हाम्रो संरचना सोमवार, अशोज ४, २०७८ 497 Views

२८ माघ,सुर्खेत/ सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको खजुरास्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा शििनबार राती अज्ञात समूहले वम विष्फोट गराएको छ ।

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निमार्ण जिम्मा पाएको भारतीय कम्पनी जिएमआरको कार्यालयमा अज्ञात समूहले शनिबार राति साढे १० बजे विस्फोट गराएको हो ।

उक्त अत्रात समूहले प्रहरी सुरक्षार्थ बसेको पोष्टमै बम विष्फोट गराएको हो । बम विस्फोटबाट कार्यालय बाहिरको पर्खालमा क्षति पुगेको छ ।घटनामा संलग्न भएको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको जनाएकोछ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।