राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने एमालेको निर्णय

२३ फागुन,काठमाडौं/  नेकपा एमालेको स्थायी समितिको बैठकले राष्ट्रपतिको निर्वाचनमा विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
बुधबार राति अबेर सम्म बसेको स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । मंगलबार दिउँसो ४ बजेदेखि शुरु भएर राती १२ बजे सम्म चलेको स्थायी समितिको बैठकले राष्ट्रपतिको उम्मेदवारमा भण्डारीलाई निरन्तरता दिने निर्णय गरेको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिनुभएको छ।

राष्ट्रपतिको उम्मेदवारका लागि वर्तमान राष्ट्रपति भण्डारीसहित पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल लगायतका ब्यक्तीहरुको नाम चार्चामा रहेको थियो ।

उम्मेदवार दर्ता बुधबार हुनेछ । एमालेको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने भण्डारी माओवादीको समर्थनमा सजिलै राष्ट्रपति बन्न सक्नेछिन् । निर्वाचन २९ फागुनमा हुँदै छ ।
उता माओबादीले पनि उप-राष्ट्रपतिको उम्मेदवार पनि बर्तमान उप-राष्ट्रपति नन्दकिशोर पुनलाई नै बनाउने बताउदै आएको छ ।