पोखरा र दमकमा बम बिस्फोट,पत्रकार र प्रहरी घाइते, जनमानसमा त्रास पैदा गर्न बिष्फोट गराएको प्रहरीको आशंका

बम बिस्फोटमा घाईते पत्रकार धनश्याम पाण्डे

८ फागुन,कास्की/ पोखराको विजयपुर पुलमा मंगलबार बिहान शक्तिशाली बम बिस्फोट हुँदा २ जना घाइते भएका छन्। बिहान ११ः५० बजे भएको बिस्फोटमा परी गण्डकी टेलिभिजनका संवाददाता धनश्याम पाण्डे र प्रहरी जवान कुलबहादुर खत्री घाइते भएका छन्।

पत्रकार पाण्डेको टाउकोमा बमको छर्राले लागेको प्रहरीले बताएको छ। घाइतेहरुको जीएसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाइएको छ।

त्यसैगरी मंगलबार बिहान दमकको मुख्य बजार क्षेत्रमा बिस्फोट भएको छ। दमक बजार स्थित घिमिरे मार्केटअगाडि बम बिस्फोट भएको छ। बिस्फोटबाट खासै केही क्षति नभएको तर त्रासको वातबवरण सृर्जना भएको र स्थानीयमा त्रास फैल्याउने उद्देश्यले सो बिस्फोट गराइएको हुन सक्ने इलाका प्रहरी कार्यालय दमकमा प्रमुख प्रहरी नायव उपरीक्षक दिपक गिरी बताउनु भएको छ।

झापाको दमकको मुख्य बजार क्षेत्रमा बिस्फोट पछी जम्मा भएको भिड

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्दको आह्वान गरेकै दिन बिस्फोट गराइएकाले उक्त समुहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ। तर, अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।