२१ फागुन,बुटवल/ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले ५ नम्बर प्रदेशमा ३ वटा महानगरपालिका बनाउने तयारीभइरहेको जानकारी दिनु भएको छ ।
बुटवल उप-महानगरपालिकाको दोस्रो नगरसभाको क्रममा सोमबार आफनो बिचार प्रस्त्तुत गर्दै बुटवल र भैरहवा जोडेर बुटवल उप महानगरपालीका, घोराई र तुल्सीपुर जोडेर, दाङ उपत्यका र नेपालगञ्ज र कोहलपुर जोडेर अर्को महानगरपालिका बनाउने योजना रहेको बनाउनु भयो ।
स्थानीय तहलाई नयाँ मापदण्ड सहितको मिनि सिंहदरबारको रुपमा रहेका वडा कार्यालय देखि नगर, उप-महानगर र महानगरसम्मका कामहरुलाई स्मार्ट र आधुनिक बनाउने गरी काम अगाडि बढाइने मुख्यमन्त्री पोखरेलले सो अवसरमा जोड दिनुभएको छ ।
बुटवललाई हरियाली सहितको अनुसन्धान केन्द्र, अध्ययन पार्कहरु र उत्पादनका क्षेत्रसहितको व्यवस्थित महानगरका रुपमा विकास गर्ने गरिने र बुटवललाई मुलुककै आधुनिक र व्यवस्थित शहरका रुपमा छुट्टै पहिचान दिनेगरी विकास गर्ने गरि विकासका पूर्वाधारहरु तयार भइरहेको मुख्यमन्त्री पाखरेलले जानकारी दिनु भयो ।
बुटटवल उप-महानगरपालिकाको गत फागुन १० गते बिहीवारबाट सुरु भएको दोस्रो नगरसभा तथा प्रथम विधान सभामा विभिन्न ९ वटा विधेयकहरु प्रस्तुत भएका छन् ।
नगरसभामा मुख्यमन्त्री पोखरेलले बुटवललाई अस्थायीबाट स्थायी राजधानी बनाउने प्रतिबद्धता जनाउने अपेक्षा गरेका स्थानिय जनप्रतिनिधिहरुले बुटवलबाट राजधानी नेपालगञ्ज वा दांग सार्न चलखेल र लबिङ भएको आभास पाएको जनप्रतिनिधिहिरुले बताएका छन ।
५ नम्बर प्रदेशको राजधानी सम्वन्धमा माओबादीका अध्यक्ष प्च्ण्डले रमजधानीका बिषयमा बिभिन्न ठाउंमा आन्दोलन हुने गरेकाले ५ नम्बर प्रदेशको राजधानी सबै ठाउंमा हुने गरि समानुपातीक रुपमा मन्त्रालय रहनेगरि ब्यवस्था गर्ने गरि छलफल चलिरहेको यस अघि नेपालगञ्जमा बिचार ब्यक्त गरिसक्नु भएको छ ।
हाम्रो संरचना । २१ फाल्गुन २०७४, सोमबार १६:५४