केन्द्रीय मन्त्री परिषद विस्तार

१४ फागुन,काठमाडौं/  प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्री परिषद विस्तार गर्नुभएको छ ।
गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हसनसभएका ओलीले मन्त्रिपरिषद् विस्तारको क्रममा सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा एमालेबाट २ जना र माओवादी केन्द्रबाट २ जना मन्त्री थपीएका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई सोमबार नै पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ४ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाइएको हो।

मन्त्रिपरिषद्मा थपिएका रक्षा मन्त्रीमा ईश्वर पोखरेल, गृह रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्ति मातृका यादव र डा. युवराज खतिवडा अर्थ मन्त्री रहेका छन्।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ,नेकपा (एमाले)का नेता तथा कार्यकर्ता, नेपाल सरकारका उच्च पदस्त कर्मचारीको उपस्थिति थियो। डा। खतिवडा पहिलोपटक मन्त्री बनेका हुन्।

यसअघि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नरसमेत रहेका डा। खतिवडा वाम गठबन्धन सरकारको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका छन्। यस्तै, गृहमन्त्रीको शपथ ग्रहण गरेका थापा तत्कालीन प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा रक्षा मन्त्री थिए। यस्तै, एमाले महासचिव पोखरेल यसअघि पनि मन्त्री भइसकेका नेता हुन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव पनि यसअघि मन्त्री भइसकेका छन्।