३० फागुन, नेपालगञ्ज/ पश्चिम नेपालको प्रमुख एतिहासिक शहर नेपालगञ्जमा रहेको धार्मिक प्रर्यटकीय आस्थाको केन्द्र मानिएको बागेश्वरी मन्दिरमा बिगतमा भक्तजनहरुले मन्दिरमा चढाएको अचल सम्पती राख्ने गरेको तिजौरी (बाकस ) लामो समय पछी बुधबार बिहान खोलीएको छ ।
भक्तजनहरुले मन्दिरमा चढाइएको अचल बहुमुल्य धातुहरु सुन, चांदीका गहनाहरु मन्दिर ब्यवस्थापन समितिले जिल्ला मालपोत कार्यालय बांकेमा राखिएको तिजौरीमा ति धातुका गहनाहरु राख्ने गरि बिगतमा जिम्मेवारी दिने गरेको थियो ।
गुठी ब्यवस्थापन समिति तथा अन्य बिभिन्न सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको रोहबरमा नेपालगञ्ज उप महानगरपालीका वडा नम्बर १३ स्थित मालपोत कार्यालयमा राखिएको तिजौरी खोलीएको छ ।
तिजौरीमा भने बिगतमा मन्दिर ब्यवस्थापन समितिले मालपोत कार्यालयलाई बुझाएको गहनाको लिस्ट अनुसार नभएको पाईएको छ ।
तिजोरीमा २० केजी ३ सय ४ ग्राम चाँदी, २ तोला सुन र डेढ तोला पित्तल संगै पृथ्वीनारायण शाहकालिन चाँदीका सिक्काहरु जडेर बनाईएको एउटा माला पनि पाईएकोे छ ।अर्को तिजौरीमा २०३० साल अघिको मालपोत उठाएको रशिद पाइएको छ ।
बिभिन्न धार्मिक आस्थाका केन्द्रहरुको नाममा करोडौं चल तथा अचल सम्पती रहे पनि त्यसको लेखा जोखा नराखिदा सम्पतीको दूरुपयोग ठानी नेपाल सरकारले ती केन्द्रहरुलाई ब्यवस्थित गर्न गुठी ब्यवस्थापन समितिहरु मार्फत अध्यावधी गर्दै आइरहेको छ ।
नेपालगञ्जमा पनि बागेश्वरी मन्दिरको नाममा रहेको चल तथा अचल सम्पतीको खोजबीन गरि चुस्त दुरुस्त राख्न सरोकारवाला निकायहरुलाई नेपालगञ्ज उच्च् अदालतले आदेश जारी गरेको थियो ।
बागेश्वरी मन्दिर एक सार्वजनिक निकाय भएको र त्यसको उचित ब्यस्थापन तथा त्यसको चल–अचल सम्पती चुस्त दुरुस्त राख्न सबैको दायित्व रहेको भन्दै नेपालगञ्जमा सक्रिय कानुन ब्यवसायी अधिवक्ता द्धय लोक बहादुर शाह र बल बहादुर चन्दले सार्वजनिक सम्पतीको हिनामिना रोकथाम तथा मन्दिरको उचित ब्यवस्थपनका लागी ततकालीन पुनराबेदन अदालत नेपालगञ्जमा मुद्धा दायर गर्नुभएको थियो ।
न्याय प्रशासन ऐन, २०४८ को दफा ८(२) बमोजिम पुनरावेदन अदालत नेपालगञ्जको क्षेत्राधिकारभित्र पर्ने भै दायर हुन आएको उक्त मुद्धा गत २०७३ आषाढ २२ गते रोज ४ मा माननीय न्यायाधीश द्धय यज्ञ प्रसाद बस्याल र बीर बहादुर डाँगीको सयुक्त इजलासले बागेश्वरी मन्दिर ब्यवस्थित रुपमा सञ्चालन, मर्मत सम्भारका साथै चल–अचल सम्पती नेपालको ऐन कानुन, बिधि र प्रक्रिया बमोजिम राख्नु र त्यसको ६ महिना भित्र अदालतलाई जानकारी गराउनु भन्ने आदेश जारी गरेको थियो ।
१ देखी ५१ सख्यामा समेटीएको उक्त आदेशको ४१ नम्बर बुदामा लेखिएको छ :-
“मालपोत कार्यालय बाँकेमा सुरक्षित राखिएको मिति २०२५/३/१९/३ पत्र संख्या २,३२र७९,१६७८ को श्री ५ को सरकार श्री ३ नं.सर्वे गोश्वाराले श्री ५ नं.डोर टोलीलाई अवगत गराएको परिपत्रमा बागीश्वरी मन्दिरको सम्पूर्ण जमिन ९९-५-१४ लेखिएको छ ।
त्यस्तै मिति २०४४।५।२९।२को च।नं।४२० को मालपोत कार्यालय बाँकेले जिल्ला पञ्चायत सचिवालय, बाँके नेपालगंजलाई जानकारी दिनका लागि लेखिएको पत्रमा बागेश्वरी भगवतीको गुठी जग्गा र अन्य घरघडेरी तथा श्री सम्पत्ति बारे दर्ता श्रेस्ता भएको जमिन बारेमा स्पष्ट उल्लेख गरिएको छ ।
साबिक कर्मोहना मौजा हाल ईन्द्रपुर गा.प.अन्तरगत जग्गाधनी बागेश्वरीको नाम र संचालक चन्द्रनाथ योगी तथा हरिहरनाथ योगी समेत उल्लेख भै जग्गा बिगाह क्रमशः ४४-११-७ र ४२-१०-१६ समेत ज.बि. ८७-२-३ नापी दर्ता भएको मोठमा मिति २०२८।७।१४को भूमि प्रशासन कार्यालय, बाँकेको निर्णय अनुसार परम्परा अनुसार शर्त पालन गर्ने गरी बिभिन्न ब्यक्तिको नाममा जग्गा कमाउने र जग्गा धनी बागेश्वरी गुठी भन्ने उल्लेख भई मोठ कायम गरिएको मोठ श्रेस्ताबाट देखिन्छ ।
केही समयपछि नित्य पूजाआजा गर्ने र सन्त महन्तहरु आएमा आवास तथा हण्डी दिने र पूजा आजा कार्य चलाई शेष बचत भएमा महन्तका सन्तान दर सन्तानले खाने गरी ब्यवस्था गरिएको छ ।
जस अनुसार कर्मोहनको बिभिन्न ब्यक्तिका नाउँमा जग्गा बिगाहा ८७-२-३ मध्ये पूजाआजा गर्दा लाग्ने अक्षता तथा हण्डीको लागि सिरबाट नाप नक्सा भएको महन्त हरिहरनाथ योगीको नाममा दर्ता भएको ईन्द्रपुर गा.प.वडा नं.३क को जग्गा बिगाह ९-१९-५ऐ.गा.प.वडा नं.३मा चन्द्रनाथ योगीको नाममा रहेको जग्गा बिगाहा ९-१३-१२ समेत जग्गा बिगाहा १९-१२-१७ दर्ता भएको छ ।
मिति २०१३/२/१४ मा रजिष्ट्रेसन नं.२३७बाट शंकर प्रसाद उपाध्यायले बागीश्वरीको नित्य नैमित्य पूजाआजा गरी बाँकी रहेको शेष महन्त नरेन्द्रनाथ तथा प्यारेनाथले खाने गरी दान पत्र गरी दिएको जग्गा बिगाहा १-१५-३को जग्गा २०२५ सालको भूमि सुधार नापीमा बागेश्वरीको नाममा नापी नभै शंकर प्रसादकै नाममा नापी भएको देखिन्छ ।
