राष्ट्रिय सभा सदस्यमा मनोनित ३ जनाद्धारा शपथ

२५ फागुन,काठमाडौ/राष्ट्रिय सभामा केपी ओली सरकारले सिफारिस गरि राष्ट्रपतिद्धारा मनोनित ३ जना सदस्यले शपथ लिनुभएको छ ।  आज शुक्रबार विहान करिब साढे ११ बजे नया बानेश्वरस्थित राष्ट्रिय सभाको कक्षमा राष्ट्रिय सभाका ज्येष्ठ सदस्य तारादेवी भट्टबाट डा. युवराज खतिवडा, विमला पौड्याल राई र रामनारायण बिडारीले शपथ लिनु भएको हो ।