सुनमा मिसावट गर्ने पोखराका ५ सुन ब्यापारी पक्राउ, नेपालगञ्जमा भने अनुगमनकर्ता मौन

२७ माघ,पोखरा/ सुन जस्तो बहुमुल्य बस्तुमा उपभोक्ताहरु बिभिन्न् बहानामा ग्राहकहरु ठगिने गरेको बिभिन्न् समयमा घटनाहरु सार्वजनिक भईरहेकै समयमा पोखरामा अनुगमन सुरु गरिएको छ ।
अनुगमनको क्रममा सुनका गहनामा मिसावट गरी बिक्री गरेको पाईएपछी कास्कीको पोखराका ५ जना व्यापारीलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभाग काठमाडौंले गरेको अनुगमनबाट पोखराका ५ सुन पसलमा मिसावट भेटिएपछि त्यसका सञ्चालकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा महेन्द्रमान गुभाजू, हरिकुमार धमला,अर्जुनबहादुर बिक, सन्तोष बिक र महेश सुनार रहेका छन् । उनीहरुलाई कालो बजारी तथा केही सार्वजनिक अपराध सजाय ऐन २०३२ बमोजिम कारवाहीका लागि म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीले जानकारी दिनुभएको छ ।

कानुनी तथा तस्करीबाट प्राप्त सुन नेपालमा आइसकेपछी सुनमा बाहिरी भागमा लगाइएको छाप जस्तै नक्कली छाप बनाएर केही ठुला ब्यापारी कहलिएका ब्यक्तीहरुले आफनो गोप्य कोठामा छाप लगाउने मेशिन र भारतबाट कालीगढ ल्याएर लगाइरहेको अवस्था रहेको समाचार स्रोत बताउदै आएका छन । 

सुनमा तामा, फलाम,चांदीवा शिशा र पित्तल १/१ प्रतिशत गरी ३ देखी ४ प्रतिशत सम्म मिसावट गरेर बेच्ने गरेको ब्यापारीहरुले नै बताउने गरेका छन। आवाज उठाएमा सुन नै नदिने धम्की दिने गरेका छन ।
त्यसैगरी थोक खरिद गर्दा नै मिसावटयुक्त सुन खरि गरेपछी फुटकर ब्यापारीले पनि जर्तिका नाममा बढी मिसावट गर्ने गरेको ब्यापारी स्रोतहरुले बताएका छन । दिनहु सयौं उपभोक्ता ठगिदा पनि नेपालगञ्जमा भने अनुगमनकर्ताहरु त्यस तर्फ मौन रहेका छन ।