हाम्रो संरचना बुधबार, कार्तिक १०, २०७८ 568 Views

१५ चैत्र, काठमाण्डौं/ बिहीबार बिहान साढे ९ बजेतिर दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको बा १ ज ९९९९ नम्बरको यात्रु वहाक बस फर्पिङमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

दुर्घटनामा परि मृत्यु हुनेहरुमा दक्षिणकाली नगरपालिका   वडा नम्बर ५ का ४२ बर्षिया मन्जु बस्नेत र वडा नम्बर ३ का २५ बर्षिय सुनिल श्रेष्ठ रहेका छन् । 

घाइतेहरुको काठमाडौको बल्खु स्थित बयोधा अस्पतालमा उपचार भइरहेको समेत प्रहरीले जानकारी दिएको छ । फर्पिङभञ्याङ  स्थित सडकमा भएको खाल्डोका कारण अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको स्थानिय बासिन्दाले जानकारी दिएका छन ।