नेपालगञ्जमा आयोजना गरिने ८औं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागी आवश्यक लोगो,नारा, मस्कट र गित सार्वजनिक

८ फागुन,नेपालगञ्ज/ आगामी बर्ष २०७५ सालको मंसिरको अन्तीममा  नेपालगञ्जमा आयोजना हुने ८औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागी  आवश्यक लोगो, नारा, मस्कट र गितको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्टले एक  कार्यक्रमको आयोजना गरि मंगलबार नेपालगञ्जमा सार्वजनिक गर्नुभएको छ।

नेपाली खेलकुदको महाकुम्भ रुपमा लिइएको राष्ट्रिय खेलकुद प्रतियोगिताको ८औं संस्करण नेपालगञ्जमा आयोजनाको तयारीको क्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशब कुमार विष्टले प्रतियोगिताको पहिचानका लागि निर्माण गरिएको लोगो र जनावरको चित्र अंकित मस्कट,नारा र गितको सार्वजनिक गर्नुभएको हो ।

विष्टले प्रतियोगिता तयारीका क्रममा यसअघि विभिन्न प्रतियोगिताहरु समेत मिशनका रुपमा सञ्चालन भईरहेकको भन्दै थप महत्वपूर्ण कडीका रुपमा लोगो र मस्कट पनि मंगलबार सार्वजनिक गरिएको बताउनु भएको  छ ।
७ औं राष्ट्रिय प्रतियोगितामा कृष्णसारलाई मस्कट बनाएकोमा यसवर्ष  एशियाकै ऐतिहासिक हात्तिको सम्मानमा हात्तिको छावालाई मस्कटका रुपमा राखिएको र हात्तिको छावाले ओलम्पीक दिप समाउँदै दौडिरहेको मस्कटले समग्र मधयपश्चिम क्षेत्रको पहिचानको काम गरेको आयोजकले जनाएको छ ।
बर्दियामा रहेको एशिया कै ठूलो हात्तिको पहिचान गराउन र खेलकुदमा माध्यमबाट संरक्षणका लागि मस्कटमा हात्तिको छावा चित्र अंकित गरिएको, लोगोमा नेपालको राष्ट्रिय झण्डा, स्वयंम्भुका आँखा, बौद्ध जन्मस्थल लुम्वेनी, बर्दिया राष्ट्रिय निकुन्जको गेट, सातवटा प्रदेशका प्रतिकका रुपमा सात रंगका प्वाख सहितको परेवा रहेको छ ।

सदस्य सचिव विष्टले यस प्रतियोगिताले नेपालगञ्जलाई स्पोर्टस् सिटीका रुपमा पहिचान दिलाउने विश्वास व्यक्त गर्नुभयो। ‘यो प्रतियोगिता मध्यपश्चिम क्षेत्रकै ऐतिहासिक कडी हो, यसलाई भव्य तरिकाले सम्पन्न गर्नेछौं,’ उहांले भन्नु भयो, ‘छैठौं प्रतियोगितापछि सुदुरपश्चिमको खेल जगत मौलाएको थियो, ८औं पछि मध्यपश्चिम पनि खेल क्षेत्रमा निकै अब्बल सावित हुने बिश्वास ब्यक्त गर्नुभएको छ ।’

सदस्य सचिव विष्टले खेलक्षेत्रको विकासका लागि स्थानीय सरकारदेखि केन्द्रीय सरकार गम्भीर नभएसम्म पहिचान स्थापीत बनाउँन कठिनाई रहेको दाबी गदै ‘जति सुकै योजना बनाए पनि खेल क्षेत्रलाई उपेक्षा गरिएको देखिएको छ,।

खेलकुदको विकास बिना राष्ट्रले अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापीत गराउने सम्भावना नै हुँदैन, प्रविधिमा सम्पन्नशाली राष्ट्र अगाडि गौरव स्थापीत गर्ने सबैभन्दा सहज र दिर्घकालिन लक्ष्य भनेकै खेले रहेकोले सरकारलाई त्यस तर्फ ध्यान दिनु पर्ने आवश्यक्ता औल्यानु भएको छ ।