जसको नापी बिवरण नगर पञ्चायत वडा नं.१०९क०कि.नं.४९६को ०-७-१४ वडा नं.१०९ख०कि.नं.१७को ज.बि.०-१०-१७ कि.नं.१२२को ०-५-११ कि.नं.७६को ज.बि.०-११-१ समेत जग्गा बिगाहा १-१५-३ नाप नक्सा भएकोमा मिति २०३७।६।८ मा शंकर प्रसादको श्रीमती ईन्दिरादेबी र साबित्रा देबीका नाममा संयुक्त नामसारी भै अध्यावधिक भूमिकरबुझाई आएको पनि मोठ श्रेस्ताबाट देखिन्छ ।
मन्दिरको आसपासमा थुप्रै घर घडेरीहरु भएको तर मालपोत कार्यालय बाँकेमा रेकर्ड छैन ।
खजुरा खुर्द गा.प.मा राम प्रसाद दवगरले दान दिएको बागेश्वरी देबीको नाममा दर्ता भएको जग्गा बिगाहा ३-१६-२बाट आउने आयस्ता बागेश्वरी मन्दिर समितिले उठाउने गर्दछ ।
मिति २०२९।८।४।१ मा भुवनेश्वरले हस्ताक्षर गरेको एक पत्रमा बागेश्वरीका बहुमूल्य गर गहना मालपोत कार्यालय बाँकेका प्रमुखलाई बर बुझारथ गरेको पत्र फैसलमा उल्लेख गरिएको छ । तर उक्त फैसलामा उल्लेख गरिएको निम्न बमोजिमको सम्पती बुधबार फेला परेको छैन ।
मालपोतमा राख्न दिएका गहनाहरु ततकालीन पुनराबेदन हाल उच्च अदालतले पुरानो आधिकारीक लिखतको आधारमा गरेको फैसलामा उल्लेख गरिएको गहनाहरुको विवरण जुन यस प्रकार छन :-
सिंहको मूर्ति बनेको डब्बा जस्तो चाँदी तोला ८३को थान २,
खम्बा बनाईएको चाँदी तोला १२० को थान २,
भैरब गरुड जस्तो बनेको चाँदी तोला १६५को थान २,
करुवा चाँदी तोला ४७ को थान १,
बत्ती बाल्ने पानस चाँदी तोला ४८को थान १,
बत्ती बाल्ने आरती चाँदी तोला १३को थान १,
बाघको मूर्ति बनेको चाँदी तोला ३३को थान २,
खम्बाको टुक्रा चाँदी तोला२८को थान २,
भगवतीको मूर्ति बनेको थान १
पाता माथि भैरब बनेको टुक्रा थान १
समेत चाँदी तोला ९५को थान ३,
साना दुई ठूलो एकसमेत छत्र थान ३,
झण्डा २,
घण्टी २,र अरु टुक्रा ५ समेत जम्मा तोला ४७ को थान १२
उक्त फैसलाको बिपक्षमा ततकालीन बागेश्वरी मन्दिरसंग सरोकार राख्ने सरकारी कार्यालयका प्रमुख एवम मन्दिरका मुख्य पुजारी रहेका छन ।
अदालतको फैसला समेत कार्यन्वयन नभएर मन्दिर ब्यवस्थित रुपमा सञ्चालन गर्न सर्वसाधरण तथा सञ्चार माध्यममा ब्यापक बिरोध हुन थालेपछी गुठि संस्थानको पहलमा स्थानिय जनप्रतिनिधी एवम जिल्ला प्रशासन कार्यालय बांकेको समन्वयमा नेपालगञ्ज उप महानगरपालीकाका मेयर डा. धवल शम्शेर राणाको अध्यक्षतामा बागेश्री गुठी ब्यवस्थापन समिति गठन गरिएको थियो । उक्त समितिको पहलमा बुधबार मालपोतमा रहेको बागेश्वरी मन्दिरको तिजौरी खोलीएको हो ।
फैसला महत्वपूर्ण अंंशमा के के छ हेर्नुहोस…………..
पुनरावेदन अदालत, नेपालगंज
संयुक्त इजलास
इजलास नं.२
माननीय न्यायाधीश श्री यज्ञ प्रसाद बस्याल
माननीय न्यायाधीश श्री बीरबहादुर डाँगी
आदेश
यस्मा के,कसो भएको हो रु निबेदकको निबेदन माग बमोजिम परमादेशको आदेश जारी किन हुनु नपर्ने हो रु आदेश जारी हुनु नपर्ने कुनै आधार कारण र प्रमाण भए बाटाका म्याद बाहेक १५दिन भित्र बिपक्षी मध्येका १,२,३,६ र ७ ले आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत र बिपक्षी नं। ४,५,८,९ले पुनराबेदन सरकारी वकील कार्यालय, नेपालगंज मार्फत लिखित जवाफ पेश गर्नु भनी प्रस्तुत आदेश र निबेदनको प्रतिलिपि साथै राखी बिपक्षीहरुको नाँउमा म्याद जारी गरी लिखित जवाफ पेश भए वा अबधि ब्यतित भएपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत ब्यहोराको यस अदालतबाट मिति २०७१।१२।१९ मा भएको आदेश ।
आदेश खण्ड
बिपक्षी मध्येका जिल्ला प्रशासन कार्यालय बाँके र सोको कार्यालय प्रमुख तथा मालपोत कार्यालय र सो कार्यालयका प्रमुख र नेपालगञ्ज उप-महानगरपालिका कार्यालयका प्रमुखको तर्फबाट पुनराबेदन सरकारी वकील कार्यालय,नेपालगञ्जका बिद्धान सह न्यायधिवक्ता श्री हरि प्रसाद जोशीले बागीश्वरी मन्दिरको संरक्षण तथा बिकास संचालन गर्ने कार्यमा बिपक्षी सरकारी निकायहरुले कानूनले तोकेको जिम्मेवारी बहन गरी रहेकोले रिट निबेदन खारेज होस् भनी गर्नु भएको बहस सुनियो ।
9 निर्णयतर्फ बिचार गर्दा, बाँके जिल्ला नेपालगञ्ज उप-महानगरपालिका-३ बागीश्वरी टोल स्थित बागीश्वरी मन्दिरको सरसफाई लगाएतको आय व्ययको हर हिसाव बिवरण सार्वजनिक गर्न उक्त मन्दिरको परिचय झल्कने खालको पुस्तिका प्रकाशन गर्न मन्दिर तथा मन्दिर परिसरका जिर्ण संरचना पुनर्निर्माण तथा जिर्णोद्धार गराउन,मन्दिरको चल अचल सम्पति व्यवस्थित तथा सुरक्षा गर्न तथा मन्दिरको हितमा प्रयोग गराउन, सरोकारवालालाई सो को सूचना उपलब्ध गराउने ब्यवस्थाको लागि न्याय प्रशासन ऐन,२०४८को दफा ८ अनुसार समेत प्रस्तुत निबेदन दायर हुन आएको पाईन्छ ।
निबेदकहरुले यस अदालतको अनुमति लिएर बागीश्वरी मन्दिरको संरक्षण, सम्बर्द्धन, पारदर्शिता र विकास, तथा सूचनाको हकको विषय सामूहिक हक हित र आम भक्त जन तथा नागरिकको सरोकारको बिषय वर्तमान समयमा आम नागरिकको आस्थाको केन्द्र बागीश्वरी मन्दिरको संरक्षण तथा संबर्द्धन पारदर्शिता, सरसफाईको अपरिहार्य आवश्यकतालाई दुबै पक्षले स्वीकार गरेको नै देखिन आयो ।बागीश्वरी मन्दिरको धार्मिक महत्व र गरिमाको बिषयमा निबेदक र बिपक्षी बीच कुनै बिवाद रहेको पाईन्न ।
