२३ गुलरिया, बर्दिया/ स्थानिय स्तरमा भ्रष्टाचार बिरोधी बिभिन्न किसिमका जनचेतना मुलक अभियान सञ्चालन गदै आइरहेको नेपालगञ्ज स्थित बागेश्वरी असल शासन (बास) नामक गैर सरकारी संस्थाको बर्दिया शाखाले मंगलबार जिल्ला मालपोत कार्यालय बर्दियामा भ्रष्टाचार बिरोधी जागरण अभियान सञ्चालन गरेको छ ।
मंगलबार बिहान १० बजेदेखि ११ बजेसम्म भ्रष्टाचार विरुद्धका नाराहरु घुस लिन र दिन बन्द गरौं, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गरौं, लगायतका नाराहरु लेखिएका प्लेकार्डहरु लिई १ घण्टा सम्म साँकेतिक दबाबका साथै कार्यालय प्रमुख ठाकुर प्रसाद सिग्देललाई ज्ञापन पत्र बुझाएको बासले जानकारी गराएको छ।
मालपोत कार्यालय बर्दियाका प्रमुख ठाकुर प्रसाद सिग्देलले भ्रष्टाचार बिरोधी कार्यक्रमले असल कर्मचारीलाई काम गर्ने उर्जा प्राप्त हुने र नागरिकमा पनि भ्रष्टाचारको बारेमा जनचेतना जगाउनु पर्ने बताउदै आफनो कार्यालयबाट प्रदान गरिने सेवालाई अझै चुस्त र दुरुस्त बनाउने प्रतिपद्धता जनाउनु भएको छ ।
राष्ट्र भ्रष्टाचारको कुचक्रमा फसेर अशुद्ध बनेकाले राष्ट्रि तथा अन्र्तराष्ट्रि गैर सरकारी संघ संस्था देखी सरकारी निकायमा हुने भ्रष्टाचार, अनियमितता, ढिलासुस्ति र लापरबाहिका बिरुद्ध नागरिक स्तरबाटै शुन्य सहनशिलताको बिकास गर्नु पर्ने सो अवसरमा बिभिन्न ब्यक्तीहरुले बिचार ब्यक्त गर्नुभएको थियो ।
देशभरका मालपोत कार्यालयमा पिटी क्याचको रुपमा हुने भ्रष्टाचारको संस्कार बन्द गर्न बासले आफनो शाखाहरु मार्फत जनचेतनामुलक अभियान सञ्चालन गर्दै आइरहेको छ ।

हाम्रो संरचना । २३ फाल्गुन २०७४, बुधबार ०७:२२