निमार्ण व्यवसायी र युवा संघका अध्यक्ष लगायतका ब्यक्तीहरुको हत्या आरोप लागेका मनोज पुन र सोम आले प्रहरीसँगको मुडभेडमा आज बुधबार बिहानै मारिएको प्रहरीको जानकारी

Photo Sile : Monoj Pun Magar

९ फागुन,बुटवल/ विभिन्न व्यक्ति हत्याको योजनाकारको आरोप लागेका मोस्टवान्टेड प्रहरीकै भाषमा गुण्डा नाइके मनोज पुन र निर्माण व्यवसायी शरदकुमार गौचनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीको खोजी सूचिमा रहेका सोम आलेको प्रहरीसँगको मुडभेडमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान रुपन्देहीको देवदह नगरपालिका-४ भवानीपुरमा प्रहरीसँगको मुडभेडमा पुन र आले मारिएको रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले बताउनु भएको छ ।

ज्ञवालीका अनुसार उनीहरु नेपाल आएको सूचनाका आधारमा सम्बन्धित इलाकामा सिआइबीले सर्च अभियान चलाएको थियो । सर्च अभियनामा गएको सिआईबीका अंगुर डिसीको टोलीमाथि पुन र आलेले फाइरिङ गरेको र प्रहरीले जवाफी फायरिङ गर्दा उनीहरु घाइते भएका थिए । उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल लगिएको र अस्पतालमा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुनलाई युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी, निमार्ण व्यवसायी अध्यक्ष शरदकुमार गौचन, बुटबलका फर्निचर व्यवसायी बसन्त पौडेलको हत्याका योजनाकार रहेको आरोपमा प्रहरीको मस्टवाण्टेड सूचीमा राखी खोजी गरिरहेको जनाएको थियो थियो ।

गत वर्ष देवदहमा युवा संघका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्या, गत असोजमा काठमाडौंमाा व्यवसायी शरदकुमार गौचनको हत्यामा उनको संलग्नता रहेको प्रहरीले बताएको थियो। यस्तै गत पुस २२ गते उनले देवदहमा वसन्त पौडेलको हत्या गराएका आरोपमा उनको खोजीका लागि नेपाल प्रहरीको सीआइबी सहितको टोली केही दिनदेखि खटिएको थियो।