सावधान ! नेपालगञ्जको न्यूरोडमा रहेको बालेमुन्नाको बालेराम रमाशंकर ज्वलर्स पसल भित्र बाबु छोराले पालैपालो युवती माथी अनैतिक क्रियाकलाप, न्यायको लागी प्रहरी शरणमा पिडित

Photo : File

९ फागुन, नेपालगञ्ज/ नेपालगञ्जको न्यूरोडमा सञ्चालनमा रहेको बालेराम रमाशंकर ज्वलर्स पसलमा स्थानिय एक युवती माथी हातपातको प्रयासका साथ अनैतिक क्रियाकलाप भएको छ ।

वाले रमाशंकर सुन तथा गहना पसलका सञ्चालक रमाशंकर कसौंधन र निजका छोरा सत्रुहन कसौंधनले बुधबार दिउसै पालो-पालो दुरब्यवहार गरेको पिडित पक्षहरुले बताएका छन ।

पसलमा गहना किन्न गएका नेपालगञ्ज नगरपालीका वडा नम्वर ५ बस पार्क निवासी नमि श्रेष्ठ र निजकी बहिनी सुनको हार किन्न गएको समयमा उक्त हातपातको प्रयास तथा अनैतिक किैयाकलाप भएको पिडितहरुले जानकारी गराएका छन ।

पिडितहरुका अनुसार पहिले छोराले हातपात गर्न खोजेको र पछी बाबु आएर हातपात गर्न खोजेपछी पिडितहरु न्यायका लागी वडा प्रहरी कार्यालय नेपालगञ्जमा अभियुक्तहरु बालेरमाशंकर सुन तथा गहना पसलका सञ्चालक तथा नेपाल सुन, चांदी, रत्न तथा आभुषण भण्डार ब्यवसायी संघका उपाध्यक्ष रहेका रमाशंर कसौंधन र निजका छोरा सत्रुहन कसौंधनलाई पक्राउ गरि कानुनी कार्बाही गर्न माग गदै पिडितहरु बुधबार दिनभरी वडा प्रहरी कार्यालयमा उपस्थित भएको वडा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

पिडितहरुका अनुसार बिभिन्न उच्च ओहदामा रहेका प्रहरीहरुको नाम लिदै सबलाई आफुले पालेको भन्दै ति युवतीहरुले कतै उजुरबाजुर गरे मार्ने सम्मको धम्की दिएको पिडित पक्षले बताएका छन ।

यता वडा प्रहरी कार्यालयका प्रमुख राजन गौतमले पिडितहरुको मौखिक उजुरी तथा बयानको आधारमा सम्वन्धीत पिडकहरुलाई के कसो भएको हो भनि बुझन टेलीफोन गरि बोलाएकोमा उक्त घटनामा संलग्न रहेका मध्यका बाबु रमाशंकर कसौधन मोटरसाइकलमा आएर प्रहरीकै अगाढी लौ यिनिहरु ३ हजार रुपैयामा मानिहाल्छन भन्दै अनादरका साथ फालेर गएकोमा पुन छोरालाई टेलीफोन गरि के कसो भएको हो भनी बुझन बोलाएको तर बिभिन्न ब्यक्ती तथा संस्थामा रहेका ब्यक्ती चिनेको र पैसा भएपछी सब मिल्छ यहां भन्दै नटेरेको जस्तो गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उक्त घटना मध्यकै रमाशंकर कसौधनका अर्का छोरा भरत कसौंधनले नेपालगञ्ज एकलैनी बजारमा कपडा पसल गर्ने स्थानिय दुलारे बैश्यकी छोरीसंग पनि लसपस गरेकोमा उक्त दुलारेको छोरीको मृत्यू भएको थियो ।

उक्त घटनाका सम्वन्धमा पैसाकै बल र भरमा प्रहरीलाई खरिद गर्न सकिने ब्यक्ती तथा संस्था भएको भन्दै पैसा दिएमा जे पनि गर्न सकिने भनी रमाशकरले धाक दिने गरेको जानकारहरुले बताएका छन । रमाशकर कसौधनका निकट तथा पारिवारीक ब्यक्ती स्रोतका अनुसार कसौधनले आफनै साख्खै बहिनीको समेत हत्या गरेर सम्पती आफनो नाममा लिएको जानकारी गराएका छन ।

उक्त घटनाका सम्वन्धमा पिडित पक्षले डराएर आफनो ज्यानै लिन सक्ने इतिहास भएका ब्यक्ती भएकाले मिडियामा नाम मिलाएर राखी दिन अनुरोध गर्नुभएको छ । हामीले पनि पिडितहरुको नाम फरक किसिमले राखेका छौ ।

कस्तो शोषक हुन रमाशंकर र सुनको गुणस्तरमा कसरी कम गर्छन ?