प्रस्तुत निबेदन पुरातात्विक,धार्मिकर सांस्कृतिक महत्व भएको मन्दिर र स्थलको संरक्षण गर्ने उद्देश्यबाट पर्न आएको सन्दर्भमा बालकृष्ण बिरुद्ध श्री ५को सरकार भएको रिट नं.१८५१को निबेदनमा सर्वोच्च अदालतको विशेष ईजलासले राष्ट्रिय सम्पदा देशको सबै नागरिकको साझा सम्पत्ति हो भनी प्रस्तुत बिषयमा सार्वजनिक सरोकारको बिषय देखिन आएको हुँदा निबेदकलाई हकदैया भएको नै देखिन आउने भन्ने सिद्धान्त ने.का.प.०५३ अंक १ नि.नं.६१२७ पृ।३३ मा प्रकाशित उत्प्रेषणको मुद्दामा प्रतिपादन भैसकेकोले धार्मिक जन बिश्वास र भारत बलरामपुरका तत्कालिन महाराजा दीर्घ बिजय सिंहको निर्देशनमा सन् १२६७ भाद्र सुदी ५ का दिनदेखि निर्माण शुरु गरेको मन्दिर हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको कारण समेतबाट यस मन्दिरले नेपालको गौरबमय धार्मिक र ईतिहास समेटेको समेत देखिँदा निबेदकहरुलाई यस प्रकारको सार्वजनिक बिषयमा निबेदन दिन हकदैया नभएको भन्न मिल्ने देखिएन ।
निबेदकहरुको निबेदन ब्यहोरामा उल्लेखित बिपक्षीहरु तथा सम्बन्धित सरकारी निकायहरुले कानूनले तोकेको कार्य एक अर्कामा समन्वय गरी मन्दिरको सम्पतिको संरक्षण, बिकास, पुराना संरचनाको जिर्णोद्धार, बन्दोबस्त र ब्यवस्थित संचालन हर हिसावको पारदर्शिता जस्ता कार्यहरु सम्पन्न नहुँदा एकातिर यस्ता प्रकृतिका निबेदनहरु पर्न जाने अर्कोतर्फ सरकार र सुशासनको सम्बन्धमा पनि कैयौं प्रश्नहरु उठ्ने स्थिति देखिँदा यस्तो प्रबृतिलाई बढ्न दिनु भन्दा ब्यवस्थित गर्दै जानु उपयुक्त हुने नै देखिन्छ ।
निबेदकहरुले पनि निबेदन दर्ता गर्दैमा, बिपक्षीहरुले लिखित जवाफ पेश गर्दैमा वा अदालतबाट आदेश लिदैमा आफ्नो दायित्वबाट पन्छिन पनि पाउँदैनन् । सार्वजनिक सरोकारको बिषयमा निबेदन दिनु भन्दा अगावै र निबेदनमा अदालतबाट आदेश भए पश्चात् पनि नागरिक समाज, बिषयका विज्ञ समूह तथा अन्य आवश्यक र उपयुक्त ठानिएका ब्यक्ति वा कार्यालयसँग छलफल,सरसल्लाह र परामर्श तथा अन्तर्क्रिया गरी निरन्तर अनुगमन र निगरानी राखेर समय समयमा सुसूचित भै निबेदन माग र भएको आदेश बमोजिम गृहकार्य गरी गराई,योजना बनाई आदेशको सफल कार्यान्वयन गर्नु गराउनु पर्छ ।
निबेदकले आफ्नो निबेदनको प्रकरण ५ मा नेपालकै अन्य जिल्लामा र छिमेकी मुलुकमा भएका बिभिन्न स्थानमा रहेका धार्मिक एबं तिर्थस्थलहरुको सरसफाई,मन्दिर सञ्चालन तथा ब्यवस्थापनबाट शिक्षा लिदै आवश्यक स्रोतहरु सिर्जना गरेर तथा मन्दिरको हितमा उपलब्ध साधन श्रोतको अधिकतम प्रयोग गरिने हो भने मन्दिरलाई उत्कृष्ट बनाउन सकिन्छ ।मन्दिर ब्यवस्थित भएको खण्डमा यस क्षेत्रकै गौरब बढ्नेछ ।मन्दिर अझ बिकसित र सुदृढ बनाउन सकिने प्रयाप्त आधारहरु छन् भनी बिशेष योजना बनाउनको लागि समेत बिपक्षीहरुलाई ध्यान आकृष्ट गराएको देखिन्छ ।
बागीश्वरी मन्दिरको सम्बन्धमा डा. राज कुमार सुबेदीले लेख्नु भएको परिचय पुस्तिकामा उल्लेख गरिएको मन्दिरभित्र रहेको अखण्ड दीप निभेमा भारत तुल्सीपुरको पाटन देबीबाट बत्ती बालेर ल्याउनु पर्दछ भन्ने बिश्वासले छिमेकी मित्रराष्ट्र भारतको पवित्र तिर्थस्थल अयोध्या र ऋषिहरुको नैमीसारण्य तपोवन एबं पाटन देबीसँग यो मन्दिरको सम्पर्क अटूट र ज्यादै निकट रहेको देखिन्छ ।
यो मन्दिर हुँदै सुर्खेतको देउती बज्यै,दाङ जिल्लामा रहेको अम्बिकेशरी,सल्यानको खैरावाङ भगवती एबं प्यूठानको पवित्र धार्मिक स्थल स्वर्गद्धारी सम्म श्रद्धालु भक्तजन र दर्शनार्थी भारतको कन्या कुमारी देखि उत्तरतर्फको मित्रराष्ट्र चीनको मानसरोवर तथा सुदूर पश्चिमको प्रसिद्ध पर्यटकीय स्थल खप्तड र पश्चिमान्चलको मुक्तिनाथ एबं दामोदर कुण्डसम्म समेत सजिलै ओहोर दोहोर गर्न सक्ने र मध्य तथा सुदूर पश्चिमाञ्चलको आन्तरिक एबं बाह्य पर्यटन बिकासको सामूहिक अभियानमा पनि यो बागीश्वरी मन्दिर संगमस्थलको रुपमा रहन गएको देखिन्छ ।
बिपक्षीहरुबाट प्राप्त लिखित जवाफहरु हेर्दा बागीश्वरी मन्दिर राजगुठी अन्तर्गत रहेको हुँदा सोको संचालन गुठी संस्थान ऐन,२०३३ अन्तर्गत गुठी संस्थानले गर्ने हुँदा निबेदकले गुठी संस्थान केन्द्रीय कार्यालयलाई बिपक्षी नबनाएको हुँदा रिट निबेदन खारेज होस् भनी जिकिर लिनुभएको सन्दर्भमा हेर्दा प्रथमतःगुठी संस्थान केन्द्रीय कार्यालय,काठमाण्डौंलाई बिपक्षी बनाएको खण्डमा न्याय प्रशासन ऐन,२०४८को दफा८(२)बमोजिम आफ्नो प्रादेशिक क्षेत्राधिकारभित्र नपरेको भनी लिखित जवाफ माग गर्ने अवस्था नआउने हुँदा निबेदकले बिपक्षी नबनाउने अवस्था सिर्जना हुन सक्तछ ।गुठी संस्थान केन्द्रीय कार्यालयलाई बिपक्षी नबनाए पनि अन्य बिपक्षीहरुबाट प्राप्त लिखित जवाफको आधारमा निबेदकको मागलाई यस अदालतले हेर्न नमिल्ने भन्ने देखिँदैन ।
