बांकेको गाभरमा यात्रु बस र टंयाकर ठोक्किएर दुर्घटना, २६ जना घाईते


१६ चैत्र, नेपालगञ्ज/  बिहिबार सांझ करीब ८ः४५ बजे पूर्व–पश्चिम राजमार्ग अन्र्तगत बांकेको राप्ती–सोनारी गांउपालीका वडा नम्बर १ गाभरमा यात्रु बहाक बस र टंयाकर ठोक्कीएर दुर्घटना हुदा २६ जना यात्रु घाईते भएका छन ।

सुदुर पश्चिमको महेन्द्रनगरबाट काठमाण्डौं तर्फ गइरहेको रात्रीकालीन पवनदुत लेखिएको ना ७ ख १८७३ नम्बरको यात्रु सवार बस र दांगबाट नेपालगञ्ज तर्फ आइरहेको ना ६ ख ६९७३ नम्बरको खाली टंयाकर एक आपसमा ठोक्कीएर दुर्घटना भएको छ ।

उक्त घटनामा घाईतेहरुको बिहिबार सांझ नै उद्धारगरि कोहलपुर स्थित मेडिकल कलेजमा उपचार भैरहेको र घटनाको आवश्यक अनुसन्धान सहित दुबै पक्ष प्रहरी नियन्त्रणमा रहेको प्रहरी जनाएको छ ।