१६ फागुन, नेपालगञ्ज/ दिनहु झगडा, बिषय बाटोमा किन गलत साइडमा मोटरसाइकल चलाएको ? वादविबाद बढदै जादा बाटोमा झुम्मीएर तमासा सुन्नेहरुको भिड पनि त्यस्तै दुबै पक्ष आबेशमा आएर नेपालगञ्जको सुर्खेत रोडमा दिनहु ट्राफिक प्रहरी र स्थानिय सर्वसाधरण बीच तत र मम विवाद हुने कार्य सामन्य जस्तै बनीरहेको छ ।
बुधबार पनि हतार हतार स्कुलमा बच्चा लिन गएका एक सामन्य ब्यापारीलाई ट्राफिक प्रहरीले बाटोमा किन गलत साइडमा मोटरसाइकल चलाएको भनेर रातो ठेली तेस्यायो ब्यापारी बच्चा लिन जान ढिलो भइसकेकोले छोडी दिन आग्रह गरीरहेका थिए ।
बाटो काटनेको मोटरसाइकलको बिलबुक र लाइन्स जफत गरि जरिवाना काटन र नकाटेमा जिल्ला ट्राफिक कार्यालयमा हाकिमसंग कुरा गर्न बताउदै ति ब्यक्तीको मोटरसाइकलको बिलबुक र लाइन्स डिउटीमा रहेका प्रहरी हवाल्दार र असईले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पु–याउने कार्य नियमित भइरहेको छ ।
जम्मा भएका अधिकांस ब्यक्तीहरुले बाटोमा जथाभाबी डिभाइडरले बाटो छेकेकाले समस्या सृर्जना भएको बताउदै आइका छन । ट्राफिक प्रहरीले भने धेरै ठाउंबाट सडक पार गर्ने गरि निर्माण गरिएकाले सडक दुर्घटना बढेकोले डिभाइडर राखिएको बताउदै आएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बांकेका प्रमुख प्रहरी निरीक्षक होम थापाका अनुसार नगरपालीकाको निर्णय कार्यन्वयनमा ट्रापिकले सहयोगी भुमिका निर्वाह गरेको बताउनु भयो ।
नेपालगञ्जको सुर्खेतरोड कानुन त निर्माणाधिन अवस्थामा रहेको छ । नेपालगञ्ज देखी कोहलपुर सम्म ४ लाइनको बाटो निर्माणका लागी पप्पु कन्ट्रक्सनले निर्माणका लागी जिम्मेवारी लिएको थियो ।
उक्त निर्माणाधिन सडकमा परियोजनामा रहेको डिपिआर अनुसार ४ लाइनको चिल्लो र समथर सडक (बिना खाल्डाखुल्डीको) सडकको किनारामा रेलिगं र किनारामा डिभाइडरहरुको ब्यवस्था गरि अन्र्तराष्ट्रिय मान्यता अनुसार डिजाइन गरिए बमोजिम निर्माण गरिहेको बताउदै आएकोमा हाल बेपत्ता अवस्थामा रहेको छ ।
नेपाली जनतालाई २ प्रतिशत ब्याजमा आएको ऋण सहयोगबाट बनाइदै गरेको उक्त सडकलाई ठेकेदारले हस्तान्तरण नगर्दै डिपिआर अनुसार राख्न लागीएका र राखेका डिभाइडर जथाभाबी बाटो छेक्नलाई डिभाइडर सार्ने कार्यले सडक निर्माणमा भ्रष्टाचारको आरोप खेपिरहेको पप्पु कन्ट्रक्सनलाई सजिलो पारिएको छ ।
निर्माणाधिन सडकको डिपिआरमा उल्लेखित सडक निर्माण कम्पनी पप्पु कन्ट्रक्सन र नेपाल सरकारको उक्त सडक निर्माण परियोजना बीच भएको सम्र्झौता बिपरित डिभाइडर हटाएर सडकको बीच भागमा राख्ने कार्यका बिषयमा नेपालगञ्ज उप महानगरपालीकाका मेयर डाक्टर धवल शम्शेर राणाले जिल्ला ट्राफिक ब्यवस्थापन समितिको निर्णय बमोजिम आफुहरुले डिभाइडर राखेर ट्राफिक ब्यवस्थापनमा सहयोग गरेको जानकारी दिनुभएको छ ।
पप्पु कन्ट्रक्सनले यस अघि नै सडक निर्माण गरिसकेको र बुझन भन्दै काठमाण्डौ स्थित सडक बिभागकै एक परियाजना शाखामा ताकेता गरिरहेको छ ।नेपालगञ्जमा जमुनहा देखी राझा सम्मको करीब साढे १० किमी बाटोको सरकारी लागत मुल्यमा करीब ३० प्रतिशत भन्दा कम लागत मुल्यमा काम गर्ने गरि सम्झौता गरेको थियो ।
काम रेनडम्ली गरेर ढिलो गरेको र मिलेमतोम बिल भुक्तानी बढी लिएको अवस्थामा सडक डिपिआर बहोजिम गुणस्तरिय सडक नबनेपनि सडक ढिलो निर्माण गरि समय अवधीसगै मुल्य बृद्धिको आधारमा ठेक्का रकम भन्दा झण्डै ३८ प्रतिशत बढी रकम दाबी गर्न लगाएर पप्पुले रकम लिइसकेको छ भने हाल रोकिएको ५ करोड रकम पनि मुल्य बृद्धिको आधारमा बढेको रकम सडक कार्यालयले रोककोे यस अघि सार्वजनिक गरेको थियो ।
सडक गुणस्तर नबनेको र मुल्य बृद्धिको लगायतका आधार बनाएर बढी रकम दाबी गरि भुक्तानी गरिसकेको अवस्थामा स्थानिय बासिन्दाले सडक निर्माण गुणस्तरिय नबनाएर भ्रष्टाचार भएकोमा बिरोध गदै आएका छन । भ्रष्टाचार सम्वन्धी नेपालका जांचबुझ एजेन्सीहरुका लागी पनि यस्ता समस्याको टुंगो लगाउन सकेका छैन ।
हाम्रो संरचना । १६ फाल्गुन २०७४, बुधबार १८:२६