सावधान ! दाङबाट मात्र ६ महिनामा ६४ जना बालक-बालिका सहित २ सय ६४ जना बेपत्ता भएकोमा ९२ जना मात्र भेटटीए,

सागर थापा/२४ माघ,दाङ
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हालैको६ ६ महिनामा ६४ जना बालक-बालिका सहित २ सय ६४ जना मानिस बेपत्तारहराएका छन ।
जिल्ला प्रहरी कार्यालय दांगको आधिकारीक तथ्याक अनुसार हराएका मानिसका परिवारहरुले जिल्ला प्रहरी कार्यालय दांगमा दिएको निवेदन अनुसार २ सय ६४ जना बेपत्ता भएकोमा ९२ जना भेटटीएका छन ।

यसले गर्दा प्रहरीमा हराएका मानिसको सख्या बढी देखिने गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चालू आर्थिक बर्षको ६ महिनामा २६४ जना हराएको  निवेदन परेको छ । तिमध्ये ९२ जना भेटिएको कार्यालयको तथ्यांकले देखाएको छ । अन्यको हकमा प्रहरीमा जानकारी नदिने गरेको कारण यकिन तथ्यांक लिन समस्या हुने गरेको छ ।

प्रहरीका अनुसार यो अबधिमा बालक ५० जना हराएका थिए भने बालिका ४६  जना महिला १५३  जना र पुरुष १६ थिए जस मध्ये बालक र बालिक ४६  र ५०  जना नै भेटिएको छ्न भने महिला ५४ जना र पुरुष ८  जना भेटिएका छ्न ।

अघिल्लो आ.व. २०७३/ २०७४ र मा बालक ५१ बालिका ४५ महिला १६३ पुरुष १६  जना हराएको थियोे । जस मध्ये केही  भेटिएको प्रहरीले जनाएको छ । भेटिनेमा बालक १८  बालिका ४६ महिला ५४ पुरुष १८ जना रहेको छन आ.व. २०७३/ २०७४ मा २६४ जना हराएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिंहका अनुसार जो कोहि हराएको निवेदन दिने र भेटे पछी जानकारी न दिने गरेको कारण हराएको संख्या धेरै देखिने गरेको छ । आफ्नो मानिस भेटाए पछी प्रहरी लाई खबर गर्नुपर्ने भन्ने विषयमा समेत जानकारी गराउन आफ्न्तले चासो न दिनु मुख्य समस्या रहेको उहाँको भनाइ छ ।प्रहरीले मानिस हराएको फाइल थन्किएको पुन खोज तलाश नगर्दा पनि हराएको मानिसको यकिन तथ्यांक आउन नसकेको हो ।

निवेदन माथि कार्वाही भए पछी कार्वाहीको जानकारी न हुनु समस्या रहेको एसपी सिंहले बताउनुभयो बढी मात्रामा महिला हराउनुले धेरै जसो महिला एउटा घर बाट अर्को घर परिवर्तन गर्ने गरेको र आफ्नतले उसलाई चासो नदिएको कारण यस्तो समस्या आउने गरेको उहाले बताउनुभयो ।

यो समस्या अहिले वैदेशिक रोजगारमा रहेको पुरुषको घरमा बढी हुने गरेको उहाले बताउनुभयो । अहिले समाजमा वैदेशिक रोजगारीमा लैजाने बहानामा छिमेकी मुलुक पुराएर बेचबिखनमा पर्ने गरेको पनि उहाले बताउनुभयो । यो मात्र न भएर हराएको कतिपयले विविध कारणले आत्महत्या गर्ने गरेको समेत गरेको अनुसन्धान बाट पाएको उहाले बताउनु भयो  । प्रदेश खबर अनलाईमा समाचार छ ।