चोरीका अनेक तरिका : प्रेस पास देखाएर चोरी गर्ने र आफनै साथीको हत्या अभियोगी पक्राउ

२४ माघ,काठमाडौं/ गोष्ठी तथा सेमिनारस्थलमा प्रवेश गरी चोरी गर्ने कार्यमा संलग्न ललितपुरको गोदावरी नगरपालिका–५ बस्ने ५२ वर्षीय अशोक केसी भन्ने हरिशरण केसीलाई चोरी गरेको धनमालसहित महानगरीय अपराध महाशाखाको प्रहरीले ललितपुर लगनखेलबाट मंगलबार पक्राउ गरेको जनाएको छ ।
काठमाडौं महानगरपालिका–१ कान्तिपथस्थित एल्लो प्यागोडा होटलमा माघ २० गते बैंकरहरुको तालिम संचालन भएको अवस्थामा खाजा खाने समय पारी ‘फायर साइड डेली’ नामको प्रेसकार्ड देखाई कार्यक्रम रहेको गणेश हलमा प्रबेश गरी प्रशिक्षार्थी सम्झना ढकाल समेत ३ जनाको लेडिज ब्याग, ब्यागभित्र रहेको नगद तथा मोवाईल समेत गरी करीव ३२ हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

निज केसीबाट मोवाईल १ थान, घडी २ थान, ब्याग १ थान, फायर साइड डेलीको प्रेस कार्ड १ थान, कार्यक्रम सम्बन्धि लेखिएको डायरी १ थान र सिमकार्ड २ थान बरामद भएको छ ।

निज केसीले बिभिन्न संचार माध्यम एफएम समेतबाट सम्बन्धित कार्यक्रमबारेमा जानकारी लिने र कार्यक्रमस्थलमा पुगी उपस्थित मानिसहरुको ब्याग तथा ब्यागभित्र भएका ल्यापटप समेत चोरी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
केसीलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको सो महाशाखाले जनाएको छ ।

आफ्नै साथीको हत्या गरेको अभियोगमा पक्राउ

त्यसैगरी आफ्नै साथीको हत्यामा संलग्न रहेको अभियोगमा खोटाङको साविक चिसापानी गाविस–९ का ४२ वर्षीय प्रेम खड्का भन्ने राजन कटुवाललाई महानगरीय अपराध महाशाखाको प्रहरीले बुधबार पक्राउ गरेको छ ।
सिन्धुलीको सिन्धुलीगढी घर बताउने करीव ४५ वर्षीय एकिन नाम, थर, वतन नखुलेका सानु मगर तथा मोटे नाम गरेका व्यक्ति काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मुलपानी क्रिकेट ग्राउण्ड नजिकैको सडक छेउमा रगताम्मे अवस्थामा गत  ।बुधबार मृत फेला  परेका थिए।

घटनाको अनुसन्धानको क्रममा करीव एक महिना अघि आपसमा चिनजान भएका अभियुक्त राजन र सानु दुबैजना राजनको कोठामा भेट भई दुबैबिच विवादको क्रममा हात हालाहाल भएपछि राजनलले सानुलाई लखेटी सडक छेउमा लगेर चिरपट तथा ढुंगाले प्रहार गरी हत्या गरी फरार भएको खुल्न आएको छ ।
घटना पश्चात फरार रहेका अभियुक्त राजनलाई उक्त महाशाखाको प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको हो ।

सम्बन्धित शीर्षक