माघ २६ देखी फागुन ८ गते सम्म कोहलपुरमा औद्योगिक व्यापार मेला

सामाजिक उत्तरदायित्व : सिद्धार्थ ग्रुप आफ हस्पिटालिटीले निर्माण तथा संरक्षणको जिम्मा लगेको कोहलपुर चौराह तस्विर

२४ माघ, कोहलपुर/  कोहलपुर उद्योग वाणिज्य संघले यहि शुक्रबार माघ २६ गते देखि सुरु हुने कोहलपुर औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको आयोजकले बुधबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

“देश निर्माणमा कृषि, उद्योग र व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुल नाराका साथ कोहलपुर व्यापारिक मेलाको मेलाको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

संघको भवन निर्माणका लागि आयोजना हुन लागेको मेलाबाट स्थानीय स्तरमा पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई स्थापीत गराउने कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक समितिका संयोजक चक्र बहादुर अधिकारीले जानकारी दिनु भएको छ ।

उपभोक्ता र व्यवासायीहरुको भेटको माध्यमको रुपमा सस्तोमा उपभोक्ताले सामग्रीहरु खरिद र स्थानीय उत्पादनको बजारिकरण मेलामा गर्न सक्ने अध्यक्ष अधिकारीले जानकारी गराउदै महोत्सवको अवलोकन गर्न पत्रकार सम्मेलन मार्फत अधिकारीले  अनुरोध गर्नुभएको छ ।
उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवमा २ सय ८ वटा व्यवसायिक स्टलहरु रहनेछन् ।  
५० वटा कृषि, जडीबुट, घरेलु, १८ होटेल, १५ सूचना प्रविधि, ८ वटा अटोपार्टस् र ११ वटा स्टल थारु संस्कृतीका लागि बुकिङ्ग गरिएको छ ।

महोत्सवमा मुख्य आकर्षणको केन्द्रका रुपमा थारु गाउँलाई लिइएको छ । थारु संस्कृतिसँग जोडिएको सबै पहिचान देख्न पाइने आयोजकको दाबी छ । १ सय वर्ष पुृरानो तेल पेल्ने कोल प्रदर्शनमा राखिने र प्रयोग देखाइने छ ।

मेलाको सुरक्षाका लागि १८ वटा सीसी टिभी क्यामेरा जडान गरिएको र निजी क्षेत्रका साथै प्रहरी, सशस्त्र प्रहरी बलले समेत सुरक्षाका पहरा दिनेछन् ।