धेरैलाई थाह नहुन सक्छ ? मध्यपश्चिमका अधिकांस पहाडी जिल्लामा बसोबास गर्ने सिधा साधा जनताको सुन गैर काननुी रुपमा ब्याजमा लगानीको नाटक गरि असुली धन्दा तथा धेरैको सुन भाखा नाघेको भन्दै सुनको गहना जफत गदै आएको ब्यक्ती हुन बाले मुन्ना नामले परिचित बालेरमाशंकर कसौधन ।

गहना पसलमा साधरण ग्राहकलाइ ३० प्रतिशत देखी ४८ प्रतिशत सम्म र सुनकै पसलेहरुबाट सिफारिस भई आएक वा ल्याएकालाई १९ प्रतिशतमा ब्याजमा सुन राख्ने गरेर बषौं देखी करोडौं अकुत सम्पती आर्जन गरेको भए पनि सम्वन्धीत निकायले कुनै ध्यान नदिएकोमा जानकारहरु पैसामा सबै चिज उसले भन्ने गरेको तथ्य प्रमाणित भएको बताउने गरेका छन ।

नेपालगञ्ज उप–महानगरपालीका वडा नम्बर २ को न्यूरोडमा सञ्चालनमा रहेको बालेरमाशंकर कसौंधनका ४ जना छोरामा जहाजवाला घर भएको जेठो छोरा केही सामाजिक रुपमा र ब्यवसायमा पनि निखार रहेको बताएका छन ।

सुन ब्यवसायमा सुनको गहना खरिद बिक्रीमा शुदतामा ठगी हुने गरेकोमा नेपालगञ्जमा सुनका गहना पसलमा शुदता सम्वन्धी कुनै अनुगमन नहुने गरेको र त्यसको फाईदा बाले बालेरमाशंकर गहना पसलहरुले उठाइरहेको जानकारहरुले बताएका छन ।

रमाशंकर र निजका छोराले न्यूरोडमा सञ्चालन गरेका बालेरमाशंकर सुन तथा चांदीका गहना पसलहरुमा काम गर्ने पुराना कालीगढहरुको स्रोतका अनुसार न्यूरोडमा रहेका बालेरमाशंकरका पसलमा बिक्रीका लागी राखीएका गहनाहरुमा ७५ प्रतिशत सम्म सुन र अन्यमा जर्ती अर्थात मिसावट हुने गरेको जानकारी गराएका छन ।

त्यसैगरी बालेरमाशंकरका बिषयमा सम्वन्धीत ब्यक्तीहरुले गैर कानुनीरुपमा आम्दानी गरेको कालो धनको आडमा आफुलाई उच्च र अरु मानीसहरुलाई निच देखाउने ब्यवहारकै कारणले छुटटै सुन चांदी ब्यवसायीसंग खोलेर केही बैकहरुको मिलेमतोमा सुनको कारोबार गरिरहेको बताएका छन ।

बैक मार्फत मगाएको सुन भारतीय सुन कालीगढहरुको सहयोेगमा १÷१ प्रतिशत चांदि, शिशा र पित्तल गलाएर जम्मा ४ प्रतिशतसम्म मिसावट गर्ने र अन्य सुन पसलका सञ्चालकहरुलाई बिक्री गर्ने गरेकोमा कालीगढहरुले १२ प्रतिशत सम्म जर्ती लिने गरेकाले सुनका गहनामा १६ प्रतिशत हुने र पसलेले पनि मुनाफा निकाल्न ५ देखी १० प्रतिशत सम्म जर्ती अर्थात अन्य बस्तु मिसायर सुनका गहना बनाउने भएकाले बालेमुन्ना लगायतका पसलमा यतिखेर सुनमा अत्याधिक मिसावट रहेको जानकारी ब्यवसायीहरुले बताएका छन ।
बजार अनुगमन तथा नियमन निकायहरु भने बेलाबखत पेप्सी,कोक केही औषधी पसल लगायत केही सामन्य बस्तुको अनुगमन गर्ने बाहेक जनता ठगिने महत्वपूर्ण सुन तथा त्यसबाट बनेको गहनाको शुदताको अनुगमन गरेको छैन ।

बालेरमाशंकरका पसलमा नेपालमा एनआइसि बैकसंगको मिलेमतोमा महिनाको १५ केजी सुन कागजीरुपमा देखाएर गैर कानुनी सुन भारतको बहराइच तथा लखनउमा लगेर गहना निर्माण गरि पुन नेपाल ल्याउने गरेको स्रोतले बताएकोे छ ।
नेपाल भारत गर्दा आफनै गाढीमा सुन तथा गहना ओसार पसार गर्ने गरेको र त्यसका लागी रमाशंकर आफै जाने र नेपाल–भारत मैत्रि संघको परिचय पत्र भन्सारमा देखाएर आउने जाने गर्ने गरेका छन ।

