हाम्रो संरचना शनिबार, अशोज २, २०७८ 483 Views


२१ फागुन,काठमाडौं/  नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति समेत रहेका शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ।
सोमबार बिहान नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भएको निर्वाचनमा देउवाले प्रतिस्पर्धी प्रकाशमान सिंहलाई पराजित गर्नुभएको छ।
संसदीय दलको नेताका लागि भएको चुनावमा देउवाले ४४ मत प्राप्त गर्नुभएको छ भने उहांका प्रतिस्पर्धी सिंहले १९ मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । नेपाली कांग्रेसको संसदीय दलमा ६३ सदस्य रहेका छन्। सिंह नेपाली कांग्रेसको पौडेल समूहबाट संसदीय दलको नेतामा उम्मेदवार बन्नुभएको थियो।