कैलाली घटनामा आरोपित माननीय सासंद चौधरी थुनामा

१४ फागुन, कैलाली/ कैलाली घटनामा नेपाल प्रहरीको फरार सुचिमा रहेका भनिएका कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित रेशम चौधरीलाई कैलाली जिल्ला अदालतले सोमबार नै पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ भने थप सुनाईका लागी बुधबार १६ गते पुन सुनाईका लागी पुन स् पेशीको लागी मिति तोकेको छ ।

चौधरीले सोमबार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए। उनीमाथि कर्तव्य ज्यान, डाँका, चोरी, ज्यान मार्ने उद्योग गरेको आरोपमा ८ जनाले किटानी जाहेरी दिएका अदालतमा पेश गरिएको मुद्धामा उल्लेख गरिको छ ।।

सोमबार जिल्ला अदालत कैलालीमा मा बहसमा चौधरीको तर्फबाट अधिवक्ता गंगाराम उपाध्य, गजेन्द्र केसी र मिलनकुमार राईले बहस गर्नुभएको छ । वादीको तर्फबाट सरकारी वकिल प्रकाशबहादुरर भण्डारी, भानदेव जोशी र नवीन भट्टले बहस गर्नुभएको थियमे। जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवब्ता राजेन्द्र बहादुर साउदले बहस गर्नुभएको थियो ।

टीकापुरमा गत २०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा भएको हिंसात्मक घटना संलग्न रहेको भन्दै ५६ जना विरुद्ध मुद्दा परेको थियो। त्यो मध्ये २५ जना हाल पुर्पक्षका लागि जिल्ला कारागार कैलालीमा थुनामा छन्।

थरुहट आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र १ बालकको ज्यान गएको थियो।