मुगुका उच्च् भागमा बाक्लो हिमपात,चिसो बढयो, किसान हर्षित

मुगुका उच्च् भागमा बाक्लो हिमपात .

२३ माघ,हुम्ला/ मंगलबार बिहानै देखि हुम्ला जिल्लाका उत्तरी क्षेत्र लिमी, मुचु खगालगाउँ, स्याँडा हेप्क्का र बरगाउँ सिमकोटलगायतका गाउँमा हिमपात भएको छ।
यो वर्ष ढिलो हिउँ परेको र यही सिजनमा तेस्रो पटक हिमपात भएको हो । छोटो समयमै तीन पटक हिमपात भएपछि बाली सप्रिने भएकाले किसान खुसी भएका हुन्। हिमपातसँगै चिसो बढेकाले नागरिकलाई घरबाहिर निस्कन समस्या परेको छ।
हिमपातका कारण यहाँको विमास्थलमा हवाई सेवा अवरुद्ध भएको छ।

यस क्षेत्रमा एक फिटसम्म हिउँ जमेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कमलप्रसाद नेपालले जानकारी दिनु भयो। हिमपातले एसईई परीक्षाका तयारीमा रहेका विद्यार्थी समेत प्रभावित भएका छन्। चिसोका कारण विद्यालयमा कक्षा सञ्चालन गर्न समस्या भएको मानसरवर माध्यमिक विद्यालयका शिक्षक अमरबहादुर शाहीले बतानु भएको छ।

मुगुका उच्च् भागमा बाक्लो हिमपात