नेपालमा चाप्लुसी र पैसाको भरमा उक्त काम गर्ने गरेको पारिवारिक निकट तथा हाल भारतमै काम गर्ने गरेका पूर्वकालीगढहरुले बताएका छन । नेपालमा केही बैक र केही सुन गैर कानुनी रुपमा खरिद गरि उक्त सुन मिक्स गरेर लखनउको अमिनाबाद स्थित खुन–खुन ज्वलर्समा गहना निर्माण गरि पुन नेपाल ल्याउने गरेको बताएका छन । एक हप्ता अगाढी मात्र केही थान सिक्री निर्माण गरि आफै ल्याएर आएको स्रोतले जानकारी गराएको छ ।

बैकहरुले नै गर्छन बालेको कालो लाई सेतो ?

रमाशंकर कसौंधन र निजका छोराहरुले ग्राहकहरु नै झुक्कीने गरेर एउटै नाम बालेरमाशंकरका पसलका नाममा बिभिन्न ४ वटा सुनका पसल सञ्चालन गरिहेका छन । नेपालगञ्जको गगनगञ्ज नजिकै पुरानो घरमा, नेपालगञ्जको सदरलाइनमा अर्को र न्यूरोडमा भिन्न–भिन्न ठाउंमा अन्य २ वटा पसल सञ्चालन रहेका छन तर पनि सम्वन्धीत अनुगमन निकाय चुप छन ।

नेपालको बैक तथा बित्तिय ब्यवस्था कारोबारो ऐनमा राष्ट्र बैकको स्वीकृतमा मात्र केही थपघट बाहेक सामन्यत १० प्रतिशत भन्दा बढी ब्याजमा कुनै धरौटीमा सुन तथा चादी राख्न पाईदैन र करार ऐनमा पनि बित्तिय ब्यवस्था ऐन भन्दा बाहिर गएर कारोबार गर्न नपाईने ब्यवस्था रहेको छ ।

बालेरमाशंकरले सुनका गहना खरिद बिक्रीका नाममा नेपालगञ्ज, कोहलपुर, खजुरा, र अन्य बर्दिया, सुर्खेत लगायतका जिल्लामा रहेका सुन पसल र अन्य फुटकरबाट सुन धरौटीमा राखेर ब्यक्तीबाट ४९ प्रतिशत सम्म ब्याजमा छोटो अवधीको भाखा राखेर सुन राख्ने र उक्त सुन तुरुन्तै जफत गर्ने जस्ता काम गरेर हजार नेपाली जनतालाई कंगाल पारेर गैर कानुनी आम्दानी गरिरहेकोमा हाल सम्म कुनै पनि निकायले छानवीन नगरिरहेको निकट जानकारहरुले बताएका छन ।

स्रोतका अनुसार बालेमुन्नाको ३ पुस्ते सम्पती छानवीन गरेमा अकुत सम्पती प्रसस्त रहेको जुन कानुन बिरित बढी ब्याज दरमा सुन धराटी राखेर सर्वसाधरण जनता चुस्ने/शोषण गरेकोमा जो आएपनि चन्दाको अगाढी चुप लाग्ने गरेको पाइएको जानकारहरुले बताएका छन ।

रमाशंकर कसौधन र निजका छोराहरुले नेपालगञ्जका न्यूरोडमा घर जग्गा खरिद गर्दा ब्याजमा ऋण लिएको देखाएको र तथा ठिक त्यसको बिपरित करीब ३ महिना अगाढी नेपालगञ्ज स्थित सेन्चुरी बैकमा मात्र १ करोड ११ प्रतिशतमा ब्याजमा फिक्स डिपोजीट गरेको बताएका छन ।

त्यसैगरी सानीमा, मेघा र एनआईसि लगायतका बैक तथा बित्तिय संस्थामा कानुन बिपरित ११ करोड रुपैया बिभिन्न ब्यक्तीहरुको नाममा रहेको बताएको छ ।
रमाशंकर कसौधन र निजका छोराले नेपालगञ्जकी स्थानिय युवतीलाई गरेको अनैतिक क्रियाकलाप र निजले सुन पसलको नाममा कानुन बिपरित कालो बजारी गरेको बिषयमा सम्वन्धीत ब्यक्तीहरुका पसलमा पटक पटक फोन गर्दा सम्पर्कमा आउन चाहेनन ।

रमाशंकरले धाक लगाउने कारण : फोटा देखाएर धाक लगाउने गर्छन रमाशंकर ! एउटा ब्यक्तीको पारिवारीक जमघटमा पुग्छन हाम्रा जिम्मेवार निकायका प्रमुखहरु अनी लिईन्छ फोटो ,भजाइन्छ, बाहिर चारैतिर मेरा मान्छे छन । हाम्रा जिम्मेवार निकायका ब्यक्तीहरुलाई सचेतना भया .