ ।

सम्बन्धित शीर्षक