९ फागुन अछामर/ अछामको साँफेबगर नगरपालिकाका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गर्ने क्रममा लडेर साँफेबगर नगरपालिकाका मेयर कुल बहादुर कुँवरको हात भाँचिएको छ।
साँफबेगर नगरपालिका९१० रिडीकोट स्थित खेल मैदानमा सोमबार खेलाडी छनौट प्रतियोगिताको उद्घाटन गर्ने क्रममा कुँवर लडेर बाँया हात भाँचिएको हो। कुँवरको बाँया हातको कुहिनो भन्दा माथिको भागको हड्डी भाँचिएर टुक्र-टुक्रा भएको बयलपाटा अस्पतालले जानकारी दिएको छ। राति करिब ४ घण्टा लगाएर अप्रेशन भएको संलग्न डाक्टर विकास गौचनले जानकारी दिनुभएको छ।
गौचनका अनुसार भाँचिएको हड्डीमा पाता राखेर जोडिएको छ। हात पुरानै अवस्थामा फर्किन करिब ३ महिना लाग्न सक्ने गौचनको अनुमान छ। सोमबार दिउँसो करिब साढे १२ बजे तिर उक्त घट्ना भएको थियो।
खेलाडी छनौट कार्यक्रमको उद्घाटनमा जनप्रतिनिधिहरु सबैले सामुहिक रुपमा दौडिने क्रममा कुँवर ट्रयाकमै लडेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले जानकारी दिनुभयो।
खेलाडी दौडिनका लागि निर्माण गरिएको ट्रयाकमा मेयर लगायत नगर कार्यपालिकाका सबै सदस्य तथा वडाअध्यक्ष दौडिनु भएको थियो।
हाम्रो संरचना । ९ फाल्गुन २०७४, बुधबार ०६:३४