बागीश्वरी मन्दिर सदैब श्रद्धालु भक्तजन मैत्री वातावरणमा हुनुपर्दछ ।यस्तो परिस्थिति बन्ने बनाउने काम प्रचलित ऐन नियमको अधिनमा रही मन्दिर ब्यवस्थापन समितिको हुन्छ ।हिन्दू धर्मको पबित्र स्थल बागीश्वरी मन्दिर प्रति समस्त भक्तजनको अगाथ आस्था र बिश्वास त छँदैछ ।त्यसको अतिरिक्त पूजारीले मन्दिरमा आउने श्रद्धालु भक्तजनहरु प्रति दर्शाउनेआदर भाव तथा ब्यवहार,मन्दिरको परिसरको सरसफाई तथा अन्य व्यवस्थापन पक्ष जति बलियो हुन्छ ।सो अनुपातमा मन्दिर प्रति देश बिदेशमा बस्ने भक्तजनको पनि चासो र आकर्षण बढ्न गै धार्मिक पर्यटक मात्र होईन आजको सन्चारको युगमा अन्य तप्काको पर्यटकहरु पनि यस्तो पबित्र धार्मिक र रमणीय स्थलको अबलोकन निम्ति आउने मात्रामा बढोत्तरी हुने निश्चित देखिन्छ ।यो कारणबाट यस मन्दिरको मात्र होईन देशको आर्थिक आय पनि स्वतःबढ्न जाने देखिन्छ भन्ने निबेदकको भनाई अस्वभाविक देखिँदैन ।
निबेदकले माग गरेको बागीश्वरी मन्दिरको चल अचल सम्पत्ति र ब्यवस्थापनको लागि मौजूदा प्रचलित नेपाल कानूनहरु के कस्ता छनरु भनी हेर्दा प्रथमतः यो मन्दिर सय वर्ष भन्दा धेरै वर्ष नाघिसकेको र वर्तमान पुजारीका पुस्ता पनि २००० वर्ष पुरानो भन्ने मिसिल संलग्न डा.राज कुमार सुबेदीको लेखबाट देखिन आएकोले प्राचीन (स्मारक संरक्षण) ऐन,२०१३को दफा २(क)ले यो मन्दिर पुरातात्विक महत्वको रहे भएको देखिन आउँछ ।
सोही ऐनको दफा ९ मा यस्ता देवालयलाई दुरुपयोग वा त्यसमा कुनै किसिमको बेहिसाब हुन गर्न नदिने जो चाहिने प्रबन्ध नेपाल सरकारले गर्न सक्तछ भन्ने ब्यवस्था छ । बिपक्षी मध्येको जिल्ला प्रशासन कार्यालय,बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे समेतको टोलीले द।नं।/५७०५मिति २०७०र३र२४ मा दिएको प्रतिबेदनबाट पनि सो कुरा खुल्न आउँछ । यसरी हाम्रो राष्ट्रिय कानून हेर्दा प्राचीन स्मारक संरक्षण ऐन, २०१३ र अन्तराष्ट्रिय कानून हेर्दा यो मन्दिर संयुक्त राष्ट्र संघको एउटा बिशिष्टिकृत एजेन्सीको रुपमा रहेको शैक्षिक सामाजिक तथा सास्कृतिक संगठन को प्रावधान लागु हुने स्थल हो ।
मुलुकी ऐन जग्गा आवाद महलको ४ नं.ले कुनै सार्वजनिक स्थान भएको सरकारी जग्गा कसैले बिराउन वा बिराउन लगाउन हुँदैन भन्ने ब्यवस्था गरेको छ भने देब देवालय कसैको ब्यक्तिगत नभई सार्वजनिक हुन्छ भनी जमदार सिंह समेत बिरुद्ध नरेन्द्र सिंह समेत भएको मुद्दामा सर्वोच्च अदालत निर्णय संग्रह भाग १ख पृ ४२७ मा सिद्धान्त प्रतिपादन भएको पाईन्छ ।मुलुकी ऐन गुठीको महलको १३ नं.ले गुठीमा दाखिल गर्नु पर्ने रकम दवाई छपाई खाएमा सो खानेबाट बिगो भराई निजलाई बिगो बमोजिम जरिवाना हुन्छ भन्ने ब्यवस्था समेत गरेको छ ।
स्थानीय प्रशासन ऐन,२०२८को दफा ९(६)मा प्रमुख जिल्ला अधिकारीले आफ्नो जिल्ला भित्रको सार्वजनिक धारा, कुवा, पोखरी,पँधेरो, पाटी पौवा, सत्तल धर्मशाला, मन्दिर, गुफा, पुल आदिको लगत लिई राख्नुपर्छ र भत्की बिग्री, नोक्सान हुन लागेमा त्यसको धनी, वारिस नगरपालिका वा गाउँ विकास समिति वा गुठी संस्थानद्वारा मरमत गर्न लगाउनु पर्दछ भन्ने ब्यवस्था छ भने बिवादित मन्दिर राजगुठी अन्तरगतको जग्गा हो भनी बिपक्षीहरुले लिखित जवाफमा स्वीकार गरेको र गुठी संस्थान केन्द्रीय कार्यालय,(योजना शाखा) को प.सं.६५२र०५६र०५७,च.नं.७०९२,मिति २०५७र२र२४ को पत्रबाट लेखी आएको अवस्था हुँदा गुठी संस्थान ऐन,२०३३को दफा २(घ)ले राजगुठीको परिभाषा गरी दफा १६ मा राजगुठीको बन्दोबस्त र संचालन संस्थानबाट गर्ने ब्यवस्था उल्लेख छ ।
त्यस्तै गरी सोही ऐनको दफा १९(३) मा राजगुठीको धर्म कार्यमा बाधा पर्ने कुनै काम,कारवाही आर्थिक कारोवार वा अन्य ब्यवस्था सम्बन्धी काम संस्थानले गर्न नहुने काम भनी कानूनी ब्यवस्था गरेको छ । मालपोत ऐन, ०३४को दफा २९ख२०९ख३० र जग्गा नाँपजाँच ऐन,२०१९को दफा २(ङ) (च) ले सरकारी र सार्वजनिक जग्गाको परिभाषा गरी मन्दिर रहेको जग्गा सार्वजनिक जग्गा हुने भनी उल्लेख गरेको देखिँदा स्थानीय प्रशासन ऐन,२०२८ को दफा १० क, मालपोत ऐन,२०३४को दफा २४को उपदफा (१)(२)(३)(४) ले पनि त्यस्ता जग्गाहरु आवाद गर्न निषेध गरेको र दर्ता आवाद गरेमा बदर हुने कानूनी ब्यवस्था भएको पाईन्छ ।
. स्थानीय स्वायत्त शासन ऐन,२०५५को दफा (६)१० को उपदफा (१) को(ङ)को देहाय (१) ले पनि नगरपालिका क्षेत्रभित्रका सांस्कृतिक तथा धार्मिक महत्वका स्थानहरुको लगत तयार गरी तिनीहरुको मर्मत सम्भार गरी संरक्षण र संबर्द्धन गर्ने गराउने काम कर्तब्य नगरपालिकाको हुने भनी कानूनी ब्यवस्था गरिएको छ ।सोही ऐनको दफा १८९ को उपदफा १को(ठ)को देहाय (१)मा जिल्ला बिकास क्षेत्रभित्रका सांस्कृतिक एबं धार्मिक महत्वका स्थानहरुको अभिलेख राख्ने र मर्मत सम्भार गराई संरक्षण र सम्बर्द्धन गर्ने काम कर्तब्य पनि जिल्ला बिकास समितिलाई तोकिएको हुँदा बागीश्वरी मन्दिरको संरक्षण गर्न यी निकायहरु स्वयम् सक्षम रहेको पनि देखिन्छ ।
