५ नम्बर प्रदेशमा मन्त्रि परिषद बिस्तार: ३ जना मन्त्री थपिए, बांकेबाट आरती पौडेल

 

५ चैत्र, बुटवल/ प्रदेश नम्बर ५ मा आज सोमबार दिउसो प्रदेश प्रमुखको कार्यालयमा  ३ जना मन्त्रीलाई थपेर मन्त्रिपरिषद बिस्तार गरिएको छ । थप गरिएको ३ जना मन्त्रिलाई सोमबार दिउसो प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनियताको सपथ ग्रहण गराईएको छ ।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले ५ नम्बर प्रदेशको माओबादी केन्द्र संसदिय दलको बैठकको सिफारिसमा गुल्मी जिल्लाको क्षेत्र नम्बर १ को (क)बाट जननिर्वाचित सुदर्शन वराल मगरलाई  सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सुम्पनु भएको छ ।

माओबादी केन्द्रको ५ नम्बर प्रदेशको संसदिय दलको बैठक सोमबार बिहान संसद भवन सचिवालयमा बसेको थियो । ५ नम्बर प्रदेशको सम्पर्क कार्यालय रहेको बुटवल उप महानगरपालीका समेत रहेको रुपन्देही जिल्लाको क्षेत्र नम्बर २ (क) बाट जननिर्वाचित लिला गिरी उद्योग प्रर्यटन, बन तथा वातारण मन्त्रालयको जिम्मेवारी / बांके क्षेत्र नम्बर १को (ख)बाट जननिर्वाचित आरती पौडेललाई भुमि ब्यवस्था, कृर्षि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनु भएको  छ ।

मन्त्रिपरिषद विस्तार गर्नु अघि नेकपा एमाले प्रदेश नम्वर ५ संसदिय दलको बैठक आइतबार नै बसी थप २ जना मन्त्रीको नाम टुंगो लगाएको थियो ।नेकपा एमालेको प्रदेश नम्बर ५ को कार्यालयमा बसेको बैठकले बिभिन्न ब्यक्तीहरुका नाममा छलफल गरे पनि भौगोलिक तथा लैगिक र गोग्य ब्यक्तीहरुलाई मन्त्रालयको जिम्मेवारी दिने योग्यता निर्धारण गर्दै ब्यापक छलफल पछी अन्तीममा २ जनाको नाम सर्वसम्मतीले सिफारिस गर्ने निर्णय गरेको थियो ।

यस अघि ५ नम्बर प्रदेशको मन्त्रिपरिषद सदस्यहरुमा नवलपरासी क्षेत्र नम्बर २ को १का जनप्रतिनिधि बैजनाथ चौधरी एमालेबाट र माओबादी केन्द्रबाट रोल्पा क्षेत्र नम्बर १को १ बाट जननिर्वाचित कुल प्रशाद के.सी. क्रमश आन्तरिक तथा कानुन मन्त्री
भौतीक विकास पूर्वाधार मन्त्रीसहभागी हुनु भएको थियो ।

मन्त्रीपरिषदमा सहभागी ब्यक्तीहरु मध्य नेकपा एमाले स्थायी कमीटी सदस्य एवम ५ नम्बर प्रदेश संसदिय दलका प्रमुख मुख्य मन्त्री शंकर पोख्रेलले दांग जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को १ बाट नेपाली कांग्रेसका कमलकिशोर शर्मालाई करीब दोब्बर मतले पराजीत गर्दै २०,७२३ मत ल्याएर निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी यस अघि मन्त्रिपरिषदमा सहभागी हुनुभएका बैजनाथ चौधरी नवलपरासी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को १ बाट २०९०७ मत ल्यायर बिजयी हुनुभएको थियो भने कुल बहादुर बस्नेतले रोल्पाको १ (१)बाट १८५१२ मत ल्याएर बिजयी हुनुभएको थियो ।

सोमबार मन्त्रिपरिषदमा सहभागी सुदर्शन वराल मगरले गुल्मीको निर्वाचन क्षेत्र नम्बर १ (१)बाट १७९१० मत ल्याएर बिजयी हुनुभएको थियो । लिला गिरी नेकपा एमालेका रुपन्देही जिल्लाको क्षेत्र नम्बर २ को १बाट बामगठबन्धनको २१७३४ मत बिपक्षी नेपाली कांग्रेसका काजीमान श्रेष्ठ भन्दा दोब्बर भन्दा बढी मत ल्याएर जित्नुभएको थियो ।

सम्बन्धित शीर्षक