बर्दिया प्रहरी द्धारा ज्यान मारेको अभियोगमा ३जना पक्राउ गरी सार्वजनिक

२४ माघ,बर्दिया/ हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बर्दियाले ३ जनालाई पक्राउ गरी बुधबार दिउसो प्रहरीले सार्वजनिक गरेको छ ।

गोप्य सूचनाको आधारमा बर्दियाको ठाकुरबाबा नगरपालिका २ बलाती गाउँका १७ वर्षिय बालकृष्ण आचार्यको हत्यामा संलग्न भएको भन्दै बर्दिया प्रहरीले ३ जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

गएको माघ १५ गते वेलुका गाँउकै एक विवाहमा भोज खान गएका आचार्य २ दिनपछि सोहि ठाँउका लालबहादुर थारुको मसुरो तथा तोरि बारीमा रगाताम्य अवस्थामा मृत फेला परेको थिए । घटना संकाशपद भएपछि प्रहरीले अनुसन्धान गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक जनक भट्टराईले पत्रकार सम्मेलनमा जानकारी गराए ।
अभियोगमा पक्राउ पर्नैमा ठाकुरबाबा नगरपालिका —२ घरभएका २२ बर्षिय नक्कु भन्ने रमेश राजवंशी चौधरी, सोहि ठाँउ वस्ने १७ बर्षिय माडे भन्ने हरिनारायण दहित चौधरी र कैलाली जानकी गाँउपालिका —६ जगतपुरका २० बर्षिय बिकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । 
उनीहरुले मृतक आचार्यलाई हात,मुक्का र सुकेको काठको चिरपटले कुटपिट गरेको प्रहरी समक्ष प्रारम्भीम वयान दिएको जिल्ला प्रहरी कार्यलय बर्दियाले वताएको छ ।
हरीनारायण दहित चौधरीलाई गाउँबाटै, विकाश चौधरीलाई कैलालीबाट र रमेश राजबंशीलाई काठमाण्डौँबाट प्रहरीले पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका तिनै जनालाई प्रहरी हिरासतमा राखी कर्तव्य ज्यान मुद्धा दायर गरी थप अनुसन्धान गर्नै प्रहरी उपरिक्षक भट्टराईले बताएका छन् ।