५ नम्बर प्रदेश मुख्यमन्त्री पोख्रेललाई  बिश्वासको मत प्राप्त, पक्षमा ६५, बिपक्षमा १९, २ जना गयल

२७ फागुन,बुटवल/ ५ नम्वर प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलाई आज आईतबार भएको प्रदेश सभाको बैठबाट दुई तिहाइ भन्दा बढी प्रदेश सभा सदस्यहरुले बिश्वासको मत प्राप्त गर्नुभएको छ ।

आइतबार बसेको ५ नम्बर प्रदेश सभामा आफुलाई बिश्वासको मत दिनुपर्ने कारण उल्लेख गर्दै मुख्य मन्त्री पोख्रेलले ५ नम्बर प्रदेशको सर्वागिंन विकासका लागी आफु सबैको भावनालाई समेटेर योजना बद्ध तरिकाले क्रियाशिल हुने र त्यसका लागी सबैको सहयोग जरुरी रहेको बिचार ब्यक्त गर्नुभएको छ ।
एमाले प्रदेशसभा संसदीय दलका नेता समेत रहनु भएका मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा ६५ मत परेको छ भने विपक्षमा १९ मत परेको छ  । २ जना प्रदेश सभा सदस्य  गयल हुनु भएको छ । पोखरेललाई नेकपा माओवादी केन्द्रकोको समर्थन रहेको छ ।

बिश्वासको मत माग्ने क्रमका प्रदेश सभामा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धि र राजधानीका विषयमा केही चर्चा गर्दै
चिनीयाँ रेल लुम्बिनी ल्याउने सरकारको निर्णयलाई कार्यान्वयन गर्न सहयोग गर्ने देखी पूर्ब-पश्चिम रेलका लागी प्रदेशमा डीपीआर अन्तिम चरणमा रहेको जानकारी गराउदै पायक पर्ने ठाउँमा सहमतिका आधारमा राजधानी बनाउने बताउनु भयो ।

सभामा सम्बोधनका क्रममा मुख्यम मन्त्री पोखरेलले बुटवलमा आवश्यकता अनुसार संरचना नहुँदा काम गर्न कठिन भएको बताउदै बुटवलमा पर्याप्त संरचना अभाब छ, काम गर्न असहज भएको समेत बताउनु भयो ।
प्रदेश कानुन नबन्दा काम अड्किएको र आर्थिक विधेयक पास भएपछि ५ नम्बर प्रदेशको बजेटको काम सुरु हने समेत बताउनु भएको छ

पहाडका ६ र तराईका ६ जिल्ला गरी १२ जिल्ला रहेको प्रदेश ५ मा धेरै किसिमको बिबिधता रहेको भन्दै म’द्ययमन्त्री पोख्रेलले सबै जिल्लाहरुको मानव बिकास सूचकांक बराबर हुने गरि समाज विकासको गति  अगाढी बढाइने र समाजमा साक्षरता, गरीबी, औषत आयु प्रदेशका सबै जिल्लामा समान बनाउने मुख्यमन्त्री पोखरेलले प्रदेश सभा बैठकमा बताउनु भएको छ ।
मुख्यमन्त्री पोख्रेलले आइतबार नेपालको संबिधान २०७२ को भाग १३ को धारा १६८ को उपधारा ४ बमोजिम बिश्वासको मत प्राप्त गर्नुभएको हो ।

आईतबारकै बैठकमा अन्य दुई विधेयकहरू समेत प्रस्तुत गरिएको छ । आइतबारको प्रदेशसभा बैठकमा आर्थिक कार्यविधि ऐन, स्थानीय तहका सेवा सुविधा सम्बन्धी ऐन प्रस्तुत गरिएको छ र विधेयकहरूको दफाबार छलफलका लागी माननीय प्रदेश सभासदहरुलार्य उपलब्ध गराइएको प्रदेश सभासद इन्द्र प्रशाद खरेलले बताउनु जानकारी दिनुभएको छ ।

त्यसैगरी ५ नम्बर प्रदेशसभा सांसदहरुलाई संसद सञ्चालन तथा नियमावली मस्यौदा निर्माण समितिको सिफारिस अनुसार सांसदहरुको पोसाकमा पुरुष सांसदले कोट र टोपी तथा महिला सांसदले कोट र सारी अनिवार्य लगाउनुपर्ने प्रावधान कार्यन्वयनको लागी सभामुख र कार्यव्यवस्था समितिलाई दिइएको छ ।

प्रदेशसभामा ४ वटा संसदीय समिति बनाउने सहमति भएको छ । सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत साधन, विधायन तथा आन्तरिक मामिला र सामाजिक विकास समिति बनाउने निर्णय गर्ने भएको छ ।