बागीश्वरी मन्दिर र यसको चल अचल सम्पत्ति राजगुठीमा दर्ता भएको भन्ने देखिए पनि २०५७ सालदेखि हालसम्म गुठी संस्थान ऐन,२०३३को दफा १६ बमोजिम गुठी संस्थान केन्द्रीय कार्यालय र गुठी संस्थान (केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय)बाट कुनै काम कारवाही भए गरेको देखिन आएन ।यस्तै बिषयसँग सम्बन्धित उत्प्रेषण परमादेशको मुद्दामा सर्वोच्च अदालतबाट राष्ट्रभित्र रहेका पुरातात्विक महत्वका धार्मिक,ऐतिहासिक,सांस्कृतिक सम्पदाको संरक्षण गर्ने दायित्व राज्यकै हो भनी कानूनले नै किटानी गरेको अबस्थामा त्यस्ता सम्पत्तिको संरणक्ष र प्रब्रद्धन गर्ने जिम्मेवारी सरकारले निर्वाह गर्नु पर्ने भनी र,
. प्राचीन सम्पदाको रुपमा रहेका सम्पत्तिहरुको संरक्षण गरी भाबी पुस्तालाई सकुशल हस्तान्तरण गर्नु पर्दछ भन्ने उद्देश्य राखेर नै त्यस्तो संरक्षणात्मक तथा सम्बर्धनात्मक ब्यवस्था गरिएका छन् ।त्यसै गरी आफ्नो धर्म,संस्कृतिको निर्विघ्न रुपमा उपभोग र पालना गर्न पाउने नागरिकको मौलिक अधिकारको प्रत्याभूतिका लागि पनि त्यस्ता धार्मिक,सांस्कृतिक सम्पदाको संरक्षण गरिनु पर्ने गुठी संस्थानले आफ्नो स्रोत साधन र खर्चको बिवरण सार्वजनिक गरी आफ्नो अवस्थाको बारेमा जन साधारणलाई सूचित गर्ने र पारदर्शिता प्रबद्धन गर्ने कार्यमा आफूलाई अग्रसर गराउनु पर्ने भन्ने सिद्धान्त ने.का.प.२०६४अंक११ फागुन पृ१५१० नि.नं.७९०३ मा प्रतिपादन भएको पाईन्छ ।
गुठी संस्थान केन्द्रीय कार्यालयले मिति २०५७।२।२४को पत्रबाट गठन गरिदिएको बागेश्वरी ब्यवस्थापन समितिको मिति २०६९र११र८ को निर्णयबाट गठित माथि प्रकरण नं।३२ मा उल्लेख गरिएको समितिले दिएको प्रतिबेदन सम्बन्धमा प्रथमतःबिपक्षी मध्येको जिल्ला प्रशासन कार्यालय र सो कार्यालयका प्रमुख तथा मालपोत कार्यालय बाँके र सो कार्यालयका प्रमुख नै स्वयं अनभिज्ञ भै आफ्नो लिखित जवाफमा प्रतिबेदनको ब्यहोरा बारेमा कँही कतै केही उल्लेख गरेको सम्म पाईएन ।
. बिपक्षी मध्येको बागीश्वरी ब्यवस्थापन संचालक समिति र सो समितिका अध्यक्ष तथा बागीश्वरी मन्दिरका मूल महन्थले आ-आफ्नो लिखित जवाफमा उक्त प्रतिबेदन बारे उल्लेख गरेको देखिए पनि सो प्रतिबेदन पछि र मन्दिर ब्यवस्थापन समितिको मिति २०६६।११।११ र मिति २०६९र११र८ को बैठकबाट लेखापरीक्षण गराउने भन्ने निर्णय भएको देखिँदैन । आजसम्म मन्दिरको आयस्ता र दान भेटीको आय ब्ययको बिवरणको लेखा परीक्षण भएको भन्ने बिवरण समेत लिखित जवाफ एबं मिसिल संलग्न कागजातबाट देखिन आएको छैन । के कति कारणले किन लेखा परीक्षण गर्न गराउन नसकिएको हो भन्ने सन्तोष जनक जवाफ पनि केही देखिँदैन ।हालसम्म मन्दिरको ब्यवस्थापन सुधार सम्बन्धमा कुनै केही काम कतैबाट भए गरेको पनि देखिन आएन ।
बागीश्वरी मन्दिरको चल अचल सम्पत्तिको अभिलेख संरक्षण एबं आर्थिक पक्षको सम्बन्धमा निबेदकले उठाएको बिषयमा यस अदालतबाट बिपक्षी मध्येको मालपोत कार्यालय बाँके र बिपक्षी मध्येको बागीश्वरी गुठी ब्यवस्थापन समितिसँग जवाफ माग गर्दा, मालपोत कार्यालय, बाँकेको प.स.०७२र०७३ च.नं.२०६८,मिति २०७२।६।७को पत्रबाट जग्गाधनी बागीश्वरी देबीको नाममा खजुराखुर्द गा.बि.स.वडा नं.२ सिट नं.०३५/१२४९को कि.नं.२४२ क्षेत्रफल १,६६५५ ब.मी.,कि.नं.६ को क्षेत्रफल ०.१५१० व.मी.,कि.नं.१० क्षेत्रफल ०.१७५० व.मी.,कि.नं.७२ क्षेत्रफल ०.४३२० व.मी.तथा बागीश्वरी मन्दिरको नाममा परसपुर गा.बि.स.वडा नं.९ख कि.नं.४को क्षेत्रफल ०-३-१ बिगाह छ भनी सोको जग्गाधनी दर्ता प्रमाणपूर्जाको प्रतिलिपि सहित जवाफ पठाएको पाईन्छ । साथै जग्गाधनी बागीश्वरी मन्दिरको नाउँमा नेपालगंज उप-महानगरपालिका वडा नं.३को कि.नं.१६३ क्षेत्रफल ४९५१२५ व.मी.तथा कि.नं.९० क्षेत्रफल ७९३२.८५ व।मी।भनी कैफियत महलमा मन्दिर एरिया – साविक गाउँ ब्लकको जग्गा हाल पुनःनापी भै दर्ताको क्रममा रहेको,दर्ता हुन बाँकी भन्ने ब्यहोरा समेत उल्लेख भै आएको छ ।
. बागीश्वरी गुठी ब्यवस्थापन समिति,नेपालगंजको प।स।०७२र०७३,च।नं।९७५,मिति २०७२।१२।२को पत्रबाट मन्दिरको नाममा रहेको अचल सम्पत्तिको हकमा माथि प्रकरण नं।४० मा उल्लेखित मालपोत कार्यालयको पत्रमा खुलाईएको जग्गाको बिवरण तथा चल सम्पत्तिको हकमा मालपोत कार्यालय,बाँकेको रजिष्ट्ररमा अभिलेख राखिएको बिवरणको छायाप्रति संलग्न राखी जवाफ पठाएको भन्ने देखिन्छ ।
निबेदकले निबेदनसाथ पेश गरेको डा.राज कुमार सुबेदीको लेखको छाँयाप्रतिको अध्ययन र बहसको क्रममा निबेदकले पेश गर्नु भएको निजद्धारा २०५३ भाद्रमा लेखिएको बागीश्वरी मन्दिर परिचय पुस्तिकाको पृष्ठ ३३,३४,३५ र ३६ मा बागीश्वरी मन्दिरको आर्थिक पक्षको बारेमा लेखिएको अंश यस निबेदनसँग बढी सम्बन्धित देखिँदा जस्ताको तस्तै उतार गरिएको छ ।(˝मालपोत कार्यालय बाँकेमा सुरक्षित राखिएको मिति २०२५।३।१९।३ पत्र संख्या २र३२र७९र१६७८ को श्री ५को सरकार श्री ३ नं।सर्वे गोश्वाराले श्री ५ नं.डोर टोलीलाई अवगत गराएको परिपत्रमा बागीश्वरी मन्दिरको सम्पूर्ण जमिन ९९-५-१४ लेखिएको छ ।त्यस्तै मिति २०४४.५.२९.२को च.नं.४२०को मालपोत कार्यालय बाँकेले जिल्ला पञ्चायत सचिवालय, बाँके नेपालगंजलाई जानकारी दिनका लागि लेखिएको पत्रमा बागेश्वरी भगवतीको गुठी जग्गा र अन्य घरघडेरी तथा श्री सम्पत्ति बारे दर्ता श्रेस्ता भएको जमिन बारेमा स्पष्ट उल्लेख गरिएको छ ।
