१ चैत्र, नेपालगञ्ज/ मध्य र सुदुरपश्चिमाञ्चल क्षेत्रका उपभोक्ताहरुलाई सूचना प्रबिधिको क्षेत्रमा थपिएको चुनौती सम्वन्धी जानकारी गराउने उदेश्यले यहि चैत्र ३ गते शनिबार नेपालगञ्जमा “सूचना प्रबिधि सम्वन्धी सुरक्षा गोष्ठी”को आयोजना गरिएको छ ।
कम्प्यूटर एसोसियसन अफ नेपाल –क्यानले बिहिबार नेपालगञ्जमा पत्रकार सम्मेलन गरि मध्य र सुदुर पश्चिमाञ्चल क्षेत्र समेत गरि हालको प्रदेश नम्बर ५,६ र ७ मा रहि बिभिन्न सरकारी तथा गैरसरकारी संघ/संस्था,सुरक्षा निकायकका ब्यक्तीहरु एवम ब्यवसायी, बिद्यार्थी लगायतको सहभागीता रहने एसोसियसनका अध्यक्ष भोजराज तिमील्सेनाल जानकारी गराउनु भएको छ ।
सो पत्रकार सम्मेलनमा क्यानका पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जय थापाले बढदो सुचना प्रबिधिको फडको सगै थपिएका चुनौतीहरुको पनि सबैले जानकारी लिनुपर्ने बताउदै सो गोष्ठीमा सहयोगीका रुपमा सूचना प्रबिधिका विज्ञहरु डा. प्रमोद पराजुली, डा. अभिजित गुप्ता र चिरन्जीवि अधिकारी नेपालगञ्ज आमन्त्रण गरिएको सो असरमा जानकारी गराइएको थियो ।
डा.पराजुलीले साजिक क्षेत्रमा थपिएका चुनौती र गुप्ताले ब्यवासायीक क्षेत्रमा थपिएका चुनौती र यसबाट बच्न सक्ने उपाय र प्रबिधिको जानकारी गराउने बताइएको छ ।
हाम्रो संरचना । १ चैत्र २०७४, बिहीबार १८:४५