- हेमराज भट्ट/फागुन,नेपालगञ्ज
नेपालगञ्ज बिमान स्थल देखि कर्णालि जिल्लाहरुमा उडान भर्ने बिमानहरुले सहुलियत भाडा दरको नियमति उडान गरेपछी मात्र मात्र चार्टर उडान गर्न पाउने सहमति भएको छ ।
नियमित उडान हवाई यात्री नभएको देखाउदै बिमानहरुले चार्टर उडान भर्न थालेपछि सो क्षेत्रमा यात्रुहरु मर्कामा परेको भन्दै नेपाल बायु सेवा निगमले यात्रुहरुको पिर मर्कालाई ध्यानमा राखि यस्तो निर्णय गरेको जनाएको छ ।
चार्टर उडानका लागि यात्रुलाई होल्ड राखी नियमित उडानमा यात्रु नआएको भन्दै उडान रोकी चार्टर उडान गर्न थाले पछि निगमले यस्तो निर्णय गरेको जानकारी दिएको छ ।
बिगतका दिनहरुमा विभिन्न निकायहरुको सिफारिसमा सहुलीयत दरमा टिकट बितरण हुदै आएकोमा सिफारिस दिने निकायले निकटका ब्यक्तिहरुकालागि मात्रै सिफारिस गर्ने लगायतका गुनासाहरु निगममा आउन थालेपछि सहुलियत दरको टिकट सिधै बायु सेवा निगमबाट पाउने ब्यवस्था नेपालगन्ज नागरिक उड्यन कार्यालय राझाँले शुरु गरेको छ ।
अब सहुलियत दरको टिकट सिधै बिमान कम्पनीहरुको कार्यालयबाट प्राप्त गर्न सकिने ब्यवस्था गरे सँगै सहुलियत दरको टिकट सर्वसाधारणका लागि सहज भएको हो ।
नेपालगञ्ज नागरिक उड्यन कार्यालय राझाँले सो बिषयमा बायु सेवा कम्पनीहरुसँग माघ २४ गते बैठक गरि सबैलाई सो निर्णय कार्यान्वयनमा ल्याउन पत्राचार गरिसकेको छ ।
सिफारिसमा टिकट बितरण गरिदा टिकट कम बितरण हुने तथा उडान नै नहुने तर चार्टर उडानका टिकट भने पाईने गरिएकाले यात्रुहरु मर्कामा परेको भन्दै यात्रुहरुको हितलाई ध्यानमा राख्दै अशक्त, अपाङ्ग, बिरामी जस्ता यात्रुहरुको हितलाई प्राथमिकता स्वयम् एयरलाईन्सले निर्धारण गरि गुनासो रहित तरिकाले टिकट एयरलाईन्सको सम्पर्कमा आएकालाई सिधै बितरण गर्न पत्राचार गरिएको छ पत्रमा उल्लेख गरिएको छ ।
यात्रुहरुको मर्कालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको नेपालगन्ज नागरिक उड्ययन कार्यालय राझाँका प्रमुख प्रताब बाबु तिवारीले बताए । उनले यात्रुहरुलाई सिधै विमान कम्पनीमा गई सहुलियत दरको टिकट लिएर यात्रा गर्न अपिल गरेका छन् । पछिल्लो समय राझाँ बिमान स्थलको सेवा प्रवाहमा सुधार हुदै आएको छ ।
नेपालगञ्ज बिमान स्थलमा कर्णालीका लागि सहुलियत टिकट पाउन बिभिन्न् खिचातानी र शक्तीको प्रयोग गर्ने बानी बसेको बताइन्छ ।
हाम्रो संरचना । ८ फाल्गुन २०७४, मंगलवार २१:५८