दांगको तुल्सीपुर, वेलुवाबाट लोपउन्मुख रेडपण्डा सहित २ जना पक्राउ

२ फागुन, नेपालगञ्ज/ दांग जिल्लाको तुल्सीपुर नगरपालकिा वडा नम्बर ५ वेलुवा बाट बुधबार लोप उन्मुख दुर्लभ बन्य जन्तु रेडपण्डा २ वटा छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
५ नम्बर प्रदेश प्रहरी अनुसन्धान ब्यूरो,दांग तुल्सीपुरबाट खटिएको प्रहरी टोलीले तुल्सीपुरमा चेक जांचको क्रममा सल्यान त्रिबेणी गाउंपालीका वडा नम्बर ३ टोटकेका ३६ बर्षिय टोप बहादुर वली र सल्यान कपुरकोट गाउंपालीका वडा नम्बर ६ का रुपलाल बोहरालाई रेडपण्डा २ वटा छाला सहित पक्राउ गरेको छ ।
पक्राउ परेका ब्यक्तीहरु र रेडपण्डा सहित अनुसन्धान टोलीले इलाका प्रहरी कार्यालय तुल्सीपुर मार्फत जिल्ला बन कार्यालय लांगमा थप अनुसन्धान सहित कार्बाहीका लागी बुझाएको  ५ नम्वर प्रदेश प्रहरी अनुसन्धान व्यूरोका प्रहरी निरीक्षक  अरुण कुमार शाहले बताउनु भएको छ ।