केन्द्रीय प्रहरी समाचार ………….

सवारी दुर्घटनामा मृत्यु तथा घाईते

९ फागुन,काठमाडौं/ काठमाडौं, तार्केश्वंर नगरपालिका–११ नेपालटार स्थित बा.३ ख २६१३ नम्बरको बस र बा.७९ प २९८५ नम्बरको मोटरसाइकल मंगलबार एकआपसमा ठक्कार खादाँ काठमाडौंको तार्केश्वंर नगरपालिका–२ काभ्रेस्थली बस्ने २६ बर्षीय चन्द्रप्रकाश मोक्तान र पछाडी सवार खोटाङको खोटा गाउँपालिका घर भई बानियाँटार बस्ने २२ बर्षीय मिलन परियार घाईते भएकोमा चालक चन्द्र प्रकाश मोक्तानलाई ग्राण्डी अस्पताल पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मिलन परियारलाई उपचारार्थ ट्रमा सेन्टर लगिएको छ ।

गाढीको ठक्कररबाट पैदैल यात्रीको मृत्यु

ललितपुरर बालकुमारी खरीबोटमा नम्बर नखुलेको बालुवा बोक्ने निशान गाडीले पैदलयात्री चितवन कठार गाउँपालिका–९ घर भई काँडाघारी बस्ने ३२ बर्षीया सुष्मा लामालाई मंगलबार ठक्कर दिदाँ घाईते भएकोले क्रिष्ट अस्पताल ईमाडोल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । फरार चालक र गाडीलाई प्रहरीले खोजतलास गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागू औषध गाँजा मानिस पक्राउ

सर्लाहीर हरिवन नगरपालिका–८ बेतालीस्थित भित्रि सडकखण्डमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले सिन्धुलीबाट हरिवनतर्फ जाँदै गरेको बा।२ ख ४५३१ नम्बरको यात्रु बाहक बसबाट करिब ५०र६० के.जि.लागूऔषध गाँजा बुधबार बरामद गरेको छ ।
बस चालक र बसको साहुलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । काठमाडौंर धादिङ कल्लेरी–३ घर भएका २५ बर्षीय गोकुल रम्तेललाई ३ के.जी.लागू औषध गाँजा सहित प्रहरीले बुधबार पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुंगामा खटिएको प्रहरी टोलीले सवारी साधन जाँच गर्ने क्रममा धादिङबाट काठमाडौँ आउदै गरेको बा.५ ख ११८० नम्बर बसमा सवार रम्तेलले बोकेको झोलाबाट उक्त लागू औषध गाँजा बरामद भएको थियो ।