धादिङको सलाङघाटमा सिँचाई मन्त्रालयको जिप त्रिशूलीमा खस्यो,सचिव सहित ३ जना बेपत्ता


२७ माघ, चितवन/ शनिबार बिहानै त्रिशूली नदीमा गाडी खस्दा सिँचाई मन्त्रालयका सचिव सहित३  जना बेपत्ता भएका छन् । सिँचाई मन्त्रालयको बा २ झ ३१४० नम्बरको गाडी धादिङको बेनिघाट-रोराङ गाउँपालिका–३ सलाङघाटबाट त्रिशूली नदीमा खसेको गजुरी प्रहरीले जनाएको छ ।
चितवन कुरिनटारबाट आएको गोताखोरले जिप १५ मिटर गहिराइमा रहेको पत्ता लगाएका छन् ।
कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर फर्केका सचिव यादवसँग उनका २२ वर्षीय छोरा सन्तोष पनि थिए । अर्की एक जना किशोरीको नाम खुल्न सकेको छैन ।

बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जिप पृथ्वीराजमार्गको सलाङ्घाटबाट करिब ५० मिटर तल नदीमा खसेको थियो।
जिप खसेको स्थान निकै गहिरो छ। नदी धमिलो भएको कारण उद्दार मा कठिनाइ भएको प्रहरी निरीक्षक सन्जय तिमिल्सिनाले बताउनु भएको छ ।
घाइते भएका चालक निरन्जन यादवलाई प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ।

दुर्घटना पछि पौडी खेल्दै गएका चालक यादवलाई स्थानीयले पुल मुनिबाट उद्दर गरेका थिए। जिप सडक छेउका २ वटा प्याराफिट भत्काएर खसेको थियो। चालकले उक्त जिप सचिव यादवले नै चलाएको प्रारम्भिक बयान दिएका छन्। बिवाहको कुरा भएकी अर्को डाक्टरनी छोरी र आमा भने कपिलबस्तुको चन्द्रौटा घरमै बसेका थिए ।