साबिक कर्मोहना मौजा हाल ईन्द्रपुर गा।प।अन्तरगत बागेश्वरीको नाम जग्गाधनी र संचालक चन्द्रनाथ योगी तथा हरिहरनाथ योगी समेत उल्लेख भै जग्गा बिगाह क्रमशः४४-११-७ र ४२-१०-१६ समेत ज.बि.८७-२-३ नापी दर्ता भएको मोठमा मिति २०२८।७।१४को भूमि प्रशासन कार्यालय, बाँकेको निर्णय अनुसार परम्परा अनुसार शर्त पालन गर्ने गरी बिभिन्न ब्यक्तिको नाममा जग्गा कमाउने र जग्गा धनी बागेश्वरी गुठी भन्ने उल्लेख भई मोठ कायम गरिएको मोठ श्रेस्ताबाट देखिन्छ ।
केही समयपछि नित्य पूजाआजा गर्ने र सन्त महन्तहरु आएमा आवास तथा हण्डी दिने र पूजा आजा कार्य चलाई शेष बचत भएमा महन्तका सन्तान दर सन्तानले खाने गरी ब्यवस्था गरिएको छ ।जस अनुसार कर्मोहनको बिभिन्न ब्यक्तिका नाउँमा जग्गा बिगाहा ८७-२-३ मध्ये पूजाआजा गर्दा लाग्ने अक्षता तथा हण्डीको लागि सिरबाट नाप नक्सा भएको महन्त हरिहरनाथ योगीको नाममा दर्ता भएको ईन्द्रपुर गा।प।वडा नं।३क को जग्गा बिगाह ९-१९-५ऐ।गा।प।वडा नं।३मा चन्द्रनाथ योगीको नाममा रहेको जग्गा बिगाहा ९-१३-१२ समेत जग्गा बिगाहा १९-१२-१७ दर्ता भएको छ ।
मिति २०१३।२।१४ मा रजिष्ट्रेसन नं.२३७बाट शंकर प्रसाद उपाध्यायले बागीश्वरीको नित्य नैमित्य पूजाआजा गरी बाँकी रहेको शेष महन्त नरेन्द्रनाथ तथा प्यारेनाथले खाने गरी दान पत्र गरी दिएको जग्गा बिगाहा १-१५-३को जग्गा २०२५ सालको भूमि सुधार नापीमा बागेश्वरीको नाममा नापी नभै शंकर प्रसादकै नाममा नापी भएको देखिन्छ ।जसको नापी बिवरण नगर पञ्चायत वडा नं.१०(क)कि.नं.४९६को ०-७-१४ वडा नं.१०(ख)कि.नं.१७को ज.बि.०-१०-१७ कि।नं।१२२को ०-५-११ कि.नं.७६को ज.बि.०-११-१ समेत जग्गा बिगाहा १-१५-३ नाप नक्सा भएकोमा मिति २०३७।६।८ मा शंकर प्रसादको श्रीमती ईन्दिरादेबी र साबित्रा देबीका नाममा संयुक्त नामसारी भै अध्यावधिक भूमिकरबुझाई आएको पनि मोठ श्रेस्ताबाट देखिन्छ ।
मन्दिरको आसपासमा थुप्रै घर घडेरीहरु भएको तर मालपोत कार्यालय बाँकेमा रेकर्ड छैन ।खजुरा खुर्द गा।प।मा राम प्रसाद दवगरले दान दिएको बागेश्वरी देबीको नाममा दर्ता भएको जग्गा बिगाहा ३-१६-२बाट आउने आयस्ता बागेश्वरी मन्दिर समितिले उठाउने गर्दछ ।मिति २०२९।८।४।१ मा भुवनेश्वरले हस्ताक्षर गरेको एकपत्रमा बागेश्वरीका बहुमूल्य गरगहना मालपोत कार्यालय बाँकेका प्रमुखलाई बर बुझारथ गरेको पत्रबाट मन्दिरको जिन्सी सम्पत्ति बारेमा थाहा हुन्छ ।जुन यस प्रकार छन्,सिंहको मूर्ति बनेको डब्बा जस्तो चाँदी तोला ८३को थान २,खम्बा बनाईएको चाँदी तोला १२०को थान २,भैरब गरुड जस्तो बनेको चाँदी तोला १६५को थान २,करुवा चाँदी तोला ४७को थान ज्ञ,बत्ती बाल्ने पानस चाँदी तोला४८को थान १,बत्ती बाल्ने आरती चाँदी तोला १३को थान १,बाघको मूर्ति बनेको चाँदी तोला३३को थान २,खम्बाको टुक्रा चाँदी तोला२८को थान २,भगवतीको मूर्ति बनेको थान १ पाता माथि भैरब बनेको टुक्रा थान १ समेत चाँदी तोला ९५को थान ३,साना दुई ठूलो एकसमेत छत्र थान ३,झण्डा २,घण्टी २,र अरु टुक्रा ५ समेत जम्मा तोला ४७को थान बाह्र ।˝०
. माथि प्रकरण नं ४० मा उल्लेखित बिपक्षीहरुले पठाएको जवाफको आधारमा हाल बागीश्वरी मन्दिरको नाममा रहेको अचल सम्पत्तिको बिवरण र प्रकरण नं.४२मा उल्लेख गरिएको सम्पत्ति बिवरण हेर्दा आएको अस्वभाविक अपूरो जवाफ र लगतबाट बिपक्षीहरुले अदालतको आदेशानुसार माग गरिएको सम्पत्तिको पूर्ण बिवरण नखुलाएको भन्ने प्रष्ट देखिँदा माथि प्रकरण नं.३२मा उल्लेखित प्रतिबेदनमा पनि औंल्याईएको उक्त चल अचल सम्पत्ति के-कसरी कहिलेदेखि को-कस्को नाममा किनगयो रुपहिलेको तुलनामा जग्गा दिन परदिन के-कसरी घट्न गएको होरुभन्ने सम्बन्धमा निबेदक, सरकार, अदालत,श्रद्धालु भक्तजन र सर्वसाधारण सबैले चासो राखी खोजी नीति एबं छानबीन गर्नुपर्ने अवस्था स्वयम् बिपक्षीहरुको लिखित जवाफ र गुठी संस्थान (केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय)ले पनि २००५ सालको आंशिक लगतको हिसाब देखाएर प।सं।०७२र०७३,च.नं.४५,मिति २०७२/५/२०को पत्रबाट मालपोत कार्यालय,बाँकेमा जवाफ पठाएको ब्यहोरा मालपोत कार्यालयको जवाफ साथ संलग्न उक्त पत्रबाट देखिँदा गुठी संस्थान केन्द्रीय कार्यालयले यस मन्दिर प्रति कम चासो देखाएको भन्ने अवस्था पनि यी माथि उल्लेख गरिएका काम कारवाहीबाट सिर्जना हुन गएको देखिन्छ ।
