२२ फागुन, नेपालगञ्ज/ बांकेको खजुरा डि गाउं स्थित नेपाल राष्ट्रिय प्रथामिक बिद्यालयको खेल मैदानमा फागुन २४ गते देखी पांचौं संस्करणको “डांफे नकआउट फुटबल प्रतियोगिता” सुरु हुने भएको छ ।
नेपालगञ्ज देखी करबि ९ कि.मी पश्चिम दक्षिणमा हुने गरेको पहिलो संस्करणको प्रतियोगितामा पहिलो हुने टिमलाई नगद २५ हजार राशीबाट सुर भएको उक्त प्रतियोगितामा पांचौ संस्करणमा आइपुग्दा प्रथम हुनेलाई १ लाख ३५ हजार ५ सय ५५ रुपैया, दोस्रोलाई ६५ हजार ५ सय ५५ रुपैया नगद शिल्ड र मेडल बिजेता टिमलाई पुरुस्कारको ब्यवस्था गरिएको आयोजक न्यू डांफे स्पोर्टस क्लबका तर्फबाट अध्यक्ष तिलक बीर सुनारले सोमबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरि जानकारी दिनुभएको छ ।
बिभिन्न ठाउंका १३ वटा क्लबले प्रतियोगितामा सहभागीताका लागी क्लबको नियम प्रकिया पु–याएर टिम दर्ता गरिसकेको,फागुन २३ गते सांझ ४ बजे खेल तालीका सार्वजनिक गरिने र प्रतियोगिता सञ्चालनका लागी करीब ४ लाख २६ हजार रुपेया बराबरको अनुमानीत बजेट समेत प्रक्षेपन गरिएको आयोजकहरुले जानकारी दिनुभएको छ ।
उक्त प्रतियोगिता सञ्चालनका लागी जिल्ला फुटबल संघ बांके, जिल्ला खेलकुद विकास समिति बांके, मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका तर्फबाट आवश्यक प्राबिधिक सहयोग गरिने आश्वासन समेतको बिचार उक्त पत्रकार सम्मेलनमा सम्वन्धीत संस्थाका प्रतिनिधि तथा जिम्मेवार ब्यक्तीहरुले दिनुभएको थियो ।
कार्यक्रममा उक्त प्रतियगिताका आयोजकहरुका साथै, क्षेत्रयि खेलकुद विकास समितिका अध्यक्ष भिम वली, अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्ष गोवर्धन सिह, बांके फुटबल संघका अध्यक्ष भोजराज शाही लगायत बिभिन्न खेलसंग सम्वनधीत ब्यक्ती तथा पत्रकारहरुको उपस्थित रहेको थियो । यस अघि सम्पन्न चौथो संसरकणको प्रतियोगितामा आयोजकले नै जितेको थियो ।
हाम्रो संरचना । २२ फाल्गुन २०७४, मंगलवार ०६:४५