कैलालीको बौनियामा ट्रयाकटरले ठक्कर दिदा १ जनाको मृत्यु


दिनेश पाण्डे/२३ माघ,बौनिया
कैलालीको सडकपुर, बौनियामा मंगलबार विहान १० बजे  सडक दुर्घटना हुदा १ एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
कैलालीको जानकी गाउपालिका ७ मुनुवा बाट आएको से १ त ४४०९ नं को ट्रयाकटरले मोटर साईकल रोकि कुरा गरि रहेका बर्दगोरिया गाउपालिका २ बस्ने करे सार्की र दिनेश भण्डारीलाई पछाडी बाट ठक्कर दिदा करे सार्कीको घटना स्थलमै मृत्यु भएको छ भने दिनेश भण्डारीलाई सामान्य चोट लागेको छ ।
मोटर साईल वनटेस्ट रहेको ईलाका प्रहरी कार्यालय बौनियाका प्रहरी नायब निरीक्षक राम चन्द्र पन्तले जानकारी दिनुभयो । ट्रयाकटर चालक गोपाल विक र साहु प्रकाश विकलाई ईलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा लिएको जनाएको छ ।