हाम्रो संरचना सोमवार, साउन २६, २०७७ 375 Views

१५ फागुन, नेपालगञ्ज/  सुर्खेतको  गुर्भाकोट नगरपालिका–२ देवकीडाँडामा गैरी बजारबाट मेलकुनातर्फ आउँदै गरेको भे.१ प ६१८६ नम्बरको ट्याक्टर मंगलबार पल्टन जाँदा ट्याक्टरका चालक सोही नगरपालिका–८ बस्ने २५ वर्षीय फत्तबहादुर बिक, सोही ठाउँ बस्ने १९ वर्षीय शशीराम बिक र २९ वर्षीय नारायण खत्रीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएकोले उपचारको लागि मेलकुना अस्पताल पठाइएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

काठमाडौं: काठमाडौं महानगरपालिका–१६ बनस्थलि चोकमा बा।६१ प ८४८० नम्बरको मोटरसाइकलले सोमबार पैदलयात्रीलाई ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–१६ बनस्थली ढुंगेधारा बस्ने २२ बर्षीय रग्जु महर्जनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भुमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएकी पदैलयात्री तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने ४६ बर्षीया ईन्द्रकुमारी राईलाई उपचारको लागि न्यूरो अस्पताल बाँसवारी लगिएको छ ।

झापा : मेची नगरपालिका–१० धाईजन ढाटमा को-३० प १५७२ नम्बरको मोटरसाइकललाई मे=१ त १४०५ नम्बरको ट्याक्टरले सोमबार ठक्कर दिंदा भएको दुर्घटनामा मोटरसाइकल चालक शिबसतासी नगरपालिका–९ धरमपुर बस्ने २८ बर्षीय जिवन धिताल र मोटरसाइकलमा सवार मेची नगरपालिका–४ बस्ने २४ बर्षीय कुमार भट्टराई घाइते भएकोमा बिएनसि बिर्तामोडमा उपचारको क्रममा कुमार भट्टराईको मृत्यु भएको छ । फरार टयाक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

धनुषा:  मिथिला नगरपालिका–९ स्थित सडकमा ना.५ ख २०२१ नम्बरको बसले पैदलयात्री महोत्तरी गौशाला नगरपालिका–१० बस्ने ४२ बर्षीय लोकबहादुर बस्नेतलाई सोमबार ठक्कर दिंदा गम्भीर घाइते भएकोमा उपचारको लागि मोडेल अस्पताल लालगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्युठान: माण्डवी गाउँपालिका–४ मुकचौरस्थित भित्रि सडकमा रा।१ त २६०२ नम्बरको ट्याक्टरको ट्रलिबाट खसेर गम्भीर घाइते भएका सहचालक सोही स्थान बस्ने १४ बर्षीय दिपेश सुनारको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ । ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

धादिङ : थाक्रे गाउँपालिका–१ स्थित सडकमा बा.१ ख ९८४२ नम्बरको ट्रक सोमबार सडकबाट अंदाजी एकसय मिटर तल खस्न गई दुर्घटना हुँदा चालक सोही स्थान बस्ने २४ बर्षीय बलबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ट्रकमा सवार सोही स्थान बस्ने २६ बर्षीय टिकाराम तामाङ समेत ३ जना घाइते भएकोमा उपचारको लागि ट्रमा सेन्टर काठमाडौं लगिएको छ ।

मोरङ : धनपालथान गाउँपालिका–१ स्थित सडकमा को।१ त ६७६० नम्बरको ट्याक्टरको ट्रलि र इन्जिन जोड्ने फलामको कल्ली उछिट्टिएर सोही ट्याक्टरको सहचालक भारत अररिया जिल्ला गडेरिया बस्ने ४० बर्षीय साजित मियालाई लाग्दा घाइते भएकोमा उपचारको लागि गोल्डेन अस्पताल लैजाने क्रममा बाटोमै सोमबार मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

कास्की: पोखरा लेखनाथ महानगरपालिका–३० पावरहाउस चोकस्थित पृथ्वी राजमार्गमा ना>२ ख ३६६९ नम्बरको ट्रकले मंगलबार ठक्कर दिँदा गम्भीर घाइते भएका सोही महानगरपालिका–३२ खुदीखोला डेरा गरी बस्ने रुकुमका ३६ वर्षीय जितबहादुर पुनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।