हाम्रो संरचना शनिबार, अशोज २, २०७८ 1048 Views

२४, फागुन, नेपालगञ्ज/ मोबाईल नम्बर ९८६९६५९९४९ बाट नेपालगञ्ज,कोहलपुर र दांग क्षेत्रका केही उद्योगी व्यवसायीहरुलाई फोन कल र म्यासेज गरी रकम माग गरेको अभियोगमा नेपाल प्रहरीको टोलीले ६ जनालाई पक्राउ गरि अनुसन्धान अगाडी बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बांकेले बिहिबार एक पत्रकार सम्मेलनको आयोजना गरि चन्दा माग सम्वन्धमा पिडित ब्यक्तीहरुको जन गुनासोको आधारमा ५ नम्बर प्रदेश प्रहरीको अनुसन्धान व्यूरोको टोली र जिल्ला प्रहरी कार्यालय,बाँकेबाट खटिएको प्रहरी टोलीले फोनबाट चन्दा माग्ने टोलीलाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा जिल्ला सुर्खेत लेखगाँउ १ बस्ने बर्ष ३२ का बिजय बिक्रम शाह, बाँके राप्ती–सोनारी गाउंपालीका वडा नम्वर ५ घर भई हाल बाँके नेपालगञ्ज उप–महानगर पालिका वडा नम्बर ४ गणेशपुर बस्ने बर्ष ३२ को केशराज भण्डारी, चितवन भरतपुर उप–महानगर पालिका वडा ६ बस्ने बर्ष १८ को बिष्णु तिमिल्सीना, सोही ठाउं बस्ने बर्ष १८ को कुशल श्रेष्ठ, बाँके जिल्ला नेपालगञ्ज उप–महानगर पालिका वडा नम्बर ८ बस्ने बर्ष ५६ को राजु भन्ने अस्फाख सिद्धिकी र बाँके कोहलपुर नगर पालिका वडा नम्बर १२ बस्ने बर्ष ४० को रमेश प्रसाद अधिकारी रहेको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।

उक्त घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेक बहादुर तामांगले  चन्दा आंतक गरेको जनगुनासोको उजुरीको आधारमा छानबनि तथा खोजतलास गर्ने क्रममा नेपालगञ्ज स्थित एक होटलबाट अभियुक्तहरु पक्राउ गरिएको र छानबीनको क्रममा रहेको जानकारी दिनुभएको छ ।

पक्राउ परेका ब्यक्ती तथा समुहले फोन गरि धम्काउदै गर्दा प्रहरीले समाउन सफल भएको बताउदै प्रहरी स्रोतका अनुसार उनीहरुलाइ भरीपूर्ण गेष्ट हाउसबाट पक्राउ गरेको र बाँकी तीन जनालाई उनीहरुको बयानपछि फरक–फरक ठाउँबाट नियन्त्रणमा लिन सफल भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ब्यक्ती उपर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ । पक्राउ परेका ब्यक्ती उपर आवश्यक अनुसन्धान पछी शान्ती सुरक्षा भंग गरि जवरजस्ती चन्दा आंतक मच्चाएको आरोप सहितको आरोपपत्र दायर गरेर कानुनी उपचार गरिने प्रहरी स्रोतले बताएको छ ।

यस्तै चन्दा घटनामा माओबादी निकट अखिल क्रान्तीकारीले बिज्ञप्ती निकालेर आफुहरुले चन्दा आंतक नमच्चाएको प्रेसबित्रप्ती मार्फत सार्वजनिक गरेको थियो ।