माथि प्रकरण नं.३२ मा उल्लेखित परिचय पुस्तिकाको पृष्ठ ११,ज्ञद्दमा उल्लेखित बागीश्वरी मन्दिरको उत्पत्ति सम्बन्धी पाँचौं जनश्रुति यस निबेदनमा बिपक्षी बनाईएका मन्दिरका मूल पुजारीसँग सम्बन्धित देखिएको छ ।मन्दिर ब्यवस्थापनको लागि समेत उक्त जानकारी बढी सान्दर्भिक देखिएकोले यँहा जस्ताको तस्तै उद्धृत गरिएको छ । (˝पाँचौ जनश्रुति अनुसार आजभन्दा दुई हजार वर्ष अगाडि यो ठाउँ घनघोर जंगलले ढाकिएको थियो ।नेपाल भारत तिर्थ यात्रा गर्ने तिर्थ यात्री र तपस्वीहरु यही ठाउँको बाटो भएर आउने जाने गर्दथे ।त्यसै क्रममा नेपालबाट भारत जान लागेका दुई महात्मा(गुरु चेला) यस ठाउँमा बास बस्न पुगेछन् ।
देबीको स्थान भएको नजिकै सुतिरहेका बखत गुरु महाराजलाई सपना भयो ।जगदम्बा देबीको दर्शन भै मेरो स्थान यतैकतै छ भन्ने बाणी भयो ।गुरु महाराज ब्यूँझे ।चेलालाई उठाए र देबीको स्थान खोज्न थाले ।दिनभरीको परिश्रम पूर्ण अन्वेषण पछि साँझको सूर्यास्त समयमा एउटा गहिरो खाल्डो भेटियो ।जो देबीको स्थान थियो ।त्यसपछि गुरु र चेलाको सल्लाह मुताबिक त्यस ठाउँमा मन्दिर बनाउने निधो गरे ।उक्त स्थान नजिकै पूर्वतिर एउटा ठूलो पोखरी थियो ।त्यँहीको पानी माटो ल्याई मन्दिर बनाउन थाले ।गुरु र चेला दिनभरी मन्दिर बनाउँथे,राती मन्दिर भत्किन्थ्यो ।मन्दिर भत्किने क्रम छैटौं दिनसम्म चल्यो ।सातौं दिनको बिहानी पक्षमा गुरुलाई स्वप्ना भयो कि देबीको स्थानमा बलि नचढाएर मन्दिर बन्दैन । यस कुराले गुरु आत्तिए ।धार्मिक तपस्वी गुरु तिर्थ यात्रा गर्न भनेर हिडेको ब्यक्तिले जंगली जनावरको बलि दिन चाहेनन् ।उनले स्वयम् आफै देबीको लागि जिउँदै समाधि लिने बिचार गरे ।यस कुराले गुरु र चेलाको बिचमा मतभेद भयो ।चेलो आफु समाधि लिने कुरा गुरुलाई भन्यो ।गुरुले मानेनन् ।अन्ततः गुरु नै देबीको लागि जिउँदै समाधिमा बसे ।चेलाले उनलाई माटोले पुरिदियो ।त्यसको भोलिपल्टदेखि चेलाले मन्दिर बनाउन थाल्यो र मन्दिर पनि बन्यो ।ती गुरु महाराजको समाधि आज पनि बागीश्वरी मन्दिर पूर्व रहेको पिपलको बोटकै पूर्वी छेउमा अवस्थित छ ।त्यस पछिको समयमा चेलाले दबीको पूजाआजा गर्दै आयो ।त्यसपछि उनका छोराहरुले पूजाआजा गरे ।यो क्रम पछि सम्म पनि चली रह्यो ।ती चेला पूजारीका २४औं पुस्तामा हालका बागेश्वरी मन्दिरका मूल महन्त हरिहरनाथ योगी,चन्द्रनाथ योगीले देबीको पुजाआजा गर्दै आएका छन् ।˝०
यसरी, यस मन्दिरका पूजारी पनि मन्दिर परिसरमा समाधिस्थ हुने हुँदा निजको यश,कीर्ति,मान,मान,प्रतिष्ठा सम्मान जीवित अवस्थामा मात्र होईन ।मृत्यु पर्यन्त पनि गाँसिएर रहिरहने हुँदा आफ्नो पूर्खा र भाबी सन्तान दर सन्तानको लागि समेत यश कीर्तिको जगेर्ना गर्न मन्दिरको पूजा आजा र चल अचल सम्पत्तिको सञ्चालन र संरक्षण सम्बन्धी ब्यवस्थापनमा अरु कानूनी निकाय र ब्यक्ति भन्दा यी पूजारी अझ बढी दत्तचित्त भै खट्नु पर्ने स्वतःदेखिन आएको छ ।मन्दिरको पूजारी सम्बन्धी परापूर्वको परम्परालाई यथावत राख्दै मूल महन्तलाई उचित सम्मान गर्दै मन्दिरको ब्यवस्थापन गर्नु हामीलाई जरुरी पनि छ ।
नयाँ धार्मिक संरचना ब्यवस्थित रुपले खडा भै संचालन भैरहेको देखिएको सन्दर्भमा जति पुरानो धार्मिक आस्थाको केन्द्र र धरोहर हुन्छ, नयाँ पुस्ताको लागि झन् बढी चासोको बिषय हुन जान्छ ।यस्ता नासोको रुपमा रहेको धरोहरलाई भाबी पुस्तासम्म संरक्षण गर्दै लैजानु पर्ने जिम्मेवारी र कर्तब्य सदैब हामी सामु खडा भैरहेकोले त्यसतर्फ बढी ध्यान दिनु हामी सबैलाई श्रेयकर नै हुन आउँछ ।
घघ. निबेदकको निबेदन जिकिरलाई लिखित जवाफबाट खण्डन हुन सकेको पाईएन ।मन्दिरको देवस्व रकम यसरी अब्यवस्थित र अनियन्त्रित रुपमा रहि रहँदा र राख्दा हिनामिना हुन सक्तछ ।
प्रतिबेदन दाखिल भएपछि र प्रस्तुत निबेदन दर्ता भएदेखि हालसम्मको अवधिभित्र पनि स्थानीय निकाय र स्थानीय प्रशासन समेतलाई मन्दिर ब्यवस्थापन गर्न गराउन पर्याप्त कानूनी ब्यवस्थाहरु रहे भएको देखिएको अवस्थामा बागीश्वरी मन्दिर परिसरको सरसफाई तथा चल अचल सम्पत्तिको संरक्षण सम्बन्धमा कुनै सन्तोषजनक काम भएको भन्ने लिखित जवाफ र बिपक्षीतर्फका बिद्धान कानून व्यवसायीहरुको बहसबाट देखिन आएन ।यी कार्यबाट अब्यवस्थित र बेवारिसे स्थितिमा बागीश्वरी मन्दिरको ब्यवस्थापन नरहेको भन्न नसकिने हुँदा निबेदकको माग बमोजिम सबै बिपक्षीहरु प्रचलित कानून बमोजिमको कानूनी ब्यक्ति र सरकारी निकाय रहे भएको देखिँदा परमादेशको आदेशको अतिरिक्त गुठी संस्थान केन्द्रीय कार्यालय,गुठी संस्थान (केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय)को नाममा निर्देशनात्मक आदेश जारी गरी नेपाल सरकार पुरातत्व बिभाग र सर्वोच्च अदालत, फैसला कार्यान्वयन निर्देशनालयलाई आवश्यक जानकारी र कारवाहीको लागि यो आदेशको प्रमाणित प्रतिलिपि पठाउने आवश्यकता पनि यस ईजलासले महसूस गरेको छ ।
. अतः माथि उल्लेखित आधार,कारण,अवस्था र प्रमाणबाट बागीश्वरी मन्दिर राजगुठीमा दर्ता भएको भन्ने गुठी संस्थान केन्द्रीय कार्यालयको च।न। ७०९२ मिति २०५७र२र२४ र गुठी संस्थान ९केन्द्रीय लगत तथा अभिलेख शाखा, कार्यालय०,काठमाण्डौँको च।नं। ४५मिति २०७२र५र२० को पत्रबाट देखिन आएकोले राजगुठी को सम्बन्धमा प्रचलित कानून बमोजिम हुने नै हुँदा यस सम्बन्धमा परमादेशको आदेश जारी गरिरहनु परेन ।
बागीश्वरी मन्दिरमा रहेको श्री सम्पतिको नियमित अभिलेख राख्नु, राख्न लगाउनु, आय व्ययको बिवरण सार्वजनिक गर्नु गराउनु, उक्त मन्दिरको परिचय, जानकारीपत्र वा पुस्तक प्रकाशन गर्नु गराउनु, उक्त मन्दिरको पूर्व तर्फ तलाउमा रहेको पुल यथाशक्य छिटो पुनर्निर्माण वा जिर्णोद्धार गर्नु गराउनु, उक्त मन्दिर परिसर र सो को वरपरको क्षेत्रलाई नियमित रुपमा सरसफाई गरी गराई सर्वसुलभ सार्वजनिक शौचालयको व्यवस्था गर्नु गराउनु र सो मन्दिरमा भक्तजनहरुले चढाउने दान दक्षिणा तथा बिशेष पूजा वापत प्राप्त हुने चल, अचल सम्पतिलाई ब्यवस्थित र एकतृत गरी सो रकम मन्दिरको हितमा प्रयोग गर्नु गराउनु भनी बिपक्षीहरुको नाममा जिल्ला प्रशासन कार्यालय, बाँकेमा द.नं. ५७०५ मिति २०७०र३र२४ मा सहायक प्रमुख जिल्ला अधिकारी समेतको समितिले पेश गरेको प्रतिवेदनलाई दृष्टिगत गरी परमादेशको आदेश जारी हुने ठहर्छ।
यी माथि उल्लेखित कार्यहरु समयमा सम्पन्न भए नभएको निरन्तर रुपमा अनुगमन गर्ने गराउने र राजगुठीको लगतमा दर्ता भएको भनिएको बागीश्वरी मन्दिरको बन्दोबस्त र सञ्चालन प्रचलित कानून बमोजिम गर्ने गराउने तर्फ गुठी संस्थान केन्द्रीय कार्यालय सँग समन्वयकारी भूमिकाको लागि बिपक्षी मध्येका जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बिपक्षी मध्येका मालपोत कार्यालय, बाँकेका अधिकृत प्रतिनिधि र बिपक्षी मध्येको बागीश्वरी मन्दिर ब्यवस्थापन समितिले खटाएको प्रतिनिधि समेत जना(३को अनुगमन समिति गठन गरिदिएको छ ।
उक्त समितिले माथि उल्लेखित मिति २०७०र३र२४ को प्रतिवेदन समेतलाई आधार मानी हाल सम्मको उक्त बागीश्वरी मन्दिरको नाममा रहेको चल(अचल श्री सम्पति कहाँ के कति के कस्तो अवस्थामा रहेको देखिन्छरु सो सम्बन्धमा खोजी नीति गरी प्रत्येक ६र६ महिनामा उक्त सम्पतिको र आय व्ययको अद्यावधिक बिवरण सार्वजनिक गरी गराई सु-सूचित हुने प्रयोजनको लागि निबेदकहरु समेतलाई जानकारी दिन यस अदालतमा समेत नियमित रुपले पठाउने व्यवस्था गर्नु, गराउनु भनी बिपक्षीहरुको नाममा निर्देशनात्मक आदेश जारी गरीदिएको छ ।
. त्यस्तै गरी बागीश्वरी मन्दिर राजगुठीको लगतमा दर्ता भएको भन्ने देखिंदा यो धार्मिक धरोहरको अझ बढी उचित बन्दोबस्त र सञ्चालन गर्ने गराउने तर्फ माथि उल्लेखित अनुगमन समिति सँग समेत समन्वय गरी व्यवस्थापन गर्नु गराउनु भनी आवश्यक जानकारी र कारवाहीको लागि यो आदेशको प्रमाणित प्रतिलिपि सहित साथै राखी गुठी संस्थान केन्द्रीय कार्यालय,काठमाण्डौमा र गुठी संस्थान ९केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय०, भद्रकाली, काठमाण्डौको नाममा समेत निर्देशनात्मक आदेश जारी गरीदिएको छ ।अरुमा तपसिल बमोजिम गर्नू ।
तपसिल….
यो आदेश उपर चित्त नबुझे ३५पैँतीस० दिनभित्र श्री सर्वोच्च अदालतमा पुनराबेदन गर्नु भनी बिपक्षीहरुलाई अ।बं।१९३ नं। अनुसार पुनराबेदनको म्याद दिनू ।
आदेशको प्रमाणित प्रतिलिपि गुठी संस्थान केन्द्रीय कार्यालय, काठमाण्डौमा र गुठी संस्थान ९केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय ० भद्रकाली, काठमाण्डौमा पठाईदिनु ।
परमादेशको आदेश कार्यान्वयनको लागि यस आदेशको प्रमाणित प्रतिलिपि सहितको जानकारी बिपक्षीहरुलाई दिनू।
आदेशको प्रमाणित प्रतिलिपि पुनराबेदन सरकारी वकील कार्यालय, नेपालगंजमा पठाईदिनु ।
यो आदेशको प्रमाणित प्रतिलिपि आवश्यक जानकारी र कारवाहीको लागि नेपाल सरकार पुरातत्व बिभाग काठमाण्डौं र सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालय, काठमाण्डौंमा पठाईदिनू ।
नक्कल माग गर्ने सरोकारवालालाई नियमानुसार नक्कल दिनू।
आदेशको बिद्युतीय प्रति कम्प्युटरमा अपलोड गरी सोको निस्सा आदेशको पीठमा जनाईदिनू।
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी मिसिल नियमानुसार अभिलेख शाखामा बुझाई दिनू।
यज्ञ प्रसाद बस्याल
न्यायाधीश
उक्त रायमा म सहमत छु ।
बीर बहादुर डाँगी०
न्यायाधीश
आदेश तयार पार्न सहयोग गर्ने
शाखा अधिकृतस् बिरेन्द्र प्रकाश खड्का
ना.सु. कृष्णलाल जैसी
इति सम्वत् २०७३ आषाढ २२ गते रोज ४ शुभम्
समग्रमा अदालतको माथी आदेश खण्डमा बागेश्वरी मन्दिरको १ सय भन्दा बढी बांके को इन्द्रपुर, धम्बोजी घरबारी टोल,फुलटेक्रो क्षेत्रमा जमिन रहेको र उक्त जग्गा सम्वन्धीत सबै सरोकारवालाहरुले मन्दिरको सम्पती सबैको सार्वजनिक सम्पती भएकाले मन्दिरका भक्त, पुजारी, महन्त, स्थानिय सरकारी निकायका सरोकारवाला निकायका ब्यक्तीहरु, गुठि संस्थान एवम सर्वसधारढण सबै मिलेर मन्दिरको चल अचल सम्पती खोजबीन गरि चुस्त दुरुस्त राख्न सबैको पहल भईरहेको र आगामी दिन पनि थप सक्रियता साथ लाग्न जरुरी देखिन्छ ।
हाम्रो संरचना । ३० फाल्गुन २०७४, बुधबार १४:३२