नेकपा एमाले र माओवादी केन्द्र बीच एकिकरणका लागी ७ बुँदे समझदारी पत्रमा हस्ताक्षर (सम्झौतापत्र सहित)

७ फागुन, काठमाण्डौं/ नेपालका दुई ठुला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रजातन्त्र आएकै दिन फागुन ७ गते पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ ।
नेपाली जनताको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने महान उद्देश्यसहित गत असौज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा फागुन ७ गते सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
२ पार्टी बीच पार्टीको वैचारिक कार्यदिशा, नेतृत्व, संगठनात्मक एकीकरणको प्रक्रिया लगायतका विषयमा एमाले र माओबादी पार्टीका बीचमा पटक(पटक दुबै दलबीच बिभिन्न तह र चरणमा छलफल सम्पन्न भएको थियो ।
दुबै दलले एकता प्रक्रियामा सहमति निर्माण गर्न दुबै अध्यक्ष रहने पार्टी एकता संयोजन समिति गठन गरेका थिए । सोमबार बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकल ७ बुँदे समझदारी सार्वजनिक गरेको छ । पार्टी एकताका लागि सहमति भएका बुँदाहरु ने।क।पा। एमाले र ने।क।पा। माओवादी केन्द्रका वीचमा एकीकरणका प्रारम्भिक आधारहरु यस्ताक्षन

१, एकीकृत पार्टीको नाम “नेपाल कम्युनिष्ट पार्टी” रहने छ ।
२, पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।
३, ने.क.पा. एमालेले अबलम्वन गरिआएको “जनताको बहुदलीय जनवाद” र ने.क.पा. माओवादी केन्द्रले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने छ ।

४, नेकपा एमालेले अपनाउँदै आएको “जनताको बहुदलिय जनवाद” अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत आफ्ना श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा माओवादी केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निमार्ण गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।
५, उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।
६, महाधिवेशनसम्म पार्टीको मूल नेतृत्व र केन्द्रीय बैठकहरुको अध्यक्षता दुबै पार्टीका वर्तमान अध्यक्षद्वारा आलोपालो प्रणालीबाट गरिने छ । र सरकारको नेतृत्वमा समेत सोही आलोपालो प्रणाली अपनाइने छ ।
७, आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।