डोटी जिल्ला अस्पतालमा डाक्टर माथी हातपात घटना: जिल्ला छोडेका डाक्टरहरु नफर्किदा स्वास्थ्य सेवा १ हप्ता देखी पुरै ठप्प, जनताहरु स्वास्थ्य सेवाबाट बन्चीत

१४ फागुन,सिलगढी/ जिल्ला अस्पताल डोटीमा डाक्टर नहुँदा ६ दिनदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प छ। जिल्ला अस्पताल, सुजंग अस्पताल, शैलेश्वरी पोलिक्लिनिक, शिखर पोलिक्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्रहरू पनि डाक्टरविहीन छन। डाक्टर नहुँदा घटना–दुर्घटनामा मृत्यु भएका व्यक्तिको पोस्टमार्टम गर्न समेत समस्या भइरहेको छ। जिल्ला अस्पतालमा सामान्य स्वास्थ्य सेवा बाहेक अन्य कुनै पनि चिकित्सकीय सेवा बन्द गरिएको छ ।

जिल्ला अस्पताल डोटीका डा। जितेन्द्र सिंहलाई गत आइतबार बिरामीका आफन्तले कुटपिट गरेपछि डाक्टरहरूले असुरक्षित बनेको भन्दै जिल्ला छोडेका कारण अस्पतलमा सेवा ठप्प भएको छ ।
डाक्टरहरुलेले बिरामीका आफन्तहरु विजय बिष्ट, टेकबहादुर बिष्ट, हिक्मत बिष्ट र अरुण महतको नाममा मंगलबार सार्वजनिक मुद्दा दायर गरेपछी प्रहरीले कुटपिट गर्ने उजुरीमा उल्लेख ब्यक्तीलाई पक्राउ गरि प्रहरी हिरासतमा राख्दा पनि अस्पताल मा डाक्टरहरुले सेवा ठप्प पारिरहेका छन्।

आफूहरू असुरक्षित भएको र काम गर्नसमेत असहज भइरहेकाले जिल्ला छोड्नुपरेको डा। सिंहले बताएका छन । काम गरिरहेका बेला आक्रमण भएको र आक्रमण पश्चातसमेत धम्की आइरहेकोले जिल्ल छाडेको बताउनु भऐ छ ।
नेपाल मेडिकल एसोसिएसन तथा सरकारी चिकित्सक संघले प्रेस विज्ञप्ति निकाल्दै उक्त द्धटनाकामा ‘गलत गर्नेलाई कारवाही हुनुपर्छ। बताएको छ ।

घटनाको विरोधमा जिल्लाभरका डाक्टरले काम छाडेका हुन्। ‘जिल्लामा डाक्टर नहुँदा सामान्य स्वास्थ्य परामर्शबाहेक ठूलो काम हुन सकेको छैन’, जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख सतिश बिष्टले जानकारी दिनुभएको छ ।

प्रदेश ७ का मुख्यमन्त्रीले समेत समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको बिष्टले बताउनु भएको छ। सर्वसाधारणलाई पर्न गएको असुविधाका विषयमा चिन्तित रहेको र समस्याको समाधानका लागि पहल भइरहेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष सोपान सिंह बोहराले बताउनु भएको छ ।

डाक्टर नहुँदा प्रहरी–प्रशासनलाई जिल्लामा घटेका घटनाको अनुसन्धान गर्न पनि समस्या भइरहेको छ। ‘शुक्रबार र शनिबार दुईवटा झुन्डिएर मृत्युका घटना घटेका छन्’, जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डीएसपी शिव बहादुर सिंहले भन्नुभयो ‘मृत्यु भएका व्यक्तिको पोस्टमार्टमका लागि छिमेकी जिल्ला डडेल्धुरा लगिएको छ।’

क्षेत्रीय स्वास्थ्य निर्देशनालय राजपुरका निर्देशक डाक्टर अनुज भट्टचनले उक्त घटनाका सम्वन्धमा माथिसम्म रिपोर्टिङ भइसकेकाले विभाग तथा मन्त्रालयको निर्णय कुरिरहेको र जिल्ला अस्पतालमा डाक्टर माथिबाटै खटाइने भएकाले समस्या समाधान माथिबाटै हुने  बताउनु भयो।

दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले डाक्टरलाई जिल्ला फर्काउन पहल  गरिरहेको जानकारी दिदै उक्त  घटना कानुनी प्रक्रियामा गइसकेकोले डाक्टरहरुले पनि सेवा सुचारु गर्न आग्रह गर्नुभएको छ ।