११ फागुन, नेपालगञ्ज/ नेकपा माओबादी बिप्लभ समूह निकट बिद्यार्थीहरुको संगठन अखिल क्रान्तीकारीले बिहिबार दिउसो नेपालमा मेडिकल कलेजहरुमा लिइने गरेको चर्को शुल्क बृद्धिको बिरोध सोरुप कोणसभाको आयोजना सम्पन्न गरेका छन ।
अखिल क्रान्तकिारीले देश ब्यापीरुपमा मेडिकल कलेजहरुले मनपरी शिक्षण शुल्क उठाएको प्रति बिरोध जनाउदै नेपालगञ्ज मेडिकल कलेज नजिकै पासाड.ल्यामु मार्गमा बिरोधको कोण सभा आयोजना गरेका थिए ।
बांकेमा नेपालगञ्ज मेडिकल कलेजको बिरोध किन शिर्षकमा बिभिन्न १५ बुदे माग राखी सो अवसरमा फोटो कपी पर्चा समेत वितरण गरिएको थियो । कोण सभामा बोल्ने अधिकांस बिद्यार्थी नेताले शिक्षा क्षेत्रमा मनपरीतन्त्र चलेको बताउदै अभिलम्भ बन्द गर्न र त्यसो नगरे जुनसुकै किसीमको जनताले कार्वाही गर्न सक्ने भएकाले सचेत रहेर जन आवाजको कदर गर्न चेतावनी दिएका थिए ।
नेपालगञ्जमा बिप्लभ समूहका बिद्यार्थी नेताहरुले कतै अशान्ती निम्तीने खतरा प्रति ध्यान दिदै स्थानिय प्रहरीको निगरानी बढाएको थियो ।
हाम्रो संरचना । ११ फाल्गुन २०७४, शुक्रबार ०९:१८