प्रदेश १ को मुख्यमन्त्रीमा शेरधन राई र प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त, शपथ बिहीबार

 

 

२ फागुन,नेपालगञ्ज/ प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ ।

माओवादीको समर्थनमा एमालेले सरकार गठनका लागि आइतार नै दाबी पेश गरेको थियो । नवनियुक्त मुख्यमन्त्री पोखरेलले भोलि बिहिबार सपथ लिने कार्यक्रम बनाइएको छ । बिहिबार नै सानो आकारको मन्त्रिपरिषद् बनाउने एमाले र माओवादीको गृहकार्य गरेका स्रोतले बताएको छ ।

त्यसैगररी प्रदेश १ को मुख्यमन्त्रीमा एमाले नेता शेरधन राई नियुक्त हुनभएको छ। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा १ प्रावधानअनुरुप राईलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका गर्नुभएको हो। मुख्यमन्त्रीमा नियुक्त गरिएको पत्र प्रदेश प्रमुख डा।गोविन्दबहादुर तुम्बाहाङले राईलाई हस्तारण गर्नुभएको छ।

पत्र हस्तान्तरण गर्दै प्रदेश प्रमुख तुम्बाहाङले राईलाई सफलताको शुभकामना दिनु भयो। मुख्यमन्त्रीको शपथग्रहण भने बिहीबार दिउँसो ३ बजे स्थानीय वीरेन्द्र सभागृहको हलमा तोकिएको छ।

सम्बन्धित शीर्षक