नेपालगञ्जमा सञ्चालित महोत्सव आजबाट सम्पन्न

२२ माघ, नेपालगञ्ज/ नेपालगञ्ज उद्योग वाणिज्य महासंघको गत माघ ११ गतेदेखि सञ्चालन गरेको प्रादेशिक महोत्सव आज माघ २२ गते सोमबारबाट सम्पन्न हुने भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ स्थित सडक डिभिजन कार्यालयको परिसरमा सञ्चालन भएको प्रादेशिक महोत्सवमा करिव करोड बचत गर्ने लक्षय लिएको नेपालमा उद्योग वाणिज्य महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरको सेमीनार हल बनाउने लक्ष्यका साथ नेपालजगञ्ज उद्योग वाणिज्य संघ सरकारबाट भोगचलनका लागि १० विगाहा जग्गा प्राप्त गरेको बताउने उक्त जग्गामा नेपालगन्ज उद्योग वाणिज्य संघ आफ्ना मेला प्रदर्शनी तथा यस महोत्सवहरु सञ्चालन गर्दै आएको भएपनि हालसम्म उक्त जग्गमा भोग चलनका लागी कुनै आधिकारीक प्रमाणको अभावमा निर्माण कार्य गर्न सकेको छैन ।

यसअघि गरिएका विभिन्न किसिमका व्यापार मेला तथा प्रदर्शनीबाट सवा दुई करोड रुपियाँ नेपालगञ्ज उद्योग वाणिज्य संघ समितिले बचत गरेकोमा हालको कार्य समितिले उक्त रकम मध्य करिब१ करोड रुपैया बिभिन्न् शिर्षकमा खर्च गरिसकेको स्रोतले बताएको छ ।