१० फागुन, नेपालगञ्ज/ केही महिना यता नेपालगञ्ज क्षेत्रबाट नेपाल भारत सिमा क्षेत्रबाट तस्करीको समान पक्राउ नगरेको नेपालका प्रहरीले मंगलबार भारतबाट तस्करी ल्याइएको मासु भने पक्राउ गर्न सफल भएको मान्नु पर्दछ ।
नेपालगञ्जको धम्बोजी स्थित एक थोक मासु बिक्री तथा सप्लायर्सको नाममा भएको बताइएको उक्त मासु मंगलबार नै नेपालगञ्ज भन्सारबाटै छलेर निस्कीयको बताइएको छ ।
भे १ त २२४४ नम्बरको सानो पिकअप जिपमा मासु आएको बिशेष सुचनाका आधारमा नेपालगञ्जको वडा नम्बर ४ सल्यानी बैगला स्थित बसपार्क नजिकै पुगेको अवस्थामा चेक जांच गर्ने क्रममा जिपमा कुखुराको हडडी निकालेर प्लाष्टिकमा प्याकिंग गरि ल्याइरहेको ६ क्न्टिल मासु वडा प्रहरी कार्यालय नेपालगञ्ज पक्राउ गरि आवश्यक सोधपुछ गरेको थियो ।
सोधपुछको क्रममा गाढी चालकको बयानका अधारमा मासु धम्बोजी स्थित एक मासु सप्लायर्सको रहेको र निजले भारत तथा नेपालका बिभिन्न नाका हुदै मासु नेपालका ठुला शहरमा सप्लाई गदै आएकोमा हाल सेटिंग बिग्रीउकाले समान पक्राउ परेको बताउने गरेको छिकेमीहरुले बताउने गरेका छन ।
प्रहरीले भने पक्राउ परेको कुखुराको मासु, पक्राउ परेको गाढी सहित जिल्ला प्रहरी कार्यालय बांके मार्फत आवश्यक कार्बाहीका लागी पशु क्वारेन्टाइन कार्यालयमा पठाएको जनाएको छ ।
गुणस्तर चेक जांच बिनाको पशुपक्षी जन्य खाद्य बस्तु आयात गर्दा परिक्षन गरि खाद्य भए नभएको परिक्षण पास गरेर मात्र आयात गर्नपाउने कानुनी ब्यवस्था छ भने बस्तु तथा समान पास भएपछी नियम संगतको भन्सार तिरेर नेपाल भित्तयाउन पाउने ब्यवस्था रहेको छ । उक्त मासु दुबै किसिमले गैर कानुनी रहेकाले दुबै किसिमले उलघन गरेका कानुनी उपचारको लागी सम्वन्धीत कार्यालयमा कार्बाहीका लागी पठाइएको प्रहरी जनाएको छ ।
करीब १ महिना अगाढी सम्म नियमित हप्तामा २/४ जना थोक तथा फुटकर ब्यापारीका तस्करीका समान पक्राउ गरि सार्वजनिक गरिरहेको बांके प्रहरीको मातहत युनिटले हाल कुनै पनि तस्करीको समान पक्राउ गरेको छैन ।
मासुका बिषयमा छानवीन गर्दा नेपालगञ्जबाट मुख्य गरेर २ जनाले मासुको सप्लाई गदै आएकोमा बांके, बर्दियाका बिभिन्न ठाउंबाट गाई, गोरु जिउदै र खसी बाख्रा, कुखुराको मासु काटेर प्याकिंग गरि पूर्वी नेपाल र राजधानी काठमाण्डौं सम्म पुग्ने गरेको छ जस्मा जिम्मेवार निकायहरुले आवश्यक नियम कानुनको नियमन नगरेको पाइउको सम्वन्धीत ब्यक्तीहरुले बताउदै आएका छन ।
बर्दियाको गुलरियामा त बिभिन्न् ब्यक्ती देखी चाइनिजहरुले भियतनाम सम्म समेत भारतबाट गाई गोरु रांगा ल्याएर नेपालमा वातारणको हिसाबले फोहरको डंगुर बनाएर मासु काटने कसाईखानाको रुपमा केन्द्र बनाउन दिए वापत नियमन निकायका अधिकारीहरुले गैर कानुनी आम्दानीको केन्द्र बनाएको स्रोतले बताएको छ । नेपालबाट मासु निकासी गर्दा नेपाललाई कुनै शुल्क तिर्नु पर्दैनभारतमा भने यो ब्यवस्था पार गर्न धेरै पक्रिया पार गर्नुपर्दछ ।
हाम्रो संरचना । १० फाल्गुन २०७४, बिहीबार ०९:०२