प्रतियोगितामा ३५ खेल समावेश गर्ने जसमध्ये ४ खेल बर्दिया, ७ खेल दाङ्गमा हुने र बाँकी खेल नेपालगञ्जमै हुने गरी तयारी अघि बढाएको तयारी समितिका संयोजक बिनोद मैनालीले जानकारी दिनु भएको छ।

‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नाराका साथ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ नेपालगञ्जमा आयोजना हुने आयोजक मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले जानकारी गराउनु भएको थियो ।

ओलीले नेपालगञ्ज बिक्रम सम्वत २०७५ आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको भौतिक पूर्वाधारहरु निर्माणलाई तिव्रता दिइएको जानकारी दिनुभएको छ ।

८ औं संस्करण खेल मध्य-पश्चिमका बिभिन्न जिल्लामा आयोजना गर्ने गरी उक्त राष्ट्रिय प्रतियोगिताका लागी बांकेको नेपालगञ्ज र कोहलपुर, दांग, सुर्खेत र बर्दियाको गुलरियामा भौतिक पूर्वाधारहरु निर्माण कार्यमा तिव्रता दिइएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताका बिभिन्न प्रतियोगितालाई मध्यनजर गरेर नेपालगञ्जमा अत्याधुनिक कबर्ड हल, स्तरीय ट्रयाक एण्ड फिल्ड , १ सय २० मिटर लम्बाई र ८० मिटर चौडाई नेपालगञ्ज रंगशालाको ट्रयाक एण्ड फिल्ड ०.५ मिटर अग्लो बनाउने काम भरहेको छ ।

१८ करोड लागतमा नेपालकै दोस्रो ठूलो पौडी पोखरी निर्माण कार्य अन्तिममा चरणमा पुगेको छ । ‘राष्ट्रिय खेलकुद परिषदको लगानीमा काठमाडौ उपत्यका बाहिर सबैभन्दा ठूलो पौडी पोखरी नेपालगञ्ज रंगशालामा निर्माण भइरहेको छ । ८७ लाख लाखको लागतमा नेपालगञ्जमै भारोत्तोलन एकेडेमी, जुडो एकेडेमी निर्माण भैरहेको छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७५ नेपालगञ्जमा आयोजनाका लागि सरकारले समग्र १ अर्ब ५ करोड बजेट छुट्याएको छ । ‘त्यसभित्र भौतिक पूर्वाधार निर्माणका लागि पनि बजेट राखिएको हो ।

कोहलपुरमा प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको  संरक्षणका लागि  ४ बिघा १२ कटठामा मैदानमा पहिलो चरणमा पर्खाल लगाईने काम हुदै छ ।  सुर्खेतमा रंगशालाका लागि १ करोड रुपैया बजेट छुट्याइएको छ । बर्दियाको गुलरियामा सुविधा सम्पन्न कबर्ड हल सहित रंगशाला बनाइदैछ । त्यसका लागि ४० लाख प्रारम्भिक बजेट छुट्याइएको अध्यक्ष ओलीले जानकारी दिनुभयो ।

त्यस्तै दांगको बेलझुण्डीमा ठूलो लगानीमा प्रादेशिक स्तरको रंगशाला बनाइने भएको छ । अध्यक्ष ओलीले ३० हजार दर्शक क्षमताको प्रादेशिक रंगशालाका लागि सरकारले केन्द्रबाटै काम गरिरहेको जानकारी दिनुभयो ।

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ वटा विभिन्न खेल आयोजना भएकोमा आठौंमा पनि बिभिन्न ३५ वटा खेलका झण्डै ७ हजार खेलाडी ३ हजार अफिसियलको सहभागिता रहने प्रतियोगिता १० दिनसम्म सञ्चालन हुनेछ । ‘त्यसका लागि खेलाडीहरु नियमित प्रशिक्षणमा पनि जुटिसकेको अध्यक्ष वलीले जानकारी दिनुभएको थियो । ।

उक्त सार्वजनिक कार्यक्रममा सदस्य सतचव सहित, मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम वली, नेपालगञ्ज उप महानगरपालीकाका उप प्रमुख उमा थापा मगर, जिल्ला खेलकुद बिकास समिति बांकेका पदाधिकारी तथा प्रशिक्षकहरु, पत्रकार स्थानिय राज्यका बिभिन्न संरचनाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।