संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबैधानिक प्रक्रिया मिलाएर ७वटै प्रदेशका मुख्यमन्त्रीहरु नियुक्ती हुने क्रम जारी….

 

 

२९ माघ, नेपालगञ्ज/  संघीय लोकतान्त्रीक गणतन्त्र नेपालका ७ वटा प्रदेशका प्रथम मुख्य मन्त्रीहरुको नामावली करीब-करीब टुगो लागी सकेको छ ।
प्रदेश नं ३ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता डोरमणि पौडेल नियुक्त हुनुभएको छ ।  नेपालको संविधानको धारा १६८ को उपधारा १० बमोजिम संसदमा बहुमत प्राप्त संसदिय दलको नेता लाई मुख्यमन्त्रीमा नियुक्ती गर्ने ब्यवस्था भए बमोजिम पौडेललाई ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले नियुक्त गर्नुभएको हो ।

पौडेललाई ८१ सांसदको समर्थन जुटेको छ । दोस्रो ठूलो दल माओवादी केन्द्रले पनि पौडेललाई नै समर्थन गरेको छ । १ सय १० सांसद रहेको प्रदेश ३ मा एमालेका ५८, माओवादी केन्द्रका २३, कांग्रेसका २१, विवेकशील साझाका ३, नेमकिपाका २, राप्रपा, राप्रपा ९प्रजातान्त्रिक० र नयाँशक्ति पार्टी नेपालका १र१ सांसद छन् । मुख्यमन्त्री नियुक्त भएका पौडेललाई आज सोमबार बिहान साढे ९ बजे एक समारोहबीच शपथ गराइने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

त्यसैगरी आज नै प्रदेश नम्बर ५मा पनि मुख्य मन्त्रीमा नेकपा एमालेका ५ नम्बर प्रदेशबाट संसदिय दलमा निर्बाचित शंकर पोख्रेललाई नियुक्त गर्ने संबैधानिक प्रक्रिया जारी रहेको ५ नम्बर प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

वाम गठबन्धनले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री नियुक्तिका लागि बहुमतको दाबी पेश गरेसँगै प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु गरेका छन्। प्रदेश प्रमुख उमाकान्त झासमक्ष एमाले र माओवादी केन्द्रका नेताहरूले पत्र बुझाउँदै मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ।

एमाले प्रदेश ५ का संसदीय दलका नेता शंकर पोखरेल र माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले प्रदेश प्रमुख झासमक्ष बहुमत सदस्यको सहमति सहितको पत्र बुझाएका हुन्। प्रदेशसभका ८७ जना सदस्यमध्ये एमाले र माओवादी केन्द्रको बहुमत छ। एमालेको ४१ र माओवादी केन्द्रका २० गरी गठबन्धनसँग ६१ सांसद् छन्।

संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम आएको पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरेको र संविधानअनुसार नै मुख्यमन्त्रीको नियुक्ति र सपथ हुने प्रदेश प्रमुखको कार्यालय सचिव सनद कुमार दवाडीले जानकारी शिवरात्रि र सभामुखको निर्वाचनले धकेल्यो नियुक्ति मुख्यमन्त्रीको नियुक्ति सोमबार गरिने भनिए पनि उक्त सम्भावना कम रहेको छ।सपथ ग्रहण सडक डिभिजनको कम्पाउण्डमा गर्ने तयारी छ। सोही दिन दुई मन्त्रीलाई पनि सपथ खुवाउने तयारी छ। एमालेको तर्फबाट वैजनाथ चौधरी र माओवादीको तर्फबाट दलका नेता कुलप्रसाद केसी मन्त्री बन्ने दलनिकट स्रोतले बतायो।

अन्य प्रदेशमा पनि प्रदेश प्रमुखहरुबाट बांकी मुख्यमन्त्रीको नियुक्ति हुने क्रम जारी छ । तर को को मुख्य मन्त्री हुने भन्ने एमाले र माओबादीले करीब करबि टुगो लगाइसकेका छन । बहुमत प्राप्त दलहरु बम गठबन्धन टुगो लगाएका नामावली यस अघि नै सार्वजनिक भइसकेका छन ।
प्रदेश नम्बर। ४ मा एमालेले पृथ्वी सुब्बा गुरुङलाई सर्वसम्मत दलको नेता चयन गरेपछि मुख्यमन्त्री बन्ने र बनाउने दौड टुंगिएको छ ।

सबै ७ प्रदेशका मुख्यमन्त्रीहरुको बिवरण

प्रदेश १ : शेरधन राई

पूर्वसञ्चारमन्त्री शेरधन राई एमालेका प्रदेशसभामा संसदीय दलको नेता निर्वाचित हुनु भएको छ । भोजपुरको पसल भञ्ज्याङमा २०२७ सालमा जन्मिएका शेरधनले २०४४ मा अनेरास्ववियूबाट राजनीतिक यात्रा स’रु भएको हो । अखिलको जिल्ला अध्यक्ष र पूर्वाञ्चल संयोजक हुँदै २०५६ सालको संसदीय निर्वाचनमा कान्छो सांसदका रुपमा निर्वाचित हुनुभएको थियो ।

२०६४ सालमा चुनाव हारे पनी दोस्रो संविधानसभामा विजयी भएर उमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्री तथा सरकारको प्रवक्ता बनीसक्नु भएका राई एमाले वैकल्पिक पोलिटब्युरो सदस्य पनि हुनुहुन्छ ।

प्रदेश २ : लालबाबु राउत

प्रदेश २ मा मोहम्मद लालबाबु राउत मुख्यमन्त्री बन्दै हुनुहुन्छ । उहां संघीय फोरमको प्रदेशसभा संसदीय दलका नेता हुनुहुन्छ । फोरम र राजपाबीच मिलेर सरकार बनाउने सहमति भएको छ, जसअनुसार फोरमले मुख्यमन्त्री, उपसभामुख र तीन मन्त्रालय पाएको छ भने राजपाको भागमा सभामुख र तीन मन्त्रालय परेको छ ।
१५ असार ०२३ मा पर्साको जगरनाथपुर गाउँपालिका९४ जगरनाथपुरमा जन्मिएका राउत किसान परिवारबाट राजनीतिमा उदाएका नेता हुन् । दोस्रो संविधानसभामा समानुपातिक सभासद् बनेका उनी मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशसभामा झरेको र, पर्सा १ ‘ख’ मा विजयी हुनु भएको थियो ।
वीरगञ्ज महानगर९१३ तेजारथ टोलमा निवासी त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका राउतले कानुनमा स्नातक पनि गरेका छन् । पढाइपछि अस्थायी प्राध्यापकका रुपमा ठाकुरराम बहुमुखी क्याम्पसमा १० वर्ष अध्यापन गर्नु भएको थियो । २०७० सालको संविधानसभा निर्वाचनअघि जागिर छाडे र राजनीतिमा आउनु भएको हो ।

प्रदेश ३ : डोरमणि पौडेल 

मुख्यमन्त्रीको बागडोर सम्हाल्नु भएको डोरमणि पौडेल एमालेभित्र जिम्मेवारी पूरा गर्ने सन्दर्भमा पनि कहिल्यै असफल नहुने अग्ला नेता मानिनुह’न्छ ।
पौडेल ०४९ र ०५४ मा गरी दुई पटक हेटौंडाको मेयर बनीसक्नु भएको छ । उनकै पालामा हेटौंडा मुलुककै नमूना नगरपालिका बनेको हो। नेपाल नगरपालिका संघको केन्द्रीय अध्यक्ष भएर १५ वर्ष काम गरेका पौडेल स्थानीय शासन प्रणालीको विज्ञका रुपमा पनि परिचित छन् ।
प्रदेशसभाका ज्येष्ठ सदस्य समेत रहेका शुरुमा सोही हैसियतमा सभा पनि सञ्चालन गर्नु भ ्एको थियो ।
१५ चैत २००२ मा काठमाडौंको फर्पिङमा जन्मिनु भएका पौडेल बसाइँसराईंसँगै हेटौंडा नवलपुरका स्थायी बासिन्दा बनेका हुन् । ०३० सालदेखि नै शिक्षक संगठनबाट राजनीतिमा लागेको र पञ्चायतकालमा जेलनेल र निर्वासनमा पनि परीसक्’ भएका एमाले नेता पौडेल केपी ओली निकट रहेर काम गरेको अन’भव रहेको छ ।

प्रदेश ४ : पृथ्वी सुब्बा गुरुङ

प्रदेश९४ को मुख्यमन्त्री बन्न लाग्नु भएका नेकपा एमाले पार्टी केन्द्रिय सचिव पृथ्वी सुब्बा गुरुङ लमजुङका निवासी हुनुहुन्छ । अमृत साइन्स क्याम्पसबाट बीएस्सी गर्नुभएका गुरुङ विद्यार्थी जीवनदेखि नै एमाले निकट रहेर राजनितिमा लाग्नुभएका सचिव पृथ्वी सुब्बा गुरुङ २०२७ सालमा स्ववियू सचिव जितेर उहां जिल्ला सचिव हुँदै पार्टीको केन्द्रीय कमिटीमा पुग्नुभएको हो ।

२०५४ सालदेखि एमाले केन्द्रीय कमिटीमा र हाल पार्टीको केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख हुनुहुन्छ । २०६४ मा संविधानसभा सदस्यको चुनाव जितेका र २०७० मा पराजित भएको । यसपटक प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । तर, वाम तालमेलका क्रममा लमजुङमा देव गुरुङ उम्मेदवार हुने भएपछि उनी प्रदेशसभामा झरेका थिए ।

प्रदेश ५ : शंकर पोखरेल

प्रदेश – ५ को मुख्यमन्त्री बन्ने तरखरमा रहेका शंकर पोखरेल एमाले स्थायी कमिटी सदस्य हुनुहुन्छ । अनेरास्ववियूका पूर्वअध्यक्ष पोखरेल पार्टीका पूर्वसचिव पनि हुनुहुन्छ । उनी नवौं महाधिवेशनमा उप-महासचिव उठेर पराजित भएका थिए ।
एमाले अध्यक्ष ओली निकट पोखरेललाई अध्ययनशील नेताका रुपमा लिइन्छ । प्रतिनिधिसभाको उम्मेदवार बन्ने योजना थिए तर वाम गठबन्धनमा कृष्णबहादुर महराले दाङ-२ को टिकट लिएपछि पोखरेल प्रदेशमा झरेका हुन् । उनलाई त्यसबेलै मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।
पोखरेल एमालेभित्र जनताको बहुदलीय जनवादका व्याख्याता समेत मानिनुहुन्छ । ०५१ सालमा पहिलो पटक दाङबाट सांसद निर्वाचित भएका पोखरेल ०६४ मा समानुपातिक सभासद् हुँदै सूचना तथा सञ्चारमन्त्री  हुनुभएको थियो ।

प्रदेश ६ :  महेन्द्र बहादुर शाही

पूर्वसभासद् महेन्द्रबहादुर शाहीलाई माओवादीले प्रदेश-६ को संसदीय दलको नेता चयन गरिसकेको छ ।  चुनावताका नै मुख्यमन्त्रीका रुपमा हेरिएको थियो । वाम भागबण्डामा प्रदेश-६ को मुख्यमन्त्री माओवादीको भागमा परेपछि शाहीलाई थप सहज भयो ।
१५ माघ ०३३ मा कालीकोटको विकट पचाल-झरना गाउँपालिका – साविक नानिकोट गाविस-८ को मध्यम वर्गीय परिवारमा जन्मिएका शाही माओवादी पोलिटब्युरो सदस्य तथा भेरी, कर्णाली राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष हुनुहुन्छ ।
सशस्त्र विद्रोहका क्रममा डिभिजन कमान्डर रहेका शाही अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गराउँदा प्रस्तावक बनेर एकाएक चर्चामा आएका थिए ।
२०५२ सालमै भूमिगत भएका शाहीले एसएलसीसम्म अध्ययन गरेका छन् । उनी कालीकोट ‘ख’बाट प्रदेशसभामा विजयी भएका हुन् ।

प्रदेश ७ :  त्रिलोचन भट्ट

प्रदेश- ७ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका त्रिलोचन भट्ट डोटी प्रदेशसभा ‘क’ बाट विजयी सांसद हुन् । जिल्लाको केआईसिंह गाउँपालिका-६ फलेडीका भट्ट कक्षा ५ मा अध्ययन गर्दैगर्दा १४ वर्षको उमेरमा भारतमा मजदुरी गर्न पुगेका थिए । उनले त्यहाँ लामो समय चौकीदारी गरे । भारतमै छँदा माओवादीको प्रवास संगठन अखिल भारत नेपाली एकता समाजमा आबद्ध भएका थिए ।

उनको राजनीतिक यात्रा पनि सोही समाजबाट शुरु भएको हो ।०६१ सालमा स्वदेश र्फकेर सक्रिय राजनीतिमा लागेका हुन् । हाल उनी माओवादी पोलिटब्युरो सदस्य हुनुहुन्छ।