हाम्रो संरचना सोमवार, अशोज ४, २०७८ 575 Views

 

८ माघ,बाजुरा/ बाजुरारको बडिमालिका नगरपालिका ८ मा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।से १ ज ९४० नम्बरको जीप सोमबार राती दुर्घटना हुँदा हुम्लाको ओदानचुली गाउँपालिका ३ का ४० वर्षीय बल बहादुर बुढा र मुगुको खतिवडा गाउँपालिका ८ का ४५ वर्षीय काली बहादुर राउतको मृत्यु भएको छ ।

बुढाको घटनास्थलमै र राउतको उपचारको क्रममा मृत्यु भएको बाजुरा प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ६ जनाको जिल्ला अस्पताल बाजुरामै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजसराले जानकारी दिएको छ