राष्ट्रपति द्वारा राष्ट्रियसभा सदस्यमा ३ जना मनोनित

८ फागुन, नेपालगञ्ज/  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा ३ जनालाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्नुभएको छ ।
मंगलबार बिहान बसेको मन्त्रीपरिषद्को बैठकले अघिल्लो सरकारले राष्ट्रियसभामा सिफारिस गरेका ३ जनाको नाम फिर्ता लिँदै उनीहरुको ठाउँमा नयाँ नयां जनादेश हनुसार ३ जनाको नाम सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद बैठकले गरेको सिफारिस अनुसार युवराज खतिवडा, रामनारायण बिडारी र बिना पौडेल राईलाई राष्ट्रपति भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनयन गर्नुभएको हो । राष्ट्रियसभा सदस्य बनेका खतिवडा र पौडेल एमाले निकट तथा बिँडारी माओवादी निकट हुनुहुन्छ ।

बर्तमान संबैधानिक ब्यवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिले ३ जना राष्ट्रियसभा सदस्य मनोनिति गर्ने ब्यवस्था रहेको छ ।