राष्ट्रिय सभा निर्वाचनको मतदान: ३२ सिटका लागि ५२ प्रतिस्पर्धी मैदानमा,प्रदेश नम्बर २ का निर्विरोध भएकाहरुलाई प्रमाणपत्र वितरण, अन्यको मतदान

२४ माघ,नेपालगञ्ज/  संघीय संसद्को माथिल्लो सदनका रूपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचनको बुधबार मतदान भएको छ।
७ वटै प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य मतदाताहरुले एकल संक्रमणीय तथा बहुमतीय दुवै निर्वाचन प्रणाली अनुसार मतदानमा गरेका छन ।

सातै प्रदेशबाट छानिने ५६ मध्ये २४ सिटमा उम्मेदवारी मनोनयनकै बेला निर्विरोध भइसकेको छ। २ नम्बर प्रदेशमा चुनिने आठै सदस्य निर्विरोध भइसकेकाले उक्त प्रदेशमा चुनाव गर्न नपर्ने भएको छ । बाँकी सिटका लागि ६ वटा प्रदेशमा मतदान हुन लागेको छ।

निर्वाचन आयोगका अनुसार ३२ सिटमा ५२ प्रतिस्पर्धी छन्। प्रदेश नम्बर ३ र ६ मा सबै पदका लागि मतदान भएको छ ।
चुनाव हुन लागेका ६ वटा प्रदेशमा स्थानीय तहका १ हजार २ सय ३४ तथा प्रदेशसभाका ४ सय ४३ जना गरी १ हजार ६ सय ७७ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।

दलित र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको निर्वाचन बहुमतीय प्रणालीबाट तथा महिला र अन्य समूहको ३र३ जनाको निर्वाचन एकल संक्रमणीय मत प्रणालीबाट हुने अध्याधेश मार्फत गरिएको छ ।
राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख, उपप्रमुख मतभार ४८ र प्रदेशसभाका सदस्यको मतभार १८ तोकिएको छ।

प्रदेश १ को विराटनगरस्थित विरेन्द्र सभागृहमा,
प्रदेश ३ को जवालाखेल चिडियाखाना अगाडि रहेको ललितपुर महानगरपालिका वडा ४ को कार्यालयमा र
प्रदेश ४ को पोखरास्थित लोकसेवा आयोगको कार्यालय परिसरमा,
प्रदेश ५ को दाङस्थित कर्मचारी मिलन केन्द्रको भवनमा,
प्रदेश ६ को सुर्खेत स्थित निर्वाचन आयोगको कार्यालयमा र
प्रदेश ७ को डोटी सिलगढीस्थित पद्म पब्लिक मुक्तिनारायण माविमा निर्वाचन केन्द्र मा मतदान प्रक्रियाका लागी मतदान भएको छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रत्यक प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । जसमा ३ जना खुला, ३ जना महिला, एक जना अपांग वा अल्पसंख्यक र एक जना दलित सदस्य रहन्छन् ।

एकल संक्रमणीय प्रणालीबाट मतदान हुने समूहको हकमा मतदाताले आफूले रोजेको उम्मेदवारको नाम अगाडि निर्धारित बक्समा प्राथमिकताक्रम १, २, ३ लेखी मतदान गर्नुपर्ने र दुवै समूहमा ३र३ जना निर्वाचित हुने भएकाले प्राथमकिताक्रम ३ वटा तोकिएको हो।

बहुमतीय तथा एकल संक्रमणीय दुवै मत प्रणालीबाट भएका मतदानमा एकजनाले गरेको मतको मूल्य प्रदेशसभाका सदस्यको हकमा ४८ तथा स्थानीय तहका प्रतिनिधिको हकमा १८ गणना हुनेछ।
एकल संक्रणीय मत प्रणालीअनुसारको मतदान गर्दा मतदाताले उम्मेदवार अगाडि प्राथमिकताक्रम लेख्न छुटाउनु ह’दैन।

प्राथमिकताक्रम निर्धारण नगरी रेजा मात्रै लगाइए वा प्राथमिकताक्रम दिँदा पहिलो प्राथमिकता निर्धारण नगरिएको, प्राथमिकता दोहोरिएको मतपत्र बदर हुनेछ। कसैले पहिलो प्राथमिकता दिएको, दोस्रो नदिएको तर एकैपटक तेस्रो दिएको पाइए त्यस्तो अवस्थामा मत संक्रमणीय हुँदैन।

प्रदेश २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित सांसद्लाई बुधबार दिउसो दिउँसो ३ बजे निर्वाचन आयोगले विजयी प्रमाणपत्र वितरण गर्ने बताएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन आज हुन गइरहे पनि प्रदेश २ का ८ सहित २४ जना निर्विरोध निर्वाचित भएका थिए । निर्विरोध भएसँगै आयोगले उनीहरूलाई निर्वाचित घोषणा गरिसकेको छ ।

५ नम्बर प्रदेशको दांगको घोराईमा मतदान, नगरपालीकाबाट मतदातालाई स्वागत 

५ नम्बर प्रदेशको दांगको घोराईमा धुलो रहित सडक अभियानको तस्विर

राष्ट्रियसभा चुनावअन्तर्गत प्रदेश नं ५ को चुनावका लागि घोराहीमा आउने सबै मतदातालाई अतिथिका रूपमा स्वागत गर्दै उप-महानगरपालिकाका पर्यटकीय स्थलहरू भ्रमण,भोजनको व्यवस्था,गरेको नगर प्रमुख नरुलाल चौधरीले बताउनु भएको छ ।

१२ जिल्लाबाट मतदानका लागि दाङ आएका सबैलाई अतिथिका रूपमा स्वागत गेट निर्माण गरी नगर क्षेत्रको सरसफाइ, मतदान स्थललाई व्यवस्थित बनाइएको छ ।

राष्ट्रियसभा चुनावका लागि ५ नं प्रदेशको दांगको घोराहीमा आठजना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन भएको छ भने ३ जना महिला निर्विरोध निर्वाचित भइसकेका छन् ।

नेपाली काँग्रेसबाट महिला कोटाका लागि राष्ट्रियसभा सदस्यका उम्मेदवार अनिता देवकोटा, नेकपा ९एमाले०का तर्फबाट महिला कोटाका दाङकी कोमल वली र रोल्पाकी मीना बुढा महिला कोटामा निर्विरोध भइसक्नु भएको छ ।
गत माघ १० गते नेकपा एमालेका ४, नेपाली काँग्रेसका ४ र, नेकपा ९माओवादी केन्द्र० का तर्फबाट २ र राष्ट्रिय जनमोर्चाबाट १ जनाले मनोनयन दर्ता गराएका थिए ।

दाङ, बाँके, बर्दिया, पूर्वी रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, पाल्पा, रुपन्देही, गुल्मी, परासी जिल्ला गरी १२ जिल्लाका तीन खुल्ला, ३ महिला, एक दलित र एक अल्पसङ्ख्यक, अपांग गरी आठजना निर्वाचीत हुने संवैधानिक व्यवस्था छ ।

आठजना उम्मेदवारका लागि प्रदेश नं ५ का ८७ जना प्रदेशसभा सदस्य, स्थानीय तहअन्तर्गत १२ जिल्ला समन्वय समितिका संयोजक तथा सहसंयोजक, प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षसमेत २१८ गरी ३०५ जना मतदाता रहेका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